मुख्य समाचार
भारतको राजस्थानमा पिकअप भ्यान र ट्रक एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु
भारतको राजस्थानमा पिकअप भ्यान र ट्रक एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु

। भारतको राजस्थानमा पिकअप भ्यान र ट्रक एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । मृतकमध्ये सात जना बालबालिका र ४ जना महिला छन् ।

प्रहरीका अनुसार उनीहरू सबै जना पिकभ्यानमा सवार थिए । उक्त भ्यान पार्किङ गरी राखिएको ट्रकमा गएर ठोक्किएको थियो ।




दौसा जिल्लाका प्रहरीले पीटीआईलाई दिएको जानकारी अनुसार मनोहरपुर नजिकै भएको यो दुर्घटनामा मानिसहरू खाटुश्याम र सालासर बालाजी मन्दिरको दर्शन गरेर उत्तर प्रदेशको एटाहमा रहेको आफ्नो गाउँ फर्किरहेका थिए ।

प्रहरीका अनुसार पिकअप भ्यानमा २० जना भन्दा बढी मानिस सवार थिए । पिकअप भ्यानले राजमागर्को सर्भिस लेनमा पार्किङ गरिएको ट्रकलाई ठक्कर दिएको थियो । बुधबार बिहान ४ देखि ५ बजेको बीचमा यो दुर्घटना भएको थियो ।



प्रहरीका अनुसार घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी १० जनाको घटनास्थलमै र एक जना महिलाको एसएमएस अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मलेसियामा विदेशी श्रमिकको संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ । मलेसियाले २०२४ को जुनबाट नेपालसहित स्राेत देशबाट आंशिक रुपमा मात्रै श्रमिकलाई भर्ना गरेको छ । मानव संशाधन उपमन्त्री दातुक सेरी अब्दुल रहमान मोहम्मदले सोमबार संसद्लाई जानकारी दिँदै अक्टाेबर १५ सम्म विदेशी श्रमिक घट्दै गइरहेको जनाएका हुन् । उनका अनुसार अक्टोबर १५ सम्म मलेसियामा ...
: उत्तरी अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्। भूकम्प प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरले भूकम्पमा २० भन्दा बढीको मृत्यु भएको र ३२० भन्दा बढी घाइते भएको बताएका छन्। ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा इस्लामी लडाकु समूहसँग सैन्य कारबाहीको योजना तयार गर्न आदेश दिएका छन्। उनले नाइजेरियाली सरकारले त्यहाँ बसोबास गर्ने क्रिश्चियनको हत्या रोक्न पर्याप्त कदम नचालेको आरोप लगाएका हुन्। ट्रम्पले कुन हत्या भन्ने कुरा स्पष्ट पारेनन्। तर अमेरिकाका दक्षिणपन्थी वृत्तमा नाइजेरियाली क्रिश्चियनविरुद्ध कथित हिंसाको दाबी देखा परेका छन्। अनुगमन समूहले नाइजेरियामा मुस्लिमभन्दा क्रिश्चियनलाई बढी मारिएको ...
: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सीएमएस–३ नामक सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। इसरोका अध्यक्ष वी. नारायणनले एलवीएम३–एम५ ले सीएमएस–३ सञ्चार उपग्रहलाई आफ्नो तोकिएको कक्षमा सफलतापूर्वक स्थापित गरेको बताए। उनले भने,ʻम सम्पूर्ण इसरो टोली र सबै साझेदारलाई भूमिका र योगदानका लागि बधाई दिन्छु। आजको मिसनले भारतका लागि अर्को गौरव ल्याएको छ।ʼ अध्यक्ष वी. नारायणनले आर्थिक ...
। संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले आइतबार अमेरिका र चीनले सैन्य–सैन्य प्रत्यक्ष सञ्चार च्यानलहरू स्थापना गर्ने सहमति गरेको बताएका छन् । उनका अनुसार दुवै मुलुकबीचको द्विपक्षीय सम्बन्ध ‘अहिलेसम्मकै उत्कृष्ट अवस्थामा’ पुगेको छ । हेग्सेथले शनिबार राति क्षेत्रीय सुरक्षा सम्मेलनका क्रममा आफ्ना चिनियाँ समकक्षी एडमिरल डोङ जुनसँग भेटवार्ता गरेका थिए । उनले भने, ‘शान्ति, स्थिरता र राम्रो ...