मुख्य समाचार
नेपालमा जापानिज इन्सेफलाइटिस संक्रमितको संख्या ३३ पुगेको छ
नेपालमा जापानिज इन्सेफलाइटिस संक्रमितको संख्या ३३ पुगेको छ

— नेपालमा जापानिज इन्सेफलाइटिस संक्रमितको संख्या ३३ पुगेको छ । १० दिनअघि १३ जनामा संक्रमण पुष्टि भएको थियो भने यो क्रम रोकिने देखिँदैन । स्वास्थ्य मन्त्रालयका अनुसार जापानिज इन्सेफलाइटिस संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ भने यो १८ जिल्लामा फैलिसकेको छ ।


स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार संक्रमितमध्ये मृत्यु हुने दर नौ प्रतिशतभन्दा बढी छ । संक्रमित फैलिने दर बढ्नु भनेको घातक रोग देशभर फैलिन थालेको स्पष्ट संकेत हो । विगतका वर्षहरूमा जापानिज इन्सेफलाइटिसबाट हजारौं मानिस संक्रमित भएका थिए । हाल संक्रमित भएका र मृतकमध्ये अधिकांशले खोप लगाएका छैनन् ।

स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. यशोवर्धन प्रधानका अनुसार जापानिज इन्सेफलाइटिस (जेई)भाइरसको फैलावट रोक्न खोप प्रमाणित र प्रभावकारी उपाय हो । प्रधान भन्छन्, ‘देशमा फेरि जेई प्रकोप देखिएको अवस्थामा, जीवन बचाउन र थप असरहरु रोक्न खोप नै एक मात्र उपाय हो ।’

जापानी इन्सेफलाइटिस एसिया र पश्चिमी प्रशान्तका केही क्षेत्रमा पाइने भाइरसजन्य संक्रमण हो । जुन मस्तिष्कमा हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो डेंगी, जिका, एल्लोफिभर र वेस्ट नाइल भाइरसजस्तै एउटै लामखुट्टेबाट सर्ने फ्लाभीभाइरस हो । संयुक्त राष्ट्रसंघको स्वास्थ्य निकायका अनुसार यो भाइरसले बिरामी हुनेमध्ये करिब एक तिहाइको मृत्यु हुन्छ र बाँचेका मध्ये पनि आधा मानिसलाई आजीवन गम्भीर अपांगता निम्ताउँछ ।

गत वर्ष यसै रोगका कारण २३ जनाको मृत्यु भएको थियो भने ८० भन्दा बढी मानिस संक्रमित भएका थिए । गम्भीर लक्षण देखिएका बिरामीलाई मात्रै अस्पताल भर्ना गरिएकाले वा वास्तविक संक्रमितको संख्या अझ धेरै हुन सक्ने चिकित्सकहरूको अनुमान छ ।

यो वर्ष मोरङ, बारा, झापा, सप्तरी, सिरहा, सर्लाही, पर्सा, पश्चिम नवलपरासी, सिन्धुली, बर्दिया र चितवन जिल्लामा जेईका संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मृत्युदर १५ वर्षमाथिका मानिसमा बढी छ । विशेषज्ञहरूका अनुसार खोप नलगाएका मानिसहरूमा जेई संक्रमणबाट मृत्यु र जटिलता हुने जोखिम धेरै हुन्छ । तर, स्वास्थ्य निकायसँग तत्कालै खोप दिने योजना छैन ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार यो खोप बच्चाका लागि नियमित खोप कार्यक्रम अन्तर्गत दिइने भए पनि वयस्कको लागि उपलब्ध छैन । उनले भने, ‘हामीसँग क्षमता र जनशक्ति छ, तर वयस्कका लागि अहिले खोप छैन । हामीसँग खोप किन्न बजेट छैन । विकास साझेदारहरूलाई पनि अनुरोध गरेका छौं, तर खोप दिने प्रतिबद्धता आएको छैन ।’

गौतमका अनुसार प्रभावित जिल्लाहरूमा सचेतना अभियान, भेक्टर नियन्त्रणका लागि वातावरण व्यवस्थापन र स्वास्थ्य संस्थामा चिकित्सकहरूलाई केस व्यवस्थापन तालिमजस्ता विभिन्न रोकथाम उपायहरू लागू गरिएको छ । तर तराईका जिल्लाहरुमा संक्रमितको संख्या बढिरहेकोले ती उपायहरू धेरै प्रभावकारी भएका छैनन् ।

‘जेई भाइरस कति खतरनाक छ भन्ने थाहा हुँदाहुँदै पनि हामी खोप नलगाएका जनतालाई खोप दिने काममा धेरै गर्न सकिरहेका छैनौं,’ स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल भन्छन्, ‘हामीले विकास साझेदारहरूसँग धेरैपटक बैठक गरेर खोपका लागि सहयोग माग्यौं, तर सहयोग पाएका छैनौं ।’

सन् २००५ मा नेपालमा जेईका कारण करिब २ हजार जनाको मृत्यु भएको थियो, जसमा अधिकांश तराईका बालबालिका थिए । तत्पश्चात २००६ सालदेखि नेपालमा जेईको खोप दिन सुरु गरियो । पहिलो चरणमा उच्च प्रभावित चार जिल्ला, बाँके, बर्दिया, दाङ र कैलालीका सबै मानिसलाई जेईको खोप दिइयो । पछि यो खोप कार्यक्रम अन्य १९ प्रभावित जिल्लामा विस्तार गरियो र १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइयो ।

सरकारले सन् २०१५ मा जेईको खोपलाई नियमित खोप कार्यक्रमसँग एकीकृत गर्‍यो । तर अझै पनि हरेक वर्ष जेईका नियन्त्रण भएको छैन । ‘हरेक वर्ष स्वास्थ्य मन्त्रालयले छुट्याएको बजेटको करिब ६० प्रतिशत मात्र खर्च गर्छ,’ खोप विज्ञसमेत रहेका प्रधानले भने, ‘खोपसँगै, अधिकारीहरूले यो घातक रोगको फैलावट रोक्न अन्य उपायहरू पनि अपनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ- ८, सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा ५ जना मजदुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार घटना आज बिहान करिब ...
। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेकाे छ । स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना बापत केन्द्रले पाउनुपर्ने रकम उपलब्ध नभएकाले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका प्रशासनको अनुसार १ माघदेखि अर्को सूचना नआएसम्म बीमा कार्यक्रम बन्द रहनेछ । यस अवधिमा स्वास्थ्य बीमा अन्तर्गतका सेवा उपलब्ध नहुने जनाइएको ...
: त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोक्ने निर्णय गरेको छ। अस्पतालले बिरामीको उपचार गर्दाको रकम बीमा बोर्डले उपलब्ध नगराएको भन्दै माघ १ गतेदेखि सेवा रोक्न बाध्य भएको अस्पताल प्रशासनको भनाइ छ। अस्पताल जारी सूचनामा स्वास्थ्य बीमा सेवा लिन आउने बिरामीको संख्या र चाप बढ्दै गएको तर, तर ...
: विराटनगर महानगरपालिका-४ स्थित नोबेल शिक्षण अस्पताल आसपासमा बिरामी ठग्ने काममा संलग्न रहेको पुष्टि भएपछि ७ वटा औषधि पसल (फार्मेसी)मा शुक्रबार ताला लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङ र औषधि व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले आकस्मिक अनुगमन गर्दै गम्भीर अनियमितता भेटिएपछि फार्मेसीहरू तत्काललाई सिल गरेको हो। अस्पतालनजिक सञ्चालनमा रहेका १४ वटा फार्मेसीमा एकैपटक अनुगमन गरिएको ...
अस्पताल पुग्न कठिन हुने ग्रामीण बस्तीका सर्वसाधारण लाई लक्षित गर्दै कोशी प्रदेश सरकारले स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने नयाँ अभ्यास सुरु गरेको छ।