मुख्य समाचार
बेलायत, फ्रान्स र जर्मनीले परमाणु सम्झौताका लागि पुन: वार्तामा नआए इरानमाथि पुराना प्रतिबन्धहरू ब्युँत्याउन चेतावनी
बेलायत, फ्रान्स र जर्मनीले परमाणु सम्झौताका लागि पुन: वार्तामा नआए इरानमाथि पुराना प्रतिबन्धहरू ब्युँत्याउन चेतावनी

। बेलायत, फ्रान्स र जर्मनीले परमाणु सम्झौताका लागि पुन: वार्तामा नआए इरानमाथि पुराना प्रतिबन्धहरू ब्युँत्याउन चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्रसंघलाई जानकारी गराउँदै यी तीन देशले आगामी अगस्ट महिनाको अन्त्यसम्म परमाणु कार्यक्रमबारे पुन: वार्तामा नआए कठोर प्रतिबन्ध लगाउन चेतावनी दिएका हुन् ।




बेलायत, फ्रान्स र जर्मनीलाई ‘ई थ्री’ नामले पनि सम्बोधन गर्ने चलन छ । यी तीन देशले भनेका छन्, ‘यदि इरानले परमाणु कार्यक्रमबारे पुन: वार्तामा आउँदैन भने हामी ‘स्न्याप ब्याक मेकानिज्म’ लागू गर्न तयार छौं ।’

‘स्न्याप ब्याक मेकानिज्म’ भन्नाले कुनै सम्झौता, नियम वा प्रतिबन्ध असफल भएमा वा कुनै पक्षले उल्लंघन गरेमा पहिलेका पुराना प्रतिबन्धहरू वा दण्डहरू स्वत: पुन: लागू हुने प्रक्रिया बुझाउँछ ।



अमेरिका, युरोपसहितका देशले इरानले परमाणु कार्यक्रम रोक्नुपर्ने भन्दै दबाब दिँदै आएका छन् ।

‘स्न्याप ब्याक मेकानिज्म’ अनुसार अमेरिका, बेलायत, फ्रान्स, जर्मनीसहितका देशले इरानले उक्त सम्झौताको उल्लघंन गरेको आरोप लगाउँदै आएका छन् ।

जसअनुसार अब परमाणु कार्यक्रम रोक्ने सम्बन्धी वार्तामा नआए सन् २०१५ अघि इरानमाथि संयुक्त राष्ट्रसंघले लगाएको कडा प्रतिबन्ध पुन: सक्रिय हुने चेतावनी दिइएको हो ।

गत महिना मात्रै इरानले परमाणु वार्ताका लागि तयार रहेको प्रतिक्रिया दिएको थियो । तर, उसले विद्यमान प्रतिबन्ध हटाउनुपर्ने र आत्मरक्षाका लागि नागरिक परमाणु कार्यक्रमको अधिकारलाई मान्यता दिनुपर्ने शर्त राखेको थियो ।

तर, पश्चिमी देशहरूले भने परमाणु कार्यक्रम रोक्न इरान निशर्त: वार्तामा आउनुपर्ने अडान राख्दै दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम