मुख्य समाचार
ब्राजिलको एक विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा ६ जना पुरुष र ३ जना महिलासहित ९ जनाको मृत्यु
ब्राजिलको एक विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा ६ जना पुरुष र ३ जना महिलासहित ९ जनाको मृत्यु

। दक्षिणी ब्राजिलको एक विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा ६ जना पुरुष र ३ जना महिलासहित ९ जनाको मृत्यु भएको छ ।

अग्निनियन्त्रण विभागका प्रवक्ताले पराना राज्यको राजधानी कुरिटिबामा भएको विस्फोटको कारण लगभग १.५ किलोमिटर वरपरसम्मका भवनहरू क्षतिग्रस्त भएको बताए ।

ब्राजिलका अधिकारीहरूले अझै अनुसन्धान भइरहेकोले घटनाको कारण थाहा भइनसकेको बताएका छन् ।

सार्वजनिक सुरक्षा राज्यमन्त्री कर्नल हडसन लियोन्सियो टेक्सेराले पत्रकारहरूलाई घटनाको क्रममा कारखानामा रहेका नौ जनामध्ये सबैको मृत्यु भएको बताए ।

भग्नावशेषबाट सात जना घाइतेलाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ ।

कारखानाका मालिकले विष्फोटबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आलस्कामा भेट्दै छन् । अलजजिराका अनुसार अलास्कामा स्थानीय समयअनुसार बिहान ११ : ३० बजे (नेपाली समय शनिबार बिहान सवा १ बजे) दुई नेताबीच वार्ता सुरु हुनेछ । रुसतर्फबाट विदेशमन्त्री सेर्गेई लाभरोभ, रक्षामन्त्री आन्द्रेई बेलोउसुभ, अर्थमन्त्री एन्टोन सिलुआनोभ, राष्ट्रपति पुटिनका सहायक युरी उशाकोभ र विशेष आर्थिक ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अलास्कामा हुने रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनसँगको वार्ता सकारात्मक भए युक्रेनी राष्ट्रपतिलाई बोलाउने बताएका छन् । रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनसँग हुने शिखर वार्ताबारे फक्स न्यूज रेडियोसँग कुरा गर्दै ट्रम्पले छलफल सकारात्मक भए युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई फोन गरी दोस्रो बैठकको तयारी गर्ने बताएका हुन् । उनका अनुसार यस्तो बैठक अलास्कासहित विभिन्न स्थानमा ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिन नेतृत्वको प्रतिनिधिमण्डल अमेरिका प्रस्थान गरेको छ । अलास्कामा हुने शिखर वार्ताका लागि रुसबाट पुटिन नेतृत्वको टोली प्रस्थान गरेर अमेरिकी हवाई क्षेत्रमा प्रवेश गरिसकेको फ्लाइट ट्र्याकिङ प्लेटफर्म फ्लाइटराडार २४ले देखाएको हो । महाशक्ति राष्ट्रका दुई शिर्ष नेताबीच शुक्रबार अमेरिकी राज्य अलास्काको सबभन्दा ठूलो शहर एंकोरेजमा भेटवार्ता ...
। बेलायत, फ्रान्स र जर्मनीले परमाणु सम्झौताका लागि पुन: वार्तामा नआए इरानमाथि पुराना प्रतिबन्धहरू ब्युँत्याउन चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघलाई जानकारी गराउँदै यी तीन देशले आगामी अगस्ट महिनाको अन्त्यसम्म परमाणु कार्यक्रमबारे पुन: वार्तामा नआए कठोर प्रतिबन्ध लगाउन चेतावनी दिएका हुन् । बेलायत, फ्रान्स र जर्मनीलाई ‘ई थ्री’ नामले पनि सम्बोधन गर्ने चलन छ । यी तीन ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का सहायक उपाध्यक्ष जोन विङ्गलले शिष्टाचार भेट गरेका छन् । आज भएको भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा एमसिसीको सहयोगप्रति आभार व्यक्त गरे । उनले एमसिसी परियोजनाका लागि गरेको सहकार्यको प्रशंसा गरे । मन्त्री खड्काले एमसिसी परियोजना सुरुवातसँगै, उच्च गुणस्तरको प्रसारणलाइन ...