मुख्य समाचार
देउवाले आफ्नो पार्टी सधैं नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रुपान्तरणको पषमा उभिँदै आएको बताए
देउवाले आफ्नो पार्टी सधैं नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रुपान्तरणको पषमा उभिँदै आएको बताए

। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सधैं नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रुपान्तरणको पषमा उभिँदै आएको बताएका छन् ।

कांग्रेस सूचना, संचार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।


उनले थप अघि भने, ‘अब हामी सबै मिलेर-प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ ।’

उनले अहिले डिजिटल प्लेटफर्मले कामलाई सहजता र तीव्रता दिएको बताउँदै समयको बचत गरेको बताए ।



उनले सूचना-प्रविधिको विकास हुन धेरै सकारात्मक भए पनि कतिपय कुराहरूमा यसले नकारात्मक असर पुर्‍याएको बताउँदै नागरिकलाई सचेत बनाउनेतर्फ ध्यान दिनु पर्ने बताएका छन् ।

डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक रहेको उनले बताए ।

नेपाली कांग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चार सम्बन्धी नीति, ऐन र नियमहरूले आज नेपालका टाढाका बस्तीहरू र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्यमन्त्री निशा मेहताले स्वास्थ्य बीमामा देखिएका समस्या हटाएर व्यवस्थित र जनमैत्री बनाउने गरी सरकारले तयारी गरिरहेको जानकारी दिएकी छन् । सोमबार वीर अस्पतालमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ शुभारम्भ गर्ने क्रममा उनले उक्त जानकारी दिएकी हुन् । स्वास्थ्य बीमामा केही पेचिलो समस्या रहेको स्वीकार गर्दै उनले त्यसलाई कसरी सरल र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा मन्त्रालयमा गहन गृहकार्य ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट निर्वाचित जनप्रतिनिधि भ्रष्टाचारमा मुछिए अख्तियारभन्दा पहिले कारबाही गर्ने बताएका छन् । कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ मा उनले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सचेत गराउँदै यस्तो बताएका हुन् । ‘हाम्रा साथीहरू कुनै पनि खालको आर्थिक अपचलनमा लाग्नु भएको छ भन्ने कुरा तथ्य प्रमणसहित प्राप्त भयो भने ...
। धनकुटाको मदन चोकबाट सुनको गहना चोरी गरी फरार भएको आरोपमा तीन जना पक्राउ परेका छन् । धनकुटाको सहिदभूमि गाउँपालिका-१ की ४० वर्षकी विष्णुमाया राईको सुनको गहना चोरेर फरार भएका आरोपमा धरानबाट तीन जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महतोका अनुसार पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका-६ का ३० वर्षका धनबहादुर ...
। सरकारले आगामी आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा जनताले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ । त्यस्तो कोषमा सहकारीको कर्जा अशुली गरी जम्मा गर्ने र त्यो रकम बचत फिर्ताका लागि प्रयोग गरिने घोषणा सरकारले गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदको संयुक्त सभामा प्रस्तुत आगामी आर्थिक वर्षको ...
। एकान्तकुनामा यात्रुलाई मुक्का हान्ने एक सहचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा ५ ख ६८४० नम्बरको यात्रुबाहक बसका सहचालक भोजपुरको साल्पासिलिचो गाउँपालिका–४ घर भएका २६ वर्षीय कुशाङ्ग शेर्पा छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी नवराज अधिकारीले शेर्पालाई पक्राउ गरिएको पुष्टि गरे । सुकेधारा बस्दै आएका उनलाई पक्राउ गरी कारबाहीका लागि जिल्ला प्रहरी ...