मुख्य समाचार
यस दिनमा अंगदानले जीवन बचाउने कुराबारे सचेतना फैलाउने काम गरिन्छ
यस दिनमा अंगदानले जीवन बचाउने कुराबारे सचेतना फैलाउने काम गरिन्छ

। यस दिनमा अंगदानले जीवन बचाउने कुराबारे सचेतना फैलाउने काम गरिन्छ । साथै अंगदान गरी कसैको जीवन बचाउन योगदान गर्ने व्यक्ति र उसको परिवारको सम्मान स्वरुप यो दिवस मनाइन्छ ।

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बुधबार विशेष कार्यक्रम आयोजना गरी विश्व अंगदान दिवस मनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको उपस्थितिमा केन्द्रले समारोह आयोजना गरेको हो । अंगदानको सम्बन्धमा रहेका भ्रमहरू हटाउनु आवश्यक रहेको मन्त्री पौडेलले बताए । अंगदान गर्दा मान्छे मृत्युपछि स्वर्ग पुग्दैन भन्ने जस्ता भ्रम अझै समाजमा रहेकाले त्यसलाई हटाउन जनचेतना आवश्यक भएको उनको भनाइ छ ।

‘संसारका जुनसुकै धर्मले पनि दान र अरूको सेवा गर्दा धर्म हुन्छ भनेको छ । अझै अंगदान गरेर कसैको जीवन बचाउँदा कति धर्म होला’ मन्त्री पौडेलले भने, ‘संसारमा आँखा नदेख्नेलाई आँखा देखाउने मान्छे, मिर्गौला फेल भएर मृत्युको मुखमा पुगेकोलाई मिर्गौला दिएर बचाउने मान्छे जत्तिको धर्मात्मा अरू को होला र ?’

मान्छे आफू मात्रै बाँच्ने स्वभावको जाति नभएकाले आफू बाँचेर अरूलाई पनि बचाउन अंगदान गर्न उनले आग्रह गरे ।

उनले अंगदान गर्न मिल्ने नाता खुकुलो बनाउनु पर्नेमा जोड दिए । अहिले प्रत्यारोपणका लागि माग भएको अंगको २० प्रतिशत पनि दानबाट प्राप्त हुन नसकेको मन्त्री पौडेलले बताए ।

अंग नपाएकै कारण धेरैको अंग प्रत्यारोपण गर्ने सक्ने अवस्था नभएकाले नीति नियमलाई खुकुलो बनाउनु पर्ने र मस्तिष्कमृत्यु पछिको अंगदानलाई पनि सहज बनाउनुपर्ने धारणा मन्त्री पौडेलले राखे ।

मस्तिष्कमृत्यु पछि २४ घण्टाभित्र मात्रै अंग लिन मिल्ने भएकाले यसको प्रक्रिया झन्झटिलो बनाउन नहुने भनाइ उनको छ ।

‘यसो भयो भने सबै पर्याप्त हुन्भ भन्ने त होइन तर अहिलेको अवस्था भन्दा सहज हुन्छ’ मन्त्री पौडेलले भने ।

अहिले अंग दान गर्ने व्यक्तिलाई पनि केही सुविधा, सहुलीयतको व्यवस्था गरिने प्रतिवद्धता मन्त्री पौडेलले गरे। मिर्गौला लिने व्यक्तिलाई कम्तीमा प्रिमियम नलिई स्वास्थ्य बीमा गर्ने व्यवस्था हुने उनले सुनाए ।

अन्य अस्पतालसँग मिलेर नभई अंग प्रत्यारोपण केन्द्रको छुट्टै प्रतिष्ठान हुनेपर्ने धारणा मन्त्री उनले राखे । ‘अंग प्रत्यारोपण केन्द्रको छुट्टै र क्यान्सर अस्पतालको छुट्टै प्रतिष्ठान हुनुपर्छ’ उनले भने ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकीकृत ऐन केही दिनमै संसदमा आउने र त्यो पारित भएपछि नयाँ प्रतिष्ठान निर्माणका लागि समेत सहज हुने दावी उनले गरे ।

उनले प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउनका लागि सिफारिस गर्ने कुरालाई छिटो अगाडि बढाउन भक्तपुरका जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे ।

केन्द्रकी प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा.कल्पना कुमारी श्रेष्ठले अंग दान विना प्रत्यारोपणको कल्पना समेत गर्न नसकिने बताइन् । ‘अंगदान भएकै कारण यो केन्द्रमा १५०० भन्दा बढीको मिर्गौला प्रत्योरोपण गर्न सकिएको छ’ उनले भनिन् ।

विकसित देशमा ठूलो संख्यामा मस्तिष्कमृत्यु पछिको अंगदानबाट प्रत्यारोपण हुने गरेकोमा नेपालजस्ता देशमा त्यसले गति लिन नसकेको उनले बताइन् । त्यो दिशामा नेपालले पनि नेपालले पाइला चालिसकेकाले आगामी दिनमा यसले गति पाउने विश्वास उनले व्यक्त गरिन् ।

अंगदान दिने व्यक्तिलाई कुनै सुविधा, सहुलीयत नभएको उनले गुनासो गरिन् । डोनर कार्ड बनाएर स्वास्थ्य उपचार लगायतका सुविधा दिनुपर्नेमा डा.श्रेष्ठले जोड दिइन् ।



भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले प्रत्यारोपण केन्द्रमा बिरामीको चाप धेरै हुँदा आफूहरूलाई पनि समस्या भइरहेको बताए ।

चाँडो पालो आउनका लागि भन्दिनु पर्‍यो भनेर देशभरिका पार्टीका नेता, कार्यकर्ताले आग्रह गर्दा असहज भएको उनले सुनाए । भक्तपुरका सबै जनप्रतिनिधि मिलेर राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई व्यवस्थित गर्न लाग्नुपर्ने थपाले बताए ।

भक्तपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भक्तपुरमा रहेको क्यान्सर राष्ट्रिय प्रत्यारोपण केन्द्र र क्यान्सर अस्तपालमा सबै बिरामीले सेवा पाउने गरी विस्तार गनुपर्ने बताए । राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर क्यान्सर अस्पताल र भक्तपुर अस्पताललाई मिलाएर स्वास्थ्य प्रतिष्ठान बनाउने विधेयक लगेको १०–१२ वर्ष हुँदा पनि त्यो अघि बढ्न नसकेको भन्दै त्यसलाई अघि बढाउन स्वास्थ्य मन्त्रीलाई आग्रह गरे ।

उनले अहिले स्वास्थ्य क्षेत्रमा दुई हजार जनशक्ति थप्न लागिएको आफूले थाहा पाएको तर त्यतिले नपुग्ने भन्दै ५-७ हजारदेखि १० हजारसम्म स्वास्थ्यका जनशक्ति थप्नुपर्ने माग राखे ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले १३ वर्षको युवा अवस्थामै यस संस्थाले मुलुकमा स्वास्थ्य क्षेत्रको अति विशिष्ट विधामा विश्वस्तरीय सफलता हासिल गरेको दावी गरे । यो सबैका लागि अनुकरणीय कार्य भएको उनले बताए ।

केन्द्रमा भएका करिब १५०० जना मृर्गौला प्रत्यारोपणमध्ये गर्दा ९८ प्रतिशत भन्दा बढी मृर्गौला प्रत्यारोपित बाँचेको डा.पुकारले जानकारी दिए । उनका अनुसार डाइलाइसिसमा बस्नेहरू ९५ प्रतिशत बाँचेको पाइएको छ भने कलेजो प्रत्यारोपणमा सफलता ९३ प्रतिशत छ ।

यस केन्द्रका एक इन्च पनि भवन नभएको र उपयुक्त भवन भएमा केन्द्र स्वयंले ५०० बेडको भवन बनाई ५०० प्रतिशत थप सेवा दिन सक्षम रहेको दावी उनले गरे । केन्द्रको सेवा विस्तारका लागि पायकपर्ने उपयुक्त स्थानमा जग्गा उपलब्ध गराउन सम्बन्धित सबैलाई उनले आग्रह गरे ।

कार्यक्रममा मस्तिष्कमृत्यु पछि अंगदान उपलब्ध गराउन योगदान गर्ने काठमाडौं‌ मेडिलक कलेज अस्पतालका चिकित्सकलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जुम्लाको तातोपानी गाउँपालिका–१ मा आज बिहान जंगली जडिबुटी खाएर बिरामी परेका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय दलजित सार्की रहेका छन् । स्थानीयका अनुसार उनले आज बिहान सवा तीन बजे सतुवा नामको जडिबुटी खाएका थिए । लगत्तै उनी बिरामी परेका थिए । त्यसपछि उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य ...
: सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना बिचौलिया पक्राउ परेका छन्। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकल तथा निजी अस्पतालतर्फ पठाई अवैध कमिसनको चलखेल भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक बबिन राईले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई सस्तो मूल्यमा औषधि मिलाइदिने ...
। काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल) को फार्मेसी युनिट इन्चार्ज एवं फार्मेसी अधिकृत दीपा ढुंगाना सहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको हो । आयोगका अनुसार ढुंगानासहित फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी सहायक लबेन्द्र कुँवर, ...
। विभिन्न जिल्लाबाट उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी र ओपीडीमा आएका बिरामीलाई गलत सूचना दिएर निजी अस्पतालमा जान प्रोत्साहित गर्ने १२ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–३ बस्ने ३७ वर्षीय रञ्जितकुमार चौधरी, सप्तरीकै राजविराज नगरपालिका–६ बस्ने २७ वर्षीया रविना मण्डल, भोजपुर आमचोक गाउँपालिका–८ बस्ने ३५ वर्षीय ...
। जिल्ला प्रहरी कार्यालय गुल्मीले गुणस्तर परीक्षणमा नेपाल सरकारले तोकेको मापदण्डअनुसार नरहेको पुष्टि भएको करिब ४०० केजी मह नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र वीर विश्कर्माका अनुसार गत जेठ २७ गते रेसुङ्गा नगरपालिका–८ बुढाथोकी बसपार्क क्षेत्रमा मह बिक्री-वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । ...