मुख्य समाचार
वैदेशिक रोजगारीमा गएका श्रमिकको स्वास्थ्योपचारको जिम्मा गन्तव्य मुलुक वा रोजगारदाताले लिनुपर्ने : स्वास्थ्य मन्त्री
वैदेशिक रोजगारीमा गएका श्रमिकको स्वास्थ्योपचारको जिम्मा गन्तव्य मुलुक वा रोजगारदाताले लिनुपर्ने : स्वास्थ्य मन्त्री

। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले वैदेशिक रोजगारीमा गएका श्रमिकको स्वास्थ्योपचारको जिम्मा गन्तव्य मुलुक वा रोजगारदाताले लिनुपर्ने बताए ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस, युवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्‍घाटन गर्दै उनले यस्ता धारणा राखेका हुन् ।

विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ) मा वैदेशिक रोजगारीमा गएका श्रमिकको स्वास्थ्य उपचार सम्बन्धित देशका रोजगारदाताले गर्नुपर्ने विषय उठाएको मन्त्री पौडेलले स्मरण गरे। डब्लुएचओको आगामी सभामा नेपालले यो विषय प्रस्ताव गर्ने उनले जानकारी दिए ।

साढे १३ हजारले डयालसिस गर्दा ८ हजार वैदेशिक रोजगारीबाट फर्केका श्रमिक हुने गरेको उनले बताए ।

मन्त्री पौडेलले बिगतको तुलनामा नागरिकको स्वास्थ्य समस्या बढ्दै गएको तर राज्यले स्वास्थ्यलाई प्राथमिकता नदिएको आरोप लगाए । स्वास्थ्य बीमामा २९ अर्ब आवश्यक रहे पनि सरकारले १० अर्ब मात्र छुट्याइएको भन्दै योगदानमा आधारित स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्ने विचार राखे ।



नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरले रक्तदान केवल समाजप्रतिको जिम्मेवारी मात्र नभई जीवन बचाउने महान कार्य भएको बताइ । यस्ता समाजिक कार्यमा युवाहरू सधैँ अग्रसर हुनुपर्ने धारणा कुँवरले राखे ।

कार्यक्रममा ५० जना भन्दा बढीले रक्तदान गरे ।

रक्तदान कार्यक्रम नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिका अध्यक्ष दिपेन्द्र सुनारको अध्यक्षतामा भएको थियो । युवा समितिले देशैभर विभिन्न कार्यक्रम आयोजना गरि मनाएको सुनारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल आपूर्तिमा उल्लेखनीय सुधार भएको दाबी गरेका छन् । अनुदानमा वितरण गरिने रासायनिक मल आपूर्ति तथा वितरण अवस्था एवं यस सम्बन्धमा प्रतिनिधिसभाको आकस्मिक, शून्य तथा विशेष समयमा उठेका विषय र मन्त्रालयले गरेका प्रयासबारे जानकारी गराउँदै मन्त्री अधिकारीले अथक प्रयासबीच कृषकको माग अनुसार सबै बालीका लागि सबै सिजनमा उच्चतम मात्रामा ...
। रक्षामन्त्री मानवीर राईले ०८३ भित्रै काठमाडौं—तराई/मधेश द्रूतमार्गको काम सकिनेमा आशंका व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफल भएको थियो । उक्त छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले अहिले सरकार फास्ट ट्रयाकमा केन्द्रित रहेको र ...
। चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस अध्ययनका लागि सिट संख्या बढाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको आयोगको बैठकले यसअघि तोकिएको सिट संख्यामा वृद्धि गर्ने निर्णय गरेको हो । जसअनुसार हालसम्म एक सय सिट रहेको एमबीबीएसको सिलिङ बढाएर एक सय ३० र ५० सिट रहेको बीडीएसलाई ६० पुर्‍याउने निर्णय भएको छ । बैठकमा सहभागी एक ...
। प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौं–तराई/मधेश द्रूतमार्गको काम समयमै सक्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफल भएको हो । जसमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपाली सेनाले समयमै काम सम्पन्न गर्छ भन्ने विश्वासका साथ बस्न ...
। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले डीएपी र पोटास मलको आपूर्तिको अवस्था राम्रो रहेपनि युरिया आपूर्तिको अवस्था केही कमजोर रहेको स्वीकार गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युरिया आपूर्तिको अवस्था केही कमजोर हुनुमा विधि कारण रहेको बताए । पहिलो कारणमा मूल्य वृद्धि हुनु रहेको बताए । दोस्रो कारणमा उनले भने, ‘निरन्तरको वर्षाले कोलकाता पोर्टमा मल ...