मुख्य समाचार
फोन ट्यापिङ गर्न मिल्ने गरी तयार विधेयकको मस्यौदाअनुसार कानुन बने व्यक्तिको गोपनीयताको हक खण्डित हुने देखिन्छ : सांसद साउद
फोन ट्यापिङ गर्न मिल्ने गरी तयार विधेयकको मस्यौदाअनुसार कानुन बने व्यक्तिको गोपनीयताको हक खण्डित हुने देखिन्छ : सांसद साउद

— नेपाली कांग्रेसका सांसद एनपी साउदले सरकारले तयार गरेको मस्यौदाअनुसार ‘राष्ट्रिय अनुसन्धान विभाग (इन्टेलिजेन्स)सम्बन्धी विधेयक’ कानुन बने संविधानको मर्मविपरीत व्यक्तिको गोपनीयताको हक खण्डित हुने बताएका छन् ।


प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले आम नागरिकका फोन कल, म्यासेज र अन्य कुराकानी नियन्त्रण, निगरानी र ट्यापिङ गर्न मिल्ने गरी तयार गरिएको विधेयकको मस्यौदाअनुसार कानुन बने संविधानको मर्मविपरीत व्यक्तिको गोपनीयताको हक खण्डित हुने बताएका हुन् ।

‘सरकारले आमनागरिकका फोन कल, म्यासेज र अन्य कुराकानी नियन्त्रण, निगरानी र ट्यापिङ गर्न मिल्ने गरी तयार गरेको ‘राष्ट्रिय अनुसन्धान विभाग (इन्टेलिजेन्स) सम्बन्धी विधेयक’को मस्यौदाअनुसार कानुन बने संविधानको मर्मविपरीत व्यक्तिको गोपनीयताको हक खण्डित हुने देखिन्छ,’ साउदले भने ।

आफ्नो नाम र कामले पनि पारदर्शितापूर्ण कार्यशैली नभएको गुप्तचर विभागमा व्यक्तिका निजी जीवनहरू रेकर्ड हुने, अभिलेखीकरण हुने वा टेप हुने कानुनले संविधानको स्वतन्त्रताको पैरवी गर्ने छविमा गम्भीर आघात पुगेको उनले जिकिर गरे ।

‘देशको सुरक्षाका लागि प्रतिगुप्तचरी कार्य र आन्तरिक सुरक्षाका लागि पनि सूचना संकलन गर्ने महत्त्वपूर्ण निकायलाई कार्यक्षेत्र बाहिर न्यायिक नियमन बिना नै निजी जीवनसम्म प्रवेश गर्ने कानुनी अधिकार प्रदान गर्दा व्यक्तिगत स्वतन्त्रता हनन भएकाले यो विधेयक मात्रै होइन, यस्तो प्रकृतिका विधेयकमा पनि संविधान परिपालनको कुरालाई दृष्टिगत गरेर प्रस्तुत हुन म सरकारको ध्यानाकर्षण गराउँदछु,’ साउदले भने ।


उनले संसद्‌मा लेखक जर्ज अर्वेलको सन् १९४८ मा लेखिएको पुस्तक ‘नाइन्टिन एट्टी फोर’ (१९८४)को प्रसंग निकाल्दै १९८४ सम्म समाजका यावत गतिविधिमाथि ‘बिग ब्रदर’रूपी राज्यबाट निगरानी गरिने कुराको परिकल्पना गरिएको स्मरण गराए ।

जर्ज अर्वेलको पुस्तकमा सत्तावादी शासन, अत्यधिक निगरानी, र विचार नियन्त्रणले मानिसको व्यक्तिगत स्वतन्त्रता र सत्यलाई पूर्णरूपमा नष्ट गर्न सक्ने चेतावनी दिइएको छ ।



राज्यले सम्पूर्ण सूचना, इतिहास र भाषालाई आफ्नो नियन्त्रणमा लिँदा नागरिकले स्वतन्त्र रूपमा सोच्ने क्षमता गुमाउने र स्वतन्त्र जीवन बिताउने अधिकार पनि गुमाउने पुस्तकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाका अध्यक्ष रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोध भएको भन्ने जबर्जस्ती भाष्य बनाउन खोजेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायपालिकाको निर्णयमा सरकारको कुनै हात नहुने भएकाले निराधार आरोप नलगाउन आग्रह गरेका हुन् । ‘लाखौं जनताले सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको ...
डहरे खोला बढेपछि रुद्रवेणी-वामी सडक खण्ड अवरुद्ध
— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कैदीबन्दीहरुले पाउने सुविधाबाट वञ्चित नगरिएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बुधबारको बैठकमा बोल्दै उनले रुपन्देही कारागारमा रहेका लामिछानेलाई मानवोचित र सबै कैदीबन्दीहरूले पाइरहेको सुविधा दिइएको स्पष्ट पारे । लामिछानेलाई छुट्टै कोठामा राखिएको र कारागारको प्रशासनले केही समस्या छ की भनेर सोध्ने गरेको पनि गृहमन्त्री लेखकले ...
बजेटविहीनता बनाएर इटहरीवासीको भविष्यमाथि खेलबाड भयो : पूर्वनगरप्रमुख चौधरी
— पहिरोमा परेर इलाममा एक जनाको मृत्यु भएको छ । जिल्लाको रोङ गाउँपालिका–४ मानाबुङमा बुधबार दिउँसो आएको लेदोसहितको पहिरोमा परी सोही ठाउँका ६० वर्षीय वीरबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो करिब १२ः०० बजे घरबाट करिब ३०० मिटर पश्चिमतर्फको बाटो हुँदै पैदल हिँडिरहेका बेला खोल्सामा आएको पहिरोमा पुरिएर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका ...