मुख्य समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद कागजात भेटिए अब सिधै छानबिनका लागि प्रहरीको जिम्मा लगाइने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद कागजात भेटिए अब सिधै छानबिनका लागि प्रहरीको जिम्मा लगाइने

। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद कागजात भेटिए अब सिधै छानबिनका लागि प्रहरीको जिम्मा लगाइने भएको छ ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार, विमानस्थलमा भिजिट भिसाका नाममा भएका विकृतिको सुधारका प्रयास स्वरुप सर्वपक्षीय छलफलपछि यो निर्णय लिइएको हो ।




‘कतिपयको कागजातमा कैफियत देखिन्छन्, एनओसी नक्कली हुन्थ्यो । अहिलेसम्म त्यस्तो अवस्थामा फिर्ता पठाएर यत्तिकै छाड्ने गरिएको थियो,’ उनले भने, ‘अब चाहिँ फिर्ता हुनेहरुलाई प्रहरीको जिम्मा लगाउने निर्णय भएको छ ।’

त्यसअन्तरगत शंकास्पद कागजात भएका दुई जनालाई बिहीबार मात्र जिम्मा लगाइएको छ । विभागका निर्देशक टिकाराम ढकालका अनुसार, भिजिट भिसाका नाममा भएको विकृतिलाई सुधार गर्ने अभियान अन्तरगत यो निर्णय लिइएको हो ।



‘विमानस्थलमा एक सय बढी एजेन्सी खटिएका छन्, त्यहाँ एयरलाइन्सदेखि प्रहरीसम्मले पनि कुनै विषयमा कैफियत देखिए फिर्ता गर्छन्,’ उनले अनलाइनखबरसँग भने, ‘तर, अधिकांश समय मानिसहरुलाई अध्यागमनले फिर्ता गर्‍यो भन्ने पर्ने गर्छ ।’

त्यसका लागि कसैलाई फिर्ता गर्दा त्यसको कारणसमेत खुलाएर कागज अनिवार्य दिनुपर्ने व्यवस्था गरिएको ढकालले बताए ।

विभागका महानिर्देशक तिवारीले जिम्मेवारी सम्हालेयता अध्यागमनमा मात्र सुधार गरेर भिजिट भिसाका नाममा देखिएको समस्या समाधान नहुने भन्दै विभिन्न पक्षसँग छलफल गरिरहेका छन् । त्यही छलफलपछि यी निर्णयहरु लिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले पूर्व उपसभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोधेको छ । पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको वैठले पूर्व उपसभापति खड्कालाई सात दिने स्पष्टीकरण सोधेको अनुशासन समितिका सचिव दिनेश थापामगरले जानकारी दिए । आज पार्टी केन्द्रीय कार्यालय सानेपाको बीपी स्मृति भवनमा बसेको अनुशासन समितिको वैठकले यस्तो निर्णय गरेको हो । अनुशासन समितिले खड्काले ...
: सरकारले गत भदौ २३ र २४ गते भएको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयनको सम्बन्धमा सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले ...
: सरकारले इजरायलसहित चार देशका लागि पुनः श्रम स्वीकृति खुलाएको छ । सरकारले इजरायल, कुवेत, वहराइन र लेवनानको पुनः श्रम स्वीकृति खुलाएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले जनाएको छ । मन्त्रालयको फागुन १७ गतेको निर्णय वमोजिम मध्य पूर्व तथा खाडी क्षेत्रमा देखिएको विष परिस्थितिलाई मध्यनजर गर्दै यी देशको श्रम स्वीकृति ...
: सरकारले सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति जाँचबुझ आयोग बनाउने निर्णय गरेको हो। २०६२/६३ देखि हालसम्मको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण तथा छानबिन गर्न आयोग बनाउने निर्णय गरेको हो। सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा आयोग ...
: प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन वैशाख ४ गते हुँदैछ। ‘मिनी संसद्’का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका लागि संघीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ। निर्वाचन कार्यक्रमअनुसार बिहीबार अपराह्न १ देखि ४ बजेसम्म ‘सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ। सभापतिको मनोनयनसम्बन्धी प्रस्तावमा सम्बन्धित समितिका एक जना ...