मुख्य समाचार
पहिरोमा परेर इलाममा एक जनाको मृत्यु
पहिरोमा परेर इलाममा एक जनाको मृत्यु

— पहिरोमा परेर इलाममा एक जनाको मृत्यु भएको छ । जिल्लाको रोङ गाउँपालिका–४ मानाबुङमा बुधबार दिउँसो आएको लेदोसहितको पहिरोमा परी सोही ठाउँका ६० वर्षीय वीरबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।


दिउँसो करिब १२ः०० बजे घरबाट करिब ३०० मिटर पश्चिमतर्फको बाटो हुँदै पैदल हिँडिरहेका बेला खोल्सामा आएको पहिरोमा पुरिएर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मानबहादुर राईले जानकारी दिए ।

राई कान कम सुन्ने खुल्न आएको प्रहरी नायब उपरीक्षक राईले बताए ।

घटनाबारे थप अनुसन्धानका तथा कानुनी प्रक्रियाका लागि प्रहरीको टोली घटनास्थलतर्फ खटाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाका अध्यक्ष रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोध भएको भन्ने जबर्जस्ती भाष्य बनाउन खोजेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायपालिकाको निर्णयमा सरकारको कुनै हात नहुने भएकाले निराधार आरोप नलगाउन आग्रह गरेका हुन् । ‘लाखौं जनताले सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको ...
डहरे खोला बढेपछि रुद्रवेणी-वामी सडक खण्ड अवरुद्ध
— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कैदीबन्दीहरुले पाउने सुविधाबाट वञ्चित नगरिएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बुधबारको बैठकमा बोल्दै उनले रुपन्देही कारागारमा रहेका लामिछानेलाई मानवोचित र सबै कैदीबन्दीहरूले पाइरहेको सुविधा दिइएको स्पष्ट पारे । लामिछानेलाई छुट्टै कोठामा राखिएको र कारागारको प्रशासनले केही समस्या छ की भनेर सोध्ने गरेको पनि गृहमन्त्री लेखकले ...
बजेटविहीनता बनाएर इटहरीवासीको भविष्यमाथि खेलबाड भयो : पूर्वनगरप्रमुख चौधरी
— मंगलबार रातिदेखिको अविरल वर्षाले उदयपुरको बेलका नगरपालिका–३ का ८५ वटा घर डुबानमा परेका छन् । बेलका नगरपालिका–३ स्थित सरस्वती आधारभूत विद्यालयसहित एबीसी टोलका ४० वटा र जुलेफी टोल, रामपुर ठोक्सिलाका ४५ वटा गरी ८५ घर डुबानमा परेका हुन् । वडाध्यक्ष टंकप्रसाद आचार्यका अनुसार कटुन्जे बबला, मैनामैनी तर्फबाट आउने सिसुवा खोला, जोगिनी खोला, बैरवा खोला, सेती ...