मुख्य समाचार
वेस्ट इन्डिज र पाकिस्तानबीचको तीन खेलको एक दिवसीय सिरिज वेस्टइन्डिजले जित्यो
वेस्ट इन्डिज र पाकिस्तानबीचको तीन खेलको एक दिवसीय सिरिज वेस्टइन्डिजले जित्यो

— वेस्ट इन्डिज र पाकिस्तानबीचको तीन खेलको एक दिवसीय सिरिज वेस्टइन्डिजले आफ्नो नाममा पारेको छ । अन्तिम खेलमा पाकिस्तानको प्रदर्शन हेर्न लायक नै रहेन ।


मंगलबार सिरिज मात्रै होइन, पाकिस्तानलाई लज्जास्पद हार चखाएर घर फिर्ता पठाएको छ । वेस्टइन्डिजका लागि यो ऐतिहासिक जित हो । ३४ वर्षपछि एक दिवसीय सिरिजमा पाकिस्तानमाथि जित निकालेको हो ।

ऐतिहासिक जितमा वेस्टइन्डिजले अन्तिम खेल २०२ रन अन्तरले हरायो ।

पाकिस्तान ९२ बलमै अलआउट

त्रिनिदादको ब्रायन लारा स्टेडियममा भएको अन्तिम खेलमा पहिला व्याटिङ गर्दै वेस्टइन्डिजले ६ विकेटको क्षतिमा २९४ रन बनायो । जसमा कप्तान शाई होपले व्यक्तिगत १२० रन बनाए ।


२९५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पाकिस्तान २९ दशमलव २ ओभरमा मात्र ९२ रन बनाउँदै अलआउट भयो ।

५ जनाले खाता खोल्न सकेनन्



वेस्टइन्डिजका बलरसामु पाकिस्तानी ब्याटिङ लाइनले घुँणा टेक्यो । कप्तान मोहम्मद रिजवाद, सईम अयूब, अब्दुल्लाह शफीकसहित पाँच ब्याटरले खातासमेत खोल्न सकेनन् । वेस्टइन्डिजका बलर जोयडेन सील्सले आक्रमण बलिङ गर्दै एक्लै ६ विकेट लिए ।

पहिलो ओभरमै शून्य रनमै सील्सले सईम अयूलाई आउट गरेका उनले तेस्रो ओभरमा अर्का ओपनर अब्दुल्लाह शफीकलाई पनि शून्य मै आउट बनाए । उनले मात्र १८ रन खर्चिएर कूल ६ विकेट लिए ।

यता वेस्टइन्डिजका कप्तान होपले भने कीर्तिमानी पारी खेले । उनले नटआउट १२० रन बनाए । ९४ बल खेलेका उनले त्यसक्रममा १० चौका र ५ छक्का प्रहार गरे । एक दिवसीय करिअरमा १८ औं शतक प्रहार गर्दै उनी सर्वाधिक शतक प्रहार गर्ने वेस्टइन्डिजका खेलाडीहरुको सूचीमा तेस्रो नम्बरमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम