मुख्य समाचार
नेपाल मिडिया सोसाइटीले प्रस्तावित मिडिया काउन्सिल विधेयक परिमार्जनको मागसहित सुझाव पेस
नेपाल मिडिया सोसाइटीले प्रस्तावित मिडिया काउन्सिल विधेयक परिमार्जनको मागसहित सुझाव पेस

— नेपाल मिडिया सोसाइटीले प्रस्तावित मिडिया काउन्सिल विधेयक परिमार्जनको मागसहित सुझाव पेस गरेको छ ।


बुधबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिलाई ज्ञापनपत्र बुझाउँदै सोसाइटीले प्रस्तावित विधेयक परिमार्जनका लागि दफावार सुझावसमेत राखेको छ ।

विधेयकका धेरै दफा संविधानको मर्म र प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मान्यताविपरीत रहेको भन्दै नयाँ मस्यौदा तयार पार्नुपर्ने सोसाइटीको माग छ । ज्ञापनपत्रमा भनिएको छ, ‘हालको विधेयक फिर्ता गरी प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता र सरोकारवालारुको सुझावलाई नयाँ मस्यौदा तयार गरिनुपर्छ ।'

सोसाइटीले प्रेस काउन्सिलको गठन, पदाधिकारी नियुक्ति र आर्थिक अधिकारमा सरकारी हस्तक्षेप पूर्ण रुपमा अन्त्य गर्नुपर्ने माग राखेको छ । त्यस्तै, दण्डात्मक कारबाहीभन्दा स्वनियमलाई प्रोत्साहन गर्ने संयन्त्रको विकास गर्न पनि सुझाएको छ ।

विधेयक गत माघ २८ मा राष्ट्रिय सभाबाट पारित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इन्स्टाग्राम र फेसबुकको स्वामित्व रहेको कम्पनी मेटाले कृत्रिम बुद्धिमत्ता (एआइ) बोटहरू एकआपसमा संवाद गर्न सक्ने सामाजिक सञ्जाल प्लेटफर्म मोल्टबुक खरिद गरेको छ । मेटाले यो सम्झौतापछि मोल्टबुकको टोलीलाई आफ्नो सुपरइन्टेलिजेन्स ल्याब्समा समेटिने र यसले ‘मानिस तथा व्यवसायका लागि एआई एजेन्टहरूले काम गर्ने नयाँ तरिका’ विकास गर्न सहयोग गर्ने जनाएको छ । रेडिट जस्तै देखिने यो ...
। टिकटकले ‘इलेक्सन सेन्टर’ सुरु भएको जनाएको छ । एपभित्र उपलब्ध यो विशेष केन्द्रले आगामी आम निर्वाचनअघि प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको प्लाटफर्मले जनाएको छ । सन् २०२० देखि विश्वभर २०० भन्दा बढी निर्वाचनमा टिकटकले सञ्चालन गर्दै आएका निर्वाचनको निष्पक्षता र नैतिकता कायम गर्ने प्रयासको निरन्तरतास्वरूप यो पहल सुरु ...
। रुसको इन्टरनेट नियामक निकाय ‘रोस्कोमनाद्जोर’ ले टेलिग्राम म्यासेन्जर प्लेटफर्मको गति जानाजान सुस्त बनाएको छ। रुसी कानुनको उल्लङ्घन गरेको आरोप लगाउँदै मस्कोले आफ्ना नागरिकहरूलाई राज्यको कडा निगरानीमा रहने घरेलु अनलाइन सेवा ‘म्याक्स’प्रयोग गर्न बाध्य पार्ने प्रयास गरिरहेको छ। रोस्कोमनाद्जोरले, टेलिग्रामले प्रयोगकर्ताको डाटा रूसभित्रै भण्डारण गर्नुपर्ने र आपराधिक तथा आतङ्कवादी उद्देश्यका लागि हुने प्रयोगलाई रोक्नुपर्ने कानुनको पालना नगरेको ...
— युरोपियन यूनियन (इयू)ले समाजिक सञ्जाल टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’ लाग्ने खालका डिजाइन परिवर्तन गर्न वा इयूको डिजिटल सामग्री नियमहरूअन्तर्गत भारी जरिवानाको जोखिम लिन तयार रहन निर्देशन दिएको छ । दुई वर्षअघि खोलिएको अनुसन्धानको प्रारम्भिक निष्कर्षमा इयूले टिकटकले विशेष गरी नाबालिग र कमजोर वयस्कहरूमा एपको नकारात्मक प्रभावलाई सम्बोधन गर्न प्रभावकारी कदम नचालेको बताएको छ। लत लाग्ने खालका ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताएका छन् । बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २२ औं वार्षिकोत्सवमा उनले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म टेलिकमले सञ्चारको पहुँच विस्तार गर्दै आएको बताएका हुन् । प्राकृतिक विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थाहरूमा टेलिकमले खेलेको भूमिका स्मरणीय र प्रशंसनीय ...