मुख्य समाचार
मन्त्रालयले मातहतका सबै संघीय अस्पतालहरू र स्वास्थ्य संस्थाहरूलाई एक हप्ताभित्र व्यावसायिक योजना पेश गर्न निर्देशन
मन्त्रालयले मातहतका सबै संघीय अस्पतालहरू र स्वास्थ्य संस्थाहरूलाई एक हप्ताभित्र व्यावसायिक योजना पेश गर्न निर्देशन

। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै संघीय अस्पतालहरू र स्वास्थ्य संस्थाहरूलाई एक हप्ताभित्र व्यावसायिक योजना पेश गर्न निर्देशन दिएको छ । मन्त्रालयले मातहतका अस्पताल, स्वास्थ्य संस्था तथा विभागहरूको कार्यक्षमता अभिवृद्धि गर्ने, योजनाबद्ध रूपमा कार्यहरू अघि बढाउने र समयमै बजेट कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले परिपत्र जारी गरेको हो।

मातहतका कार्यालयबाट प्राप्त हुने व्यावसायिक योजनाको आधारमा मन्त्रालय र अन्तर्गतका स्वास्थ्य संस्थाहरूबीच कार्य सम्पादन सम्झौता गर्ने तयारी पनि मन्त्रालयले गरेको छ। यो सम्झौताले अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई थप जवाफदेही र नतिजामुखी बनाउने अपेक्षा गरिएको छ।

‘हाम्रो मुख्य उद्देश्य स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नु र हरेक संस्थालाई आफ्नो लक्ष्यप्रति जिम्मेवार बनाउनु हो,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘कार्य सम्पादन सम्झौताले हरेक संस्थाको वार्षिक कार्ययोजना र त्यसको प्रगतिको स्पष्ट मापन गर्न सहयोग पुग्नेछ।’

विगतका बजेट भाषणमा समावेश भएका अधिकांश स्वास्थ्य कार्यक्रमहरू कार्यान्वयनमा नआएको र बजेट खर्च हुन नसकेको गुनासो आउने गरेका थिए । महालेखा परीक्षकको प्रतिवेदनले समेत पटक-पटक यस्ता विषयलाई औंल्याउँदै आएको छ। यही समस्यालाई सम्बोधन गर्न मन्त्रालयले यसपटक आर्थिक वर्षको सुरुवातमै सक्रियता देखाएको प्रवक्ता बुढाथोकीको भनाइ छ ।

यसअघि पनि स्वास्थ्य संस्थाहरूको स्थापना, सञ्चालन तथा स्तरोन्नति सम्बन्धी निर्देशिका, २०७० मा प्रस्तावित स्वास्थ्य संस्थाका लागि व्यावसायिक कार्य योजना आवश्यक पर्ने उल्लेख थियो । यद्यपि, हाल सञ्चालनमा रहेका सबै संघीय संस्थाहरूलाई एकैपटक व्यावसायिक योजना पेश गर्न परिपत्र गरिएको यो नै पहिलो पटक भएको मन्त्रालयका उच्च तहका कर्मचारीहरू बताउँछन्।

विभिन्न सरकारी निकायमा कार्य सम्पादन सम्झौताको अभ्यास पहिलेदेखि नै हुँदैआएको छ। अब स्वास्थ्य क्षेत्रमा पनि यसलाई प्रभावकारी रूपमा लागू गर्न लागिएको बुढाथोकीले बताए। यो सम्झौताले स्वास्थ्य संस्थाहरूलाई आफ्नो स्रोत र साधनको अधिकतम उपयोग गर्दै विशिष्टीकृत सेवा विस्तार गर्न र समग्र स्वास्थ्य सेवा प्रवाहलाई सुदृढ पार्न मद्दत गर्ने विश्वास मन्त्रालयले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ- ८, सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा ५ जना मजदुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार घटना आज बिहान करिब ...
। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेकाे छ । स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना बापत केन्द्रले पाउनुपर्ने रकम उपलब्ध नभएकाले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका प्रशासनको अनुसार १ माघदेखि अर्को सूचना नआएसम्म बीमा कार्यक्रम बन्द रहनेछ । यस अवधिमा स्वास्थ्य बीमा अन्तर्गतका सेवा उपलब्ध नहुने जनाइएको ...
: त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोक्ने निर्णय गरेको छ। अस्पतालले बिरामीको उपचार गर्दाको रकम बीमा बोर्डले उपलब्ध नगराएको भन्दै माघ १ गतेदेखि सेवा रोक्न बाध्य भएको अस्पताल प्रशासनको भनाइ छ। अस्पताल जारी सूचनामा स्वास्थ्य बीमा सेवा लिन आउने बिरामीको संख्या र चाप बढ्दै गएको तर, तर ...
: विराटनगर महानगरपालिका-४ स्थित नोबेल शिक्षण अस्पताल आसपासमा बिरामी ठग्ने काममा संलग्न रहेको पुष्टि भएपछि ७ वटा औषधि पसल (फार्मेसी)मा शुक्रबार ताला लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङ र औषधि व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले आकस्मिक अनुगमन गर्दै गम्भीर अनियमितता भेटिएपछि फार्मेसीहरू तत्काललाई सिल गरेको हो। अस्पतालनजिक सञ्चालनमा रहेका १४ वटा फार्मेसीमा एकैपटक अनुगमन गरिएको ...
अस्पताल पुग्न कठिन हुने ग्रामीण बस्तीका सर्वसाधारण लाई लक्षित गर्दै कोशी प्रदेश सरकारले स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने नयाँ अभ्यास सुरु गरेको छ।