मुख्य समाचार
वर्षाले सप्तकोशी नदीमा पानीको बहाव वृद्धि
वर्षाले सप्तकोशी नदीमा पानीको बहाव वृद्धि

— वर्षाले सप्तकोशी नदीमा पानीको बहाव वृद्धि भइरहेको छ । मंगलबार रातिदेखि पहाडी क्षेत्रमा वर्षा भइरहेको छ । बुधबार बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव १ लाख ६६ हजार १ सय ५० क्युसेक प्रतिसेकेन्ड रहँदा दिउँसो १ लाख ९० हजार पार गरेको थियो ।


दिउँसो १२ मापन गर्दा पानीको बहाव १ लाख ९१ हजार ९ सय १० क्युसेक प्रतिसेकेन्ड पुगेको ब्यारेज प्रशासनले जनाएको छ । त्यसअघि बिहान १० बजे १ लाख ७७ हजार ८ सय ३५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो ।

पानीको बहाव वृद्धि भइरहँदा ५६ मध्ये २३ वटा ढोका खोलिएको छ भने खतराको संकेतस्वरूप कोशी ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको छ । नदीमा १ लाख ५० हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव नाघेपछि ब्यारेजमा रातो झण्डा र बत्ती बाल्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाका अध्यक्ष रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोध भएको भन्ने जबर्जस्ती भाष्य बनाउन खोजेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायपालिकाको निर्णयमा सरकारको कुनै हात नहुने भएकाले निराधार आरोप नलगाउन आग्रह गरेका हुन् । ‘लाखौं जनताले सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको ...
डहरे खोला बढेपछि रुद्रवेणी-वामी सडक खण्ड अवरुद्ध
— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कैदीबन्दीहरुले पाउने सुविधाबाट वञ्चित नगरिएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बुधबारको बैठकमा बोल्दै उनले रुपन्देही कारागारमा रहेका लामिछानेलाई मानवोचित र सबै कैदीबन्दीहरूले पाइरहेको सुविधा दिइएको स्पष्ट पारे । लामिछानेलाई छुट्टै कोठामा राखिएको र कारागारको प्रशासनले केही समस्या छ की भनेर सोध्ने गरेको पनि गृहमन्त्री लेखकले ...
बजेटविहीनता बनाएर इटहरीवासीको भविष्यमाथि खेलबाड भयो : पूर्वनगरप्रमुख चौधरी
— पहिरोमा परेर इलाममा एक जनाको मृत्यु भएको छ । जिल्लाको रोङ गाउँपालिका–४ मानाबुङमा बुधबार दिउँसो आएको लेदोसहितको पहिरोमा परी सोही ठाउँका ६० वर्षीय वीरबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो करिब १२ः०० बजे घरबाट करिब ३०० मिटर पश्चिमतर्फको बाटो हुँदै पैदल हिँडिरहेका बेला खोल्सामा आएको पहिरोमा पुरिएर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका ...