मुख्य समाचार
भावी विदेशमन्त्रीका रूपमा हेरिएका वरिष्ठ चिनियाँ कूटनीतिज्ञ ल्यौ चियनछाओलाई नियन्त्रणमा
भावी विदेशमन्त्रीका रूपमा हेरिएका वरिष्ठ चिनियाँ कूटनीतिज्ञ ल्यौ चियनछाओलाई नियन्त्रणमा

: भावी विदेशमन्त्रीका रूपमा हेरिएका वरिष्ठ चिनियाँ कूटनीतिज्ञ ल्यौ चियनछाओलाई नियन्त्रणमा लिइएको छ। उनलाई सोधपुछका लागि अधिकारीहरूले हिरासतमा लिएको द वाल स्ट्रिट जर्नलले जनाएको छ। ६१ वर्षीय ल्यौलाई जुलाईको अन्तिम साता बेइजिङमा 'लगिएको' रिपोर्टमा उल्लेख छ। उनको हिरासतको कारण भने अहिलेसम्म खुलेको छैन।



चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुखसमेत रहेका ल्यौ विदेशी राजनीतिक दलहरूसँगको सम्बन्ध व्यवस्थापनमा संलग्न छन्। उनी यसअघि फिलिपिन्स र इन्डोनेसियामा राजदूत तथा विदेश मन्त्रालयको प्रवक्ताको रूपमा कार्यरत रहिसकेका छन्। राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत भ्रष्टाचार नियन्त्रण निकायमा पनि उनले वरिष्ठ भूमिका निभाइसकेका छन्।


यो घटनालाई हालसम्म चिनियाँ कूटनीतिज्ञमाथि भएको उच्चस्तरीय अनुसन्धानको रूपमा हेरिएको छ। सन् २०२३ मा तत्कालीन विदेशमन्त्री छिन काङ हनिट्र्यापमा परेको भन्दै पदच्युत गरिएको थियो।


उनको विभागको वेबसाइटमा उल्लेख भएअनुसार ल्यौलाई अन्तिमपटक २९ जुलाईमा अल्जेरियामा देखिएको थियो। यसअघि उनले अफ्रिकी मुलुकहरू र सिंगापुरमा कूटनीतिक भेटघाट गरेका थिए।

जुलाईको सुरुमा ल्यौले अमेरिकी रक्षा प्रमुखमाथि आलोचना गरेका थिए। उनले अमेरिकी सहयोगीहरूलाई चीनको सामना गर्न सेनाको शक्ति बढाउन आह्वान गरेर 'टकराव र द्वन्द्वलाई उक्साएको' आरोप लगाएका थिए। यस घटनाबारे हालसम्म बेइजिङले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी) लटरी’ कार्यक्रम स्थगित गरेको छ। गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले बिहीबार राति राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा डीभी-१ स्थगित गरिएको जानकारी दिएकी छन्। ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डपछि उक्त कार्यक्रम रोक्न संयुक्त राज्य नागरिकता तथा आप्रवासन सेवालाई आदेश दिएको उनको भनाइ छ। 'राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार यो विनाशकारी कार्यक्रमबाट थप कुनै अमेरिकी ...
: युरोपेली संघका नेताहरूले युक्रेनलाई ९० अर्ब युरो ऋण उपलब्ध गराउन सहमत भएका छन्। यसअघि,युरोपेली नेताहरूले युद्धका कारण फ्रिज गरिएका रूसी सम्पत्तिहरू प्रयोग गर्ने कि नगर्ने भन्ने बारेमा छलफल गरेका थिए। नेताहरूले यो सम्झौताले आगामी दुई वर्षको लागि युक्रेनको सैन्य र आर्थिक आवश्यकताहरू पूरा गर्ने बताएका छन्। ब्रसेल्समा भएको शिखर सम्मेलनमा एक दिनभन्दा बढी समयको वार्तापछि ...
: बंगलादेशी विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्युपछि बंगलादेशमा पुनः हिंसात्मक अवस्था सिर्जना भएको छ। राजधानी ढाकाका विभिन्न क्षेत्रमा विरोध प्रदर्शनसँगै तोडफोड र आगजनीका घटनाहरू भएका छन्। बीबीसी बंगलाका अनुसार हादीको मृत्युपछि ढाकाको धनमन्डी,शाहबागलगायत क्षेत्रहरूमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उनीहरूले सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्। यसैबीच,बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले ...
— बंगलादेशमा लोकप्रिय विद्यार्थी नेताको निधनपछि प्रदर्शन चर्किएको छ। परिस्थिति नियन्त्रणबाहिर पुगेपछि शुक्रबार प्रहरी तथा अर्धसैन्य दस्तालाई ढाकासहित विभिन्न क्षेत्रमा परिचालन गरिएको छ। बिहीबार राति देशभर हिंसा, तोडफोड तथा आगजनीका घटना भएका थिए। दुई लोकप्रिय सञ्चारमाध्यम प्रोथोम आलो र डेली स्टार को कार्यालयमा पनि प्रदर्शनकारीले निशाना साँधेका छन्। आगामी फेब्रुअरी १२ मा बंगलादेशमा आम चुनाव हुने तय ...
— अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिएका छन् । पोर्चुगलका नागरिक नेभेस भ्यालेन्टे माथि डिसेम्बर– १३ मा आइभी लिग स्कुलको भवनमा आक्रमण गरी परीक्षामा बसेका विद्यार्थी माथि गोली चलाएको आरोप लगाइएको छ । जसमा दुई जनाको मृत्यु भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम