मुख्य समाचार
माओवादी केन्द्रले मुख्यसचिव एकनारायण अर्याललाई नैतिकता प्रदर्शन गर्न आग्रह
माओवादी केन्द्रले मुख्यसचिव एकनारायण अर्याललाई नैतिकता प्रदर्शन गर्न आग्रह

। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले मुख्यसचिव एकनारायण अर्याललाई नैतिकता प्रदर्शन गर्न आग्रह गरेको छ ।

बुधबार प्रतिनिधि सभामा बोल्दै माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले कुलिङ अफ पिरियड प्रकरण स्मरण गर्दै मुख्यसचिव अर्याललाई यस्तो आग्रह गरेका छन् ।


निजामती सेवा विधेयकमा सरकारी कर्मचारीका लागि कुलिङ अफ पिरियड लागू गर्ने विषयमा सहमति जुटेको थियो । तर, कुलिङ अफ पिरियडको प्रावधान निष्क्रिय हुने भाषा समेत विधेयकमा परेको भनेर प्रश्न उठेपछि संसदीय विशेष छानबिन समिति नै बनेर अध्ययन भएको छ ।

नेपाली कांग्रेसका सांसद जीवन परियार नेतृत्वको संसदीय छानबिन समितिले राजनीतिक र नैतिक रुपमा जिम्मेवार ठहर्‍याएका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिइसकेका छन् ।

संसदीय छानबिनले परोक्ष रुपमा मुख्यसचिव अर्यालसहितका अन्य सरकारी कर्मचारीलाई समेत कुलिङ अफ पिरियडको सम्बन्धमा भएको गम्भिर त्रुटिमा जिम्मेवार रहेको देखाएको छ । कर्मचारीको हकमा पनि नैतिकता देखिनुपर्ने माओवादी सांसद घर्तीको आग्रह छ ।

‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरि खतिवडाले नैतिक जिम्मेवारी स्वीकार्दै सभापति पदबाट राजीनामा दिनुभयो । तर, सोही प्रकरणमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न पदाधिकारीहरूले किन उस्तै नैतिक मानकको पालना गरेनन् ?,’ सांसद घर्तीको प्रश्न छ ।

संविधान र कानुनको अगाडि सबै समान हुने प्रावधानको उल्लंघन हुने व्यवहार नगर्न पनि उच्च पदस्थ कर्मचारीलाई माओवादी सांसद घर्तीको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले रिमोट वर्कका लागि कानुनी तथा प्राविधिक तयारी पूरा भइसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले रिमोट वर्कसम्बन्धी सूचना प्रणाली विकास भइसकेको र नीतिगत निर्णय भई कार्यान्वयनको अन्तिम तयारीमा रहेको बताएका हुन् । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले नेपाललाई ‘टेक हब’ ...
— एक सातायता पाल्पामा विषालु च्याउ सेवन गरेर दुई जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी बिरामी भएका छन् । जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएका रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ नजिकैका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो ...
। पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ्ग छन् । उनी हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालित भएको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक ...
— कांग्रेसका सभापति गगनकुमार थापाले मधेश प्रदेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् । बर्दिबासमा बुधबार आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’लाई सम्बोधन गर्दै सभापति थापाले मधेस प्रदेश सरकारको नेतृत्वमा कांग्रेसले निरन्तरता दिने बताएका हुन् । सभापति थापाले कांग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि ...
। सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको हो । उनको निधनको शोकमा आज विहीबार सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले जनाएको छ ।