मुख्य समाचार
रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनसँगको वार्ता सकारात्मक भए युक्रेनी राष्ट्रपतिलाई बोलाउने
रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनसँगको वार्ता सकारात्मक भए युक्रेनी राष्ट्रपतिलाई बोलाउने

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अलास्कामा हुने रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनसँगको वार्ता सकारात्मक भए युक्रेनी राष्ट्रपतिलाई बोलाउने बताएका छन् ।

रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनसँग हुने शिखर वार्ताबारे फक्स न्यूज रेडियोसँग कुरा गर्दै ट्रम्पले छलफल सकारात्मक भए युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई फोन गरी दोस्रो बैठकको तयारी गर्ने बताएका हुन् ।




उनका अनुसार यस्तो बैठक अलास्कासहित विभिन्न स्थानमा हुन सक्नेछ । तर, पुटिनसँगको बैठकपछि तुरुन्तै जेलेन्स्की थप वार्ताका लागि तयार हुने–नहुने प्रश्नमा उनले अड्कलबाजी नगर्ने बताए ।

ट्रम्पले पुटिनसँगको भेटपछि पत्रकार सम्मेलन गर्न सक्ने तर वार्ता अपेक्षाअनुसार नभए एक्लै पत्रकारलाई सम्बोधन गरेर अमेरिका फर्किने बताएका बीबीसीले उल्लेख गरेको छ ।



यद्यपि क्रेमलिन र ह्वाइट हाउस दुवैले दुई नेताको भेटपछि संयुक्त पत्रकार सम्मेलन हुने बताएका छन् ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटका अनुसार शुक्रबार ट्रम्प–पुटिनबीच वान टु वान वार्ता हुनेछ । वार्तापछि दुई देशका प्रतिनिधिमण्डलले सँगै भोजन गर्ने कार्यतालिका छ ।

पुटिनसँगको वार्ता असफल हुने सम्भावना २५ प्रतिशत : ट्रम्प

राष्ट्रपति ट्रम्पले रुसी समकक्षी पुटिनसँगको भेट असफल हुने सम्भावना कम रहेको बताए । यद्यपि उनले आशंकाका साथ त्यस्तो सम्भावना २५ प्रतिशत मात्रै भएको फक्स न्यूज रेडियोसँगको कुराकानीमा भनेका छन् ।

साथै ट्रम्पले युक्रेन र रुसबीच जारी भूभागको विवाद लेनदेनबाट टुंग्निुपर्ने आवश्यकता औंल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आलस्कामा भेट्दै छन् । अलजजिराका अनुसार अलास्कामा स्थानीय समयअनुसार बिहान ११ : ३० बजे (नेपाली समय शनिबार बिहान सवा १ बजे) दुई नेताबीच वार्ता सुरु हुनेछ । रुसतर्फबाट विदेशमन्त्री सेर्गेई लाभरोभ, रक्षामन्त्री आन्द्रेई बेलोउसुभ, अर्थमन्त्री एन्टोन सिलुआनोभ, राष्ट्रपति पुटिनका सहायक युरी उशाकोभ र विशेष आर्थिक ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिन नेतृत्वको प्रतिनिधिमण्डल अमेरिका प्रस्थान गरेको छ । अलास्कामा हुने शिखर वार्ताका लागि रुसबाट पुटिन नेतृत्वको टोली प्रस्थान गरेर अमेरिकी हवाई क्षेत्रमा प्रवेश गरिसकेको फ्लाइट ट्र्याकिङ प्लेटफर्म फ्लाइटराडार २४ले देखाएको हो । महाशक्ति राष्ट्रका दुई शिर्ष नेताबीच शुक्रबार अमेरिकी राज्य अलास्काको सबभन्दा ठूलो शहर एंकोरेजमा भेटवार्ता ...
। बेलायत, फ्रान्स र जर्मनीले परमाणु सम्झौताका लागि पुन: वार्तामा नआए इरानमाथि पुराना प्रतिबन्धहरू ब्युँत्याउन चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघलाई जानकारी गराउँदै यी तीन देशले आगामी अगस्ट महिनाको अन्त्यसम्म परमाणु कार्यक्रमबारे पुन: वार्तामा नआए कठोर प्रतिबन्ध लगाउन चेतावनी दिएका हुन् । बेलायत, फ्रान्स र जर्मनीलाई ‘ई थ्री’ नामले पनि सम्बोधन गर्ने चलन छ । यी तीन ...
। दक्षिणी ब्राजिलको एक विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा ६ जना पुरुष र ३ जना महिलासहित ९ जनाको मृत्यु भएको छ । अग्निनियन्त्रण विभागका प्रवक्ताले पराना राज्यको राजधानी कुरिटिबामा भएको विस्फोटको कारण लगभग १.५ किलोमिटर वरपरसम्मका भवनहरू क्षतिग्रस्त भएको बताए । ब्राजिलका अधिकारीहरूले अझै अनुसन्धान भइरहेकोले घटनाको कारण थाहा भइनसकेको बताएका छन् । सार्वजनिक सुरक्षा ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का सहायक उपाध्यक्ष जोन विङ्गलले शिष्टाचार भेट गरेका छन् । आज भएको भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा एमसिसीको सहयोगप्रति आभार व्यक्त गरे । उनले एमसिसी परियोजनाका लागि गरेको सहकार्यको प्रशंसा गरे । मन्त्री खड्काले एमसिसी परियोजना सुरुवातसँगै, उच्च गुणस्तरको प्रसारणलाइन ...