मुख्य समाचार
एनआईआईएफ ले डोल्मा इम्प्याक्ट फन्डसँगको सहकार्यमा ९० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी गर्ने घोषणा
एनआईआईएफ ले डोल्मा इम्प्याक्ट फन्डसँगको सहकार्यमा ९० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी गर्ने घोषणा

। नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) ले डोल्मा इम्प्याक्ट फन्डसँगको सहकार्यमा ९० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी गर्ने घोषणा गरेको छ ।

यो परियोजना हिमालयन एभरेस्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल–री इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवद्र्धनमा स्थापित एनआईआईएफको प्रबन्धक ग्लोबल इक्विटी फन्ड लिमिटेडले डोल्मा इम्प्याक्ट फन्डसँग सहकार्य गर्दै ९० मेगावाटको सौर्य ऊर्जा परियोजनामा महत्त्वपूर्ण लगानी गर्ने घोषणा गरेको हो ।

यो रणनीतिक साझेदारीले नेपालको बढ्दो ऊर्जा माग सम्बोधन गर्ने, आयातित इन्धनमाथिको निर्भरता घटाउने र देशको दिगो ऊर्जा भविष्य सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

लगानी सम्झौता अनुसार एनआईआईएफले डोल्मा इम्प्याक्ट फन्ड–१ अन्तर्गत सोलार फार्म लिमिटेडमा आंशिक स्वामित्व किनेको छ ।



सोलार फार्म लिमिटेड नेपालकै अग्रणी अन–ग्रिड सौर्य स्वतन्त्र विद्युत उत्पादक (आईपीपी) हो, जसले तनहुँ चौतारास्थित ५ मेगावाटको सौर्य फोटोभोल्टाइक प्लान्ट सञ्चालन गर्दै आएको छ ।

सोलार फार्म लिमिटेडले दुईवटा सहायक कम्पनीहरू ९ सय ५० मेगावाटको सोलार फार्म लुम्बिनी र ९ सय ४० मेगावाटको सोलार फार्म बुद्धभूमि मार्फत ९० मेगावाटको अन–ग्रिड सौर्य परियोजना विकास गर्न बोलपत्र जितेको छ ।

एनआईआईएफको यो लगानीले ग्लोबल इक्विटी फन्डलाई सौर्य क्षेत्रमा सबैभन्दा ठूला संस्थागत लगानीकर्तामध्ये एक बनाएको छ ।

ग्लोबल इक्विटी फन्डले आफ्ना विभिन्न लगानी साधन मार्फत २५ मेगावाटको पशुपति रिन्युएबल्स, ६.८ मेगावाटको जीआई सोलार र अफ–ग्रिड सौर्य कम्पनी घाम पावर लगायत परियोजनामा लगानी गरेको छ ।

एनआईआईएफ अध्यक्ष डा. मनिष थापाले भने, ‘सोलार फार्म लिमिटेड र यसको सहायक कम्पनीहरूमा ९० मेगावाट सौर्य परियोजना विकासका लागि गरिएको हाम्रो रणनीतिक लगानी नेपालमा दिगो पूर्वाधार विकास प्रवद्र्धन गर्ने हाम्रो कोषको उद्देश्यसँग मेल खान्छ ।’

उनका अनुसार सौर्य ऊर्जाले नेपालको प्रमुख जलविद्युत क्षेत्रको पूरकका रूपमा काम गर्दै ऊर्जा सन्तुलन बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।

‘नेपाल जलविद्युत्मा अत्यधिक निर्भर छ, जुन नवीकरणीय भए पनि मौसमी विविधताका कारण सुक्खायाममा उत्पादन कम हुनेजस्ता चुनौतीे सामना गर्छ,’ उनले भने, ‘नेपालको अनुकूल भौगोलिक अवस्थिति र उच्च सौर्य विकिरणका कारण सौर्य ऊर्जाले यो कमी पूरा गर्न भरपर्दो विकल्प प्रदान गर्दछ । ऊर्जा मिश्रणमा सौर्य ऊर्जालाई एकीकृत गरेर नेपालले आयातित बिजुलीमाथिको निर्भरता घटाउन, कम जलविद्युत् उत्पादन हुने अवधिमा स्थिर बिजुली आपूर्ति सुनिश्चित गर्न र ऊर्जा सुरक्षा प्रवद्र्धन गर्न सक्छ ।’

त्यसैगरी ठूला जलविद्युत् परियोजनाका तुलनामा चाँडै निर्माण गर्न सकिने सौर्य परियोजनाले ग्रामीण विद्युतीकरणलाई सहयोग पुयाउने, प्रसारण नोक्सानी घटाउने र सफा, थप लचिलो ऊर्जा प्रणालीमा योगदान गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२६/०२७ का लागि ८ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ८ अर्ब (१२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको हो । चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु ...
— चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले विनियोजनको ४६ प्रतिशत मात्र सरकारी खर्च गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यो १०.७५ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको थियो । गत पुससम्म ९ खर्ब ४ अर्ब ६४ करोड ४३ लाख खर्च भएको अर्थ ...
— वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ६४ करोड मूल्य पर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा ३१ प्रतिशतले आयात ...
: सिम्रिक एयरले नयाँ हेलिकप्टर थप गरेको छ। उच्च हिमाली तथा दुर्गम भौगोलिक क्षेत्रमा सञ्चालन क्षमता थप सुदृढ गर्ने उद्देश्यसहित एयरबस एच१२५ (एएस३५० बी३ ई) हेलिकोप्टर आफ्नो फ्लीटमा थप गरेको कम्पनीले जानकारी दिएको छ। ९ एन–एओओ दर्ता नम्बरको उक्त हेलिकप्टर २०२६ जनवरी ३० देखि औपचारिक रूपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ। यससँगै सिम्रिक एयरको फ्लीटमा तीनवटा ...
: आर्थिक वर्ष २०८२/८३ को कार्तिकदेखि पुस मसान्तसम्म (दोस्रो त्रैमासिक)को विवरणअनुसार कुल बजेटमध्ये चालु खर्चको हिस्सा उच्च देखिएको छ। पुँजीगत खर्च अपेक्षाकृत कमजोर देखिएको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यसमध्ये चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड (६०.०१ ...