मुख्य समाचार
नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन आह्वान
नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन आह्वान

। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन आह्वान गरेको छ।

यसअघि पुरुष क्रिकेट टिमको लागि पहिलोपटक सार्वजनिक रूपमै प्रायोजनका लागि आह्वान गरिएकोमा महिलाको जर्सीका लागि पनि आवदेन खुलाइएको हो ।

प्रायोजन रकम न्यूनतम वार्षिक ६० लाख रुपैयाँ तोकिएको छ । अवधि ३ वर्ष रहनेछ र आपसी सहमतिमा बढाउन सकिने व्यवस्था छ। प्रायोजन अन्तर्गत ब्रान्डको लोगो जर्सीको अगाडि रहनेछ।

आवेदनका लागि सरकारी कानुनअनुसार अनुमति प्राप्त सबै ब्रान्डहरू सहभागी हुन पाउनेछन्। आवेदन अगस्ट ३० को विहान ११ बजेभित्र क्यानको मुलपानीस्थित कार्यालयमा कम्पनीको लेटरहेडमा हस्ताक्षर र छापसहित बुझाउनुपर्नेछ। साथै ३० हजार रुपैयाँको धरौटी रकम सिद्धार्थ बैंक, हातिसार शाखामा जम्मा गर्नुपर्नेछ।

आवेदनसँगै कम्पनी दर्ता प्रमाणपत्र, प्यान/भ्याट प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, आवश्यक लाइसेन्स, कम्पनी प्रोफाइल, ब्रान्डिङ योजना र अघिल्लो प्रायोजन अनुभव (भए) पेश गर्नुपर्नेछ।

यसअघि पुरुष क्रिकेट टोलीको जर्सी प्रायोजक नासा सेक्युरिटिज बनिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम