मुख्य समाचार
लिग निरन्तर गर्न फुटबल खेलाडी संघको माग
लिग निरन्तर गर्न फुटबल खेलाडी संघको माग

— नेपाल फुटबल खेलाडी संघले मंगलबार नेपाली फुटबललाई चलायमान राख्न डिभिजन फुटबल निरन्तरता दिन माग राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसमक्ष ज्ञापनपत्र बुझाएको छ ।


संघका अध्यक्ष विक्रम लामाको नेतृत्वमा विराज महर्जन, विकेश कुथुको टोलीले एन्फासामु ज्ञापनपत्र बुझाउँदै चाँडोभन्दा चाँडो सबै श्रेणीका सहभागी क्लबसँग समन्वय गरेर फुटबल लिग क्यालेन्डरअनुसार काम अघि बढाउन माग राखेको हो ।

खेल र खेलाडीको भविष्य सुरक्षित गर्न द्रुत कदम चाल्न एन्फालाई खेलाडी संघले अनुरोध गरेको छ । पछिल्लो ए डिभिजन लिग भएको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि अर्को सिजन सुरुआतबारे अझै पनि अन्योलता रहेको र नेपाली फुटबललाई चलायमान राख्न डिभिजन फुटबललाई निरन्तरता दिनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको अध्यक्ष लामाले बताएका छन् ।

‘निरन्तर अन्योलले खेलाडीहरू र हाम्रो देशभित्रको फुटबल समुदाय दुवैमा गम्भीर र प्रत्यक्ष असर पारेको छ । लिग फुटबलको अभावले खेलकुदमा आफ्नो जीवन समर्पित गरेका हाम्रा फुटबल खेलाडीहरूलाई अनिश्चित अवस्थामा पुर्‍याएको छ । हामीजस्तै प्रशिक्षक, रेफ्री र फुटबलकै भर गर्ने अन्य हजारौंको अवस्था पनि यस्तै होला । फुटबलको अभावकै कारण धेरै प्रतिभा जीविकोपार्जनको खोजीमा देश छोड्न बाध्य भएका छन् । यो पलायन केवल व्यक्तिगत प्रतिभाको क्षतिमात्र होइन, यसले राष्ट्रिय फुटबललाई दीर्घकालिन हाही पुर्‍याउँछ । अन्तर्राष्ट्रिय मञ्चमा पनि हाम्रो स्तरमा प्रत्यक्ष प्रभाव पार्दछ,’ संघको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो पटक राष्ट्रिय टोली छनोट गर्न खेलाडी ट्रायलमा बोलाउनुपर्ने स्थितिले यसलाई अझ उजागर गरेको छ । राष्ट्रिय टोलीको छनोट प्रतिस्पर्धात्मक खेलबाट हुनुपर्ने हो । लिग गर्नुबाहेकको विकल्प हामीसँग छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम