मुख्य समाचार
टप एण्ड टी-२० सिरिज समाप्त भएपछि थप पाँच अभ्यास खेलहरू खेल्ने
टप एण्ड टी-२० सिरिज समाप्त भएपछि थप पाँच अभ्यास खेलहरू खेल्ने

। नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले टप एण्ड टी-२० सिरिज समाप्त भएपछि थप पाँच अभ्यास खेलहरू खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक विज्ञप्ति जारी गरेर नेपालले थप अभ्यास खेलहरू खेल्ने जानकारी गराएको हो ।


यो तयारी शृंखला अन्तर्गत नेपालले २६ देखि ३० अगस्टसम्म एसीटी र साउथ अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले २६ अगस्टमा एसीटीसँग २ खेल खेल्नेछ भने २८ अगस्टमा साउथ अष्ट्रेलियासँग २ खेल खेल्नेछ । त्यस्तै ३० अगस्टमा साउथ अष्ट्रेलियासँग वान डे म्याच खेल्नेछ ।



टप एण्ड टी-२० सिरिज आजदेखि सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेल भोलि खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यो सातादेखि प्रीमियर लिग सुरु हुँदैछ। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले शुक्रबार एन्फिल्डमा बोर्नमाउथको सामना गर्दैछ। म्यान्चेस्टर युनाइटेडले आर्सनलको स्वागत गर्नेछ भने लिड्स युनाइटेडले इभर्टनलाई स्वागत गर्दै शीर्ष लिगमा फर्किने लक्ष्यमा छन्। प्रीमियर लिगको २०२५–२६ सिजनमा केही नयाँ परिवर्तन भएका छन्। यो सिजनमा धेरै रोचक र नयाँ अनुभव हुने जनाइएको छ। नयाँ प्रबंधक र ...
: नेपाल नर्थन टेरिटोरी (एनटी) स्ट्राइकसँग पराजित भएको छ। टप एण्ड टी-२० सिरिजअन्तर्गत अष्ट्रेलियामा भएको खेलमा नेपाल ४२ रनले पराजित भएको हो। एनटी स्ट्राइकले दिएको १७८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनायो। नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए। उनले २५ बल खेल्दै क्याच भए। पहिलो ...
। म्याग्दी जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाउने घोषणा गरेको छ। म्याग्दीको रघुगंगा–३, पिप्लेमा जन्मेकी शाहीले भलिबलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो योगदान पुर्‍याएकी छन्। त्यही योगदानको कदर गर्दै शालिक बनाइने घोषणा गरिएको हो । उनको नेतृत्वमा नेपालले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुई उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने एनटीको कप्तानमा केन रिचार्डसन छन् । एनटी स्ट्राइकले सन् २०२३ ...
। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन आह्वान गरेको छ। यसअघि पुरुष क्रिकेट टिमको लागि पहिलोपटक सार्वजनिक रूपमै प्रायोजनका लागि आह्वान गरिएकोमा महिलाको जर्सीका लागि पनि आवदेन खुलाइएको हो । प्रायोजन रकम न्यूनतम वार्षिक ६० लाख रुपैयाँ तोकिएको छ । अवधि ३ वर्ष रहनेछ र ...