मुख्य समाचार
यस दिनमा अंगदानले जीवन बचाउने कुराबारे सचेतना फैलाउने काम गरिन्छ
यस दिनमा अंगदानले जीवन बचाउने कुराबारे सचेतना फैलाउने काम गरिन्छ

। यस दिनमा अंगदानले जीवन बचाउने कुराबारे सचेतना फैलाउने काम गरिन्छ । साथै अंगदान गरी कसैको जीवन बचाउन योगदान गर्ने व्यक्ति र उसको परिवारको सम्मान स्वरुप यो दिवस मनाइन्छ ।

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बुधबार विशेष कार्यक्रम आयोजना गरी विश्व अंगदान दिवस मनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको उपस्थितिमा केन्द्रले समारोह आयोजना गरेको हो । अंगदानको सम्बन्धमा रहेका भ्रमहरू हटाउनु आवश्यक रहेको मन्त्री पौडेलले बताए । अंगदान गर्दा मान्छे मृत्युपछि स्वर्ग पुग्दैन भन्ने जस्ता भ्रम अझै समाजमा रहेकाले त्यसलाई हटाउन जनचेतना आवश्यक भएको उनको भनाइ छ ।

‘संसारका जुनसुकै धर्मले पनि दान र अरूको सेवा गर्दा धर्म हुन्छ भनेको छ । अझै अंगदान गरेर कसैको जीवन बचाउँदा कति धर्म होला’ मन्त्री पौडेलले भने, ‘संसारमा आँखा नदेख्नेलाई आँखा देखाउने मान्छे, मिर्गौला फेल भएर मृत्युको मुखमा पुगेकोलाई मिर्गौला दिएर बचाउने मान्छे जत्तिको धर्मात्मा अरू को होला र ?’

मान्छे आफू मात्रै बाँच्ने स्वभावको जाति नभएकाले आफू बाँचेर अरूलाई पनि बचाउन अंगदान गर्न उनले आग्रह गरे ।

उनले अंगदान गर्न मिल्ने नाता खुकुलो बनाउनु पर्नेमा जोड दिए । अहिले प्रत्यारोपणका लागि माग भएको अंगको २० प्रतिशत पनि दानबाट प्राप्त हुन नसकेको मन्त्री पौडेलले बताए ।

अंग नपाएकै कारण धेरैको अंग प्रत्यारोपण गर्ने सक्ने अवस्था नभएकाले नीति नियमलाई खुकुलो बनाउनु पर्ने र मस्तिष्कमृत्यु पछिको अंगदानलाई पनि सहज बनाउनुपर्ने धारणा मन्त्री पौडेलले राखे ।

मस्तिष्कमृत्यु पछि २४ घण्टाभित्र मात्रै अंग लिन मिल्ने भएकाले यसको प्रक्रिया झन्झटिलो बनाउन नहुने भनाइ उनको छ ।

‘यसो भयो भने सबै पर्याप्त हुन्भ भन्ने त होइन तर अहिलेको अवस्था भन्दा सहज हुन्छ’ मन्त्री पौडेलले भने ।

अहिले अंग दान गर्ने व्यक्तिलाई पनि केही सुविधा, सहुलीयतको व्यवस्था गरिने प्रतिवद्धता मन्त्री पौडेलले गरे। मिर्गौला लिने व्यक्तिलाई कम्तीमा प्रिमियम नलिई स्वास्थ्य बीमा गर्ने व्यवस्था हुने उनले सुनाए ।

अन्य अस्पतालसँग मिलेर नभई अंग प्रत्यारोपण केन्द्रको छुट्टै प्रतिष्ठान हुनेपर्ने धारणा मन्त्री उनले राखे । ‘अंग प्रत्यारोपण केन्द्रको छुट्टै र क्यान्सर अस्पतालको छुट्टै प्रतिष्ठान हुनुपर्छ’ उनले भने ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकीकृत ऐन केही दिनमै संसदमा आउने र त्यो पारित भएपछि नयाँ प्रतिष्ठान निर्माणका लागि समेत सहज हुने दावी उनले गरे ।

उनले प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउनका लागि सिफारिस गर्ने कुरालाई छिटो अगाडि बढाउन भक्तपुरका जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे ।

केन्द्रकी प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा.कल्पना कुमारी श्रेष्ठले अंग दान विना प्रत्यारोपणको कल्पना समेत गर्न नसकिने बताइन् । ‘अंगदान भएकै कारण यो केन्द्रमा १५०० भन्दा बढीको मिर्गौला प्रत्योरोपण गर्न सकिएको छ’ उनले भनिन् ।

विकसित देशमा ठूलो संख्यामा मस्तिष्कमृत्यु पछिको अंगदानबाट प्रत्यारोपण हुने गरेकोमा नेपालजस्ता देशमा त्यसले गति लिन नसकेको उनले बताइन् । त्यो दिशामा नेपालले पनि नेपालले पाइला चालिसकेकाले आगामी दिनमा यसले गति पाउने विश्वास उनले व्यक्त गरिन् ।

अंगदान दिने व्यक्तिलाई कुनै सुविधा, सहुलीयत नभएको उनले गुनासो गरिन् । डोनर कार्ड बनाएर स्वास्थ्य उपचार लगायतका सुविधा दिनुपर्नेमा डा.श्रेष्ठले जोड दिइन् ।



भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले प्रत्यारोपण केन्द्रमा बिरामीको चाप धेरै हुँदा आफूहरूलाई पनि समस्या भइरहेको बताए ।

चाँडो पालो आउनका लागि भन्दिनु पर्‍यो भनेर देशभरिका पार्टीका नेता, कार्यकर्ताले आग्रह गर्दा असहज भएको उनले सुनाए । भक्तपुरका सबै जनप्रतिनिधि मिलेर राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई व्यवस्थित गर्न लाग्नुपर्ने थपाले बताए ।

भक्तपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भक्तपुरमा रहेको क्यान्सर राष्ट्रिय प्रत्यारोपण केन्द्र र क्यान्सर अस्तपालमा सबै बिरामीले सेवा पाउने गरी विस्तार गनुपर्ने बताए । राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर क्यान्सर अस्पताल र भक्तपुर अस्पताललाई मिलाएर स्वास्थ्य प्रतिष्ठान बनाउने विधेयक लगेको १०–१२ वर्ष हुँदा पनि त्यो अघि बढ्न नसकेको भन्दै त्यसलाई अघि बढाउन स्वास्थ्य मन्त्रीलाई आग्रह गरे ।

उनले अहिले स्वास्थ्य क्षेत्रमा दुई हजार जनशक्ति थप्न लागिएको आफूले थाहा पाएको तर त्यतिले नपुग्ने भन्दै ५-७ हजारदेखि १० हजारसम्म स्वास्थ्यका जनशक्ति थप्नुपर्ने माग राखे ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले १३ वर्षको युवा अवस्थामै यस संस्थाले मुलुकमा स्वास्थ्य क्षेत्रको अति विशिष्ट विधामा विश्वस्तरीय सफलता हासिल गरेको दावी गरे । यो सबैका लागि अनुकरणीय कार्य भएको उनले बताए ।

केन्द्रमा भएका करिब १५०० जना मृर्गौला प्रत्यारोपणमध्ये गर्दा ९८ प्रतिशत भन्दा बढी मृर्गौला प्रत्यारोपित बाँचेको डा.पुकारले जानकारी दिए । उनका अनुसार डाइलाइसिसमा बस्नेहरू ९५ प्रतिशत बाँचेको पाइएको छ भने कलेजो प्रत्यारोपणमा सफलता ९३ प्रतिशत छ ।

यस केन्द्रका एक इन्च पनि भवन नभएको र उपयुक्त भवन भएमा केन्द्र स्वयंले ५०० बेडको भवन बनाई ५०० प्रतिशत थप सेवा दिन सक्षम रहेको दावी उनले गरे । केन्द्रको सेवा विस्तारका लागि पायकपर्ने उपयुक्त स्थानमा जग्गा उपलब्ध गराउन सम्बन्धित सबैलाई उनले आग्रह गरे ।

कार्यक्रममा मस्तिष्कमृत्यु पछि अंगदान उपलब्ध गराउन योगदान गर्ने काठमाडौं‌ मेडिलक कलेज अस्पतालका चिकित्सकलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ- ८, सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा ५ जना मजदुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार घटना आज बिहान करिब ...
। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेकाे छ । स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना बापत केन्द्रले पाउनुपर्ने रकम उपलब्ध नभएकाले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका प्रशासनको अनुसार १ माघदेखि अर्को सूचना नआएसम्म बीमा कार्यक्रम बन्द रहनेछ । यस अवधिमा स्वास्थ्य बीमा अन्तर्गतका सेवा उपलब्ध नहुने जनाइएको ...
: त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोक्ने निर्णय गरेको छ। अस्पतालले बिरामीको उपचार गर्दाको रकम बीमा बोर्डले उपलब्ध नगराएको भन्दै माघ १ गतेदेखि सेवा रोक्न बाध्य भएको अस्पताल प्रशासनको भनाइ छ। अस्पताल जारी सूचनामा स्वास्थ्य बीमा सेवा लिन आउने बिरामीको संख्या र चाप बढ्दै गएको तर, तर ...
: विराटनगर महानगरपालिका-४ स्थित नोबेल शिक्षण अस्पताल आसपासमा बिरामी ठग्ने काममा संलग्न रहेको पुष्टि भएपछि ७ वटा औषधि पसल (फार्मेसी)मा शुक्रबार ताला लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङ र औषधि व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले आकस्मिक अनुगमन गर्दै गम्भीर अनियमितता भेटिएपछि फार्मेसीहरू तत्काललाई सिल गरेको हो। अस्पतालनजिक सञ्चालनमा रहेका १४ वटा फार्मेसीमा एकैपटक अनुगमन गरिएको ...
अस्पताल पुग्न कठिन हुने ग्रामीण बस्तीका सर्वसाधारण लाई लक्षित गर्दै कोशी प्रदेश सरकारले स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने नयाँ अभ्यास सुरु गरेको छ।