मुख्य समाचार
एनआईआईएफ ले डोल्मा इम्प्याक्ट फन्डसँगको सहकार्यमा ९० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी गर्ने घोषणा
एनआईआईएफ ले डोल्मा इम्प्याक्ट फन्डसँगको सहकार्यमा ९० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी गर्ने घोषणा

। नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) ले डोल्मा इम्प्याक्ट फन्डसँगको सहकार्यमा ९० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी गर्ने घोषणा गरेको छ ।

यो परियोजना हिमालयन एभरेस्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल–री इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवद्र्धनमा स्थापित एनआईआईएफको प्रबन्धक ग्लोबल इक्विटी फन्ड लिमिटेडले डोल्मा इम्प्याक्ट फन्डसँग सहकार्य गर्दै ९० मेगावाटको सौर्य ऊर्जा परियोजनामा महत्त्वपूर्ण लगानी गर्ने घोषणा गरेको हो ।

यो रणनीतिक साझेदारीले नेपालको बढ्दो ऊर्जा माग सम्बोधन गर्ने, आयातित इन्धनमाथिको निर्भरता घटाउने र देशको दिगो ऊर्जा भविष्य सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

लगानी सम्झौता अनुसार एनआईआईएफले डोल्मा इम्प्याक्ट फन्ड–१ अन्तर्गत सोलार फार्म लिमिटेडमा आंशिक स्वामित्व किनेको छ ।



सोलार फार्म लिमिटेड नेपालकै अग्रणी अन–ग्रिड सौर्य स्वतन्त्र विद्युत उत्पादक (आईपीपी) हो, जसले तनहुँ चौतारास्थित ५ मेगावाटको सौर्य फोटोभोल्टाइक प्लान्ट सञ्चालन गर्दै आएको छ ।

सोलार फार्म लिमिटेडले दुईवटा सहायक कम्पनीहरू ९ सय ५० मेगावाटको सोलार फार्म लुम्बिनी र ९ सय ४० मेगावाटको सोलार फार्म बुद्धभूमि मार्फत ९० मेगावाटको अन–ग्रिड सौर्य परियोजना विकास गर्न बोलपत्र जितेको छ ।

एनआईआईएफको यो लगानीले ग्लोबल इक्विटी फन्डलाई सौर्य क्षेत्रमा सबैभन्दा ठूला संस्थागत लगानीकर्तामध्ये एक बनाएको छ ।

ग्लोबल इक्विटी फन्डले आफ्ना विभिन्न लगानी साधन मार्फत २५ मेगावाटको पशुपति रिन्युएबल्स, ६.८ मेगावाटको जीआई सोलार र अफ–ग्रिड सौर्य कम्पनी घाम पावर लगायत परियोजनामा लगानी गरेको छ ।

एनआईआईएफ अध्यक्ष डा. मनिष थापाले भने, ‘सोलार फार्म लिमिटेड र यसको सहायक कम्पनीहरूमा ९० मेगावाट सौर्य परियोजना विकासका लागि गरिएको हाम्रो रणनीतिक लगानी नेपालमा दिगो पूर्वाधार विकास प्रवद्र्धन गर्ने हाम्रो कोषको उद्देश्यसँग मेल खान्छ ।’

उनका अनुसार सौर्य ऊर्जाले नेपालको प्रमुख जलविद्युत क्षेत्रको पूरकका रूपमा काम गर्दै ऊर्जा सन्तुलन बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।

‘नेपाल जलविद्युत्मा अत्यधिक निर्भर छ, जुन नवीकरणीय भए पनि मौसमी विविधताका कारण सुक्खायाममा उत्पादन कम हुनेजस्ता चुनौतीे सामना गर्छ,’ उनले भने, ‘नेपालको अनुकूल भौगोलिक अवस्थिति र उच्च सौर्य विकिरणका कारण सौर्य ऊर्जाले यो कमी पूरा गर्न भरपर्दो विकल्प प्रदान गर्दछ । ऊर्जा मिश्रणमा सौर्य ऊर्जालाई एकीकृत गरेर नेपालले आयातित बिजुलीमाथिको निर्भरता घटाउन, कम जलविद्युत् उत्पादन हुने अवधिमा स्थिर बिजुली आपूर्ति सुनिश्चित गर्न र ऊर्जा सुरक्षा प्रवद्र्धन गर्न सक्छ ।’

त्यसैगरी ठूला जलविद्युत् परियोजनाका तुलनामा चाँडै निर्माण गर्न सकिने सौर्य परियोजनाले ग्रामीण विद्युतीकरणलाई सहयोग पुयाउने, प्रसारण नोक्सानी घटाउने र सफा, थप लचिलो ऊर्जा प्रणालीमा योगदान गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— यस वर्ष दसैं, तिहार र छठको अवसरमा नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिएको छ । अघिल्ला दुई वर्ष सुकिला (प्रयोगमा रहेका) नोट मात्र वितरण गरेको राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नै सटही सुविधा दिएको हो । राष्ट्र बैंकले नयाँ नोट साट्न विगतमा जस्तो सूचना जारी गर्ने चलन यसपालि हटाएको छ । इच्छुक सर्वसाधारणले राष्ट्र ...
। चाडपर्वका बेला उपभोक्तालाई सहज ग्यास उपलब्ध गराउन ग्यास उद्योगीहरूले जुनसुकै ब्रान्ड (कम्पनी) को ग्यास सिलिन्डर साट्न सक्ने व्यवस्था गर्न लागेको बताएका छन् । यससँगै काठमाडौं उपत्यकाका उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने स्थानबाट ग्यास लिन पाउने भएका छन् । यसका लागि उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । एउटामात्र सिलिन्डर भएका उपभोक्ताले बजारमा ...
: आफूसँग भएका जहाजसमेत पूर्णक्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायुसेवा निगमले फेरि लिजमा जहाज थप्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। निगमका ५ चिनियाँ जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन् , एउटा ट्विनअटर लामो समयदेखि ग्राउन्डेड छ भने अन्तर्राष्ट्रिय उडानका चारमध्ये एउटा वाइडबडी इटालीमा मर्मतका क्रममा लामो समयदेखि उतै छ। निगमका अनुसार अवस्थाअनुसार अन्तर्राष्ट्रिय उडानमा अहिले तीनवटा ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘पशु वधशाला र मासु जाँच (दोस्रो संशोधन) नियमावली २०५७’ को मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै विधायन ऐन २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनार्थ उक्त मस्यौदामाथि सर्वसाधारण र सरोकारवालाबाट राय, सुझाव तथा पृष्ठपोषण माग गरेको हो । सार्वजनिक गरिएको संक्षिप्त विवरण अनुसार यस मस्यौदाको मुख्य ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एकल महिला उद्यमीलाई दुई लाखसम्मको प्रविधि सहयोग गर्ने भएको छ । यस्तै, महिला उद्यमी समूहलाई तीन लाखसम्मको प्रविधिमा सहयोग गर्ने भनेको छ । महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोगसहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्द्धन कार्यक्रम अन्तर्गत यो सहयोग गर्ने ...