— मंगलबार रातिदेखिको अविरल वर्षाले उदयपुरको बेलका नगरपालिका–३ का ८५ वटा घर डुबानमा परेका छन् ।
बेलका नगरपालिका–३ स्थित सरस्वती आधारभूत विद्यालयसहित एबीसी टोलका ४० वटा र जुलेफी टोल, रामपुर ठोक्सिलाका ४५ वटा गरी ८५ घर डुबानमा परेका हुन् । वडाध्यक्ष टंकप्रसाद आचार्यका अनुसार कटुन्जे बबला, मैनामैनी तर्फबाट आउने सिसुवा खोला, जोगिनी खोला, बैरवा खोला, सेती ...