मुख्य समाचार
नेप्से एआई नामक एप डाउनलोड गर्दा लाखौं रुपैयाँ रकम गायब
नेप्से एआई नामक एप डाउनलोड गर्दा लाखौं रुपैयाँ रकम गायब

: नेप्से एआई नामक एप डाउनलोड गर्दा लाखौं रुपैयाँ रकम गायब भएको तथ्य सार्वजनिक भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा यस विषयमा उजुरीहरू दर्तासमेत भएको छ। व्युरोका अनुसार नेप्से एआई एप डाउनलोड गर्दा एउटा व्यक्तिको मात्रै २८ लाख ६१ हजार रुपैयाँ बैंक खाताबाट गायब भएको हो।



सेयर बजारको विश्लेषण गर्ने भन्दै फेसबुकमा आएको नेप्से एआई नामक एपको विज्ञापन देखिएको र त्यसलाई डाउनलोड गर्दा विभिन्न बैंक खातामा रहेको उक्त रकम गायब भएको उजुरीकर्ताले प्रहरीलाई जानकारी दिएको व्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक युवराज खड्काले बताए। यस्ता उजुरीहरू थुप्रै आएको उनले उल्लेख गरेका छन्।


व्युरोले सामाजिक सञ्जालहरू फेसबुक, इन्स्टाग्राम र टिकटकमा यस्ता विज्ञापन आउने गरेको र त्यस्ता एप डाउनलोड गर्दा बैंकको पैसा गुम्ने गरेको जानकारी दिएको छ। त्यसकारण यस्ता एप डाउनलोड गर्दा विशेष ध्यान पुर्‍याउन व्युरोले आग्रह गरेको छ।


व्युरोले गुगल एप स्टोर र आइओएसजस्ता आधिकारिक एप स्टोरबाट मात्र एप डाउनलोड गर्न आग्रह गरेको छ। त्यस्तै टु फ्याक्टर अथेन्टिकेशन कोड राख्न, बेलाबेला पासवर्ड परिवर्तन गर्न, सामाजिक सञ्जालमा देखिएको विज्ञापनको तथ्य बुझेर मात्र गर्ने, एनी डेस्क र टिम भ्युअरजस्ता रिमोट एक्सेल अरुलाई नदिन आग्रह गरेको छ। त्यस्ता घटना घटेको थाहा पाए प्रहरीलाई जानकारी दिन पनि आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सबै बैंक तथा शाखालाई अशक्त, असहाय र ज्येष्ठ नागरिकको बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न निर्देशन दिएको छ । सामाजिक सुरक्षा भत्ता प्रयोजनका लागि खाता खोल्न आएका सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र नभएको कारण सेवा अस्वीकार गरिएको गुनासो आएपछि प्रशासनले यस्तो निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकको संशोधित निर्देशनअनुसार आफ्नै ...
— कांग्रेसका सभापति शेरबहादुर देउवाले सहिदका अधुका काम पूरा गर्नुपर्ने बताएका छन् । जिल्लाको भिमाद नगरपालिकामा मंगलबार आयोजित सहिद कल्याण खनालको २३औं स्मृतिसभा तथा सालिक अनावरण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री देउवाले सहिदहरुले सुरु गरेका अधुरा कार्यलाई अगाडि बढाउनु आजको जिम्मेबारी गरेको बताएका हुन् । ‘हामीले सहिदको योगदान खेर जान दिनुहुन्न,’ उनले भने, ‘ज्यान बलिदान दिने साथीहरूको योगदानलाई बिर्सनु ...
— आफूलाई पहिलेझैं महामन्त्रीको जिम्मेवारीमा काम गर्न दिनु पर्ने भन्दै अदालत पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा.मुकुल ढकालको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । रिट खारेज भएसँगै अब उनी कानुनी रुपमा रास्वपाको साधारण सदस्यसमेत नरहने गरी बाहिरिएका छन् । न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको मंगलबारको इजलासले रिटमाथि अन्तिम सुनुवाइ गर्दै ढकालको मागदाबी ...
— सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नियुक्ति प्रक्रिया चित्त नबुझेको भन्दै त्यसलाई खारेज गरिपाऊँ भनी पीडितहरुका तर्फबाट परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । यसअघि सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको थियो । त्यसविरुद्ध पीडितहरुले दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको मंगलबारको इजलासले ...
— पश्चिम नवलपरासीको सदरमुकाम परासीमा ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम’ (एएनपीआर क्यामरा) जडान गरिएको छ । भैरहवा–भुमही सडक खण्डअन्तर्गत सदरमुकामको व्यस्त हुने बाइपास चोकमा क्यामेरा जडान गरिएको हो । दुर्घटनाको जोखिम बढी भएको हुँदा न्यूनीकरण र विभिन्न घटना, दुर्घटना हुँदा सवारी साधनको पहिचान गर्न अत्याधुनिक क्यामेरा जडान गरिएको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए । यसअघि ...