मुख्य समाचार
रवि लामिछानेलाई कैदीबन्दीहरुले पाउने सुविधाबाट वञ्चित नगरिएको बताएका छन्
रवि लामिछानेलाई कैदीबन्दीहरुले पाउने सुविधाबाट वञ्चित नगरिएको बताएका छन्

— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कैदीबन्दीहरुले पाउने सुविधाबाट वञ्चित नगरिएको बताएका छन् ।


प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बुधबारको बैठकमा बोल्दै उनले रुपन्देही कारागारमा रहेका लामिछानेलाई मानवोचित र सबै कैदीबन्दीहरूले पाइरहेको सुविधा दिइएको स्पष्ट पारे ।

लामिछानेलाई छुट्टै कोठामा राखिएको र कारागारको प्रशासनले केही समस्या छ की भनेर सोध्ने गरेको पनि गृहमन्त्री लेखकले बताए । विशेष सुविधा दिइएको भन्ने कुरा नभएको उनले स्पष्ट पारे ।

उनले भने, ‘माननीय रवि लामिछानेजी रुपन्देही जिल्लाको कारागारमा हुनुहुन्छ । त्यसबारे उहाँ त्यहाँ बस्नुभएको छ । मानवोचित र सबै कैदीहरूले बन्दीहरूले पाइरहेको सुविधा जुन पाइन्छ त्यसबाट वञ्चित गर्ने अवस्था होइन । अब मानव अधिकार आयोगले पनि गएर केही रिपोर्टहरू दिएको छ । जेलहरू कन्जेस्टेड छन् । उहाँलाई सानै भए पनि अलग्गै कोठामा राखिएको छ । उहाँ बस्नुभएको छ । उहाँलाई लगातार त्यहाँको कारागारको प्रशासनले केही समस्या छ की, केही गर्नुपर्छ की भनेर सोधेकै अवस्था छ । उहाँलाई विशेष सुविधा दिइएको छ भन्ने पनि होइन । तर न्यूनतम सुविधाबाट कारागारभित्र प्राप्त हुने सुविधाबाट वञ्चित गरिएको होइन । कारागार सार्ने कुरा अघि बढेको छ ।’


कैदी बन्दीलाई एक कारागारबाट अर्को कारागारमा सार्ने काम सहमतिअनुसार सरकारले गर्ने भएको बताए । कुन कारागारमा सार्ने भन्नेबारेमा सुरक्षालाई मध्यनजर गरेर अघि बढाइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाका अध्यक्ष रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोध भएको भन्ने जबर्जस्ती भाष्य बनाउन खोजेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायपालिकाको निर्णयमा सरकारको कुनै हात नहुने भएकाले निराधार आरोप नलगाउन आग्रह गरेका हुन् । ‘लाखौं जनताले सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको ...
डहरे खोला बढेपछि रुद्रवेणी-वामी सडक खण्ड अवरुद्ध
बजेटविहीनता बनाएर इटहरीवासीको भविष्यमाथि खेलबाड भयो : पूर्वनगरप्रमुख चौधरी
— पहिरोमा परेर इलाममा एक जनाको मृत्यु भएको छ । जिल्लाको रोङ गाउँपालिका–४ मानाबुङमा बुधबार दिउँसो आएको लेदोसहितको पहिरोमा परी सोही ठाउँका ६० वर्षीय वीरबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो करिब १२ः०० बजे घरबाट करिब ३०० मिटर पश्चिमतर्फको बाटो हुँदै पैदल हिँडिरहेका बेला खोल्सामा आएको पहिरोमा पुरिएर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका ...
— मंगलबार रातिदेखिको अविरल वर्षाले उदयपुरको बेलका नगरपालिका–३ का ८५ वटा घर डुबानमा परेका छन् । बेलका नगरपालिका–३ स्थित सरस्वती आधारभूत विद्यालयसहित एबीसी टोलका ४० वटा र जुलेफी टोल, रामपुर ठोक्सिलाका ४५ वटा गरी ८५ घर डुबानमा परेका हुन् । वडाध्यक्ष टंकप्रसाद आचार्यका अनुसार कटुन्जे बबला, मैनामैनी तर्फबाट आउने सिसुवा खोला, जोगिनी खोला, बैरवा खोला, सेती ...