मुख्य समाचार
ट्रम्प-पुटिन वार्तामा जेलेन्स्कीलाई पनि सामेल गराउने अमेरिकी प्रयास
ट्रम्प-पुटिन वार्तामा जेलेन्स्कीलाई पनि सामेल गराउने अमेरिकी प्रयास

— रुस र युक्रेनबीच युद्धविराम गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा हुने भनिएको शिखर वार्ताको ईयूसहित विश्वका केही देशले विरोध गरिरहेका छन् ।


युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि युद्धरत एक पक्षलाई नै अलग राखेर गरिने कुनै पनि वार्ताले मान्यता नपाउने टिप्पणी गरेका थिए ।

अलास्का वार्ता हुनुअगावै विवादमा पर्न सक्ने देखिएपछि अमेरिका यतिबेला उक्त वार्तामा जेलेन्स्कीलाई पनि सामेल गराउने प्रयासमा रहेको उपराष्ट्रपति जेडी भान्सले सोमबार बताएका छन् । किभको उपस्थितिका लागि युक्रेनका युरोपेली सहयोगीहरूले पनि निरन्तर दबाब दिइरहेका छन् ।

‘सबैभन्दा महत्त्वपूर्ण अवरोध भनेको भ्लादिमिर पुटिनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्तामा कहिल्यै नबस्ने बताएपछि देखिएको छ,’ फक्स न्युजको कार्यक्रम ‘सन्डे मर्निङ फ्युचर्स’ लाई दिएको अन्तर्वार्तामा उपराष्ट्रपति भान्सले भने, ‘हामी अहिले यस्तो बिन्दुमा छौं, जहाँ हामी स्पष्ट रूपमा तालिका र यस्तै उपायहरू पत्ता लगाउने प्रयास गरिरहेका छौं । राष्ट्रपति ट्रम्प, पुटिन र जेलेन्स्की बसेर यस द्वन्द्वको अन्त्यका बारेमा छलफल गर्न सक्ने वातावरणको खोजीका लागि हाम्रो प्रयास रहनेछ ।’

उपराष्ट्रपतिले ‘युक्रेनी र रुसी’ जनता दुवैको सम्मान हुने गरी अमेरिकाले वार्ताद्वारा समाधान खोज्ने प्रयास गरिरहेकोमा जोड दिए । भने, ‘यसले कसैलाई अति खुसी पनि बनाउने छैन र कसैलाई अति दुःखी पनि हुनुपर्ने छैन ।’


जेलेन्स्कीबिना अलास्कामा अमेरिका र रुसबीच हुने भनिएको शीर्षस्थ वार्ताले किभलाई आफ्नो भू–भाग क्रिमलिनलाई फिर्ता गर्नुपर्ने हो कि भन्ने चिन्ता थपेको छ भने युरोपेली युनियनले रुसद्वारा राखिएको उक्त सर्तलाई अस्वीकार गरेको छ ।

नाटोका लागि अमेरिकी राजदूत म्याथ्यु ह्वाइटेकरले पनि सीएनएनसँग कुरा गर्दै अलास्का वार्तामा जेलेन्स्की पनि सहभागी हुन सक्ने सम्भावनालाई स्वीकार गरेका छन् । ‘मलाई लाग्छ यो सम्भव छ, नभए युद्धमा संलग्न सबै पक्ष नै यसमा सहमत छैनन् भने सम्झौता कसरी हुन सक्छ ? युद्ध अन्त्य गर्न यो वार्ता एक महत्त्वपूर्ण कडी हुनेछ ।’



ह्वाइटकरले जेलेन्स्की सहभागी हुने वा नहुने भन्ने निर्णय अन्ततः ट्रम्पकै हातमा रहेको बताए । ‘यदि उहाँलाई जेलेन्स्कीलाई निमन्त्रणा गर्नु उचित लाग्यो भने त्यसो गर्न सक्नुहुनेछ,’ उनले थपे, ‘तर अहिले नै यसबारेमा कुनै औपचारिक निर्णय भने गरिएको छैन ।’ जेलेन्स्कीले पछिल्लो तीन दिनभित्र किभका मुख्य समर्थक जर्मनी, बेलायत र फ्रान्ससहितका १३ समकक्षीसँग वार्ता गरेका थिए । जर्मन चान्सलर फ्रेडरिक मर्जले पनि अलास्का वार्तामा जेलेन्स्की सहभागी हुनेमा आशा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम