मुख्य समाचार
डेंगीको संक्रमणबाट काठमाडौंमा २४ वर्षीया महिलाको मृत्यु
डेंगीको संक्रमणबाट काठमाडौंमा २४ वर्षीया महिलाको मृत्यु

— डेंगीको संक्रमणबाट काठमाडौंमा २४ वर्षीया महिलाको मृत्यु भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचाररत उनको बुधबार मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।


'डेंगीबाट एक जना महिलाको मृत्यु भएको पुष्टि भएको छ,' महाशाखाका निर्देशक डा. चन्द्र भल झाले भने, 'महिला अन्य कुनै दीर्घरोगबाट ग्रसित नरहेको पाइयो ।'

यस वर्ष जनवरीदेखि अहिलेसम्म ७४ जिल्लामा २ हजार ९८४ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो एक सातामा मात्रै १६८ नयाँ संक्रमित देखिएका छन् । चिकित्सकहरूका अनुसार करिब ९० प्रतिशत संक्रमितमा कुनै लक्षण नदेखिने भएकाले वास्तविक संख्या धेरै हुन सक्छ ।

नेपालमा डेंंगी वर्षैभरि नै देखा पर्छ । २०२४ मा १५ जनाको मृत्यु भएको थियो भने ४१ हजार ८६५ जनामा संक्रमण देखिएको थियो । २०२३ मा ८८ जनाको मृत्यु र ५४ हजारभन्दा बढी संक्रमित भएका थिए ।

स्वास्थ्य मन्त्रालयले असार ३२ देखि एक महिनाको ‘डेंगी नियन्त्रण अभियान’ सुरु गरेको छ । मन्त्रालयले यो वर्ष ६० हजार जनासम्म संक्रमित हुन सक्ने अनुमान गरेको छ ।


डेंगी सार्ने एडिज एजिप्टाई र एडसज एल्बोपिक्टस जातका लामखुट्टे सफा पानीमा बास बस्छन् र दिनको समयमा टोक्छन् । खुला पानी ट्यांकी, पुराना टायर, प्लास्टिकका गिलास र बोतल डेंगीको लार्भा विकास हुने मुख्य स्थान हुन् ।

डेंगीका लक्षणमा उच्च ज्वरो, मांसपेशी दुखाइ, आँखाको पछाडि दुख्ने जस्ता समस्या देखिन्छन् । यस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिन डाक्टरहरूले सुझाव दिएका छन् । यद्यपि डेंगीको कुनै निश्चित औषधि छैन तर समयमै उपचार पाएमा मृत्यु दर निकै कम हुन्छ ।



नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा एक विदेशी नागरिकमा डेंगी देखिएको थियो । त्यसयता धेरै जिल्लामा यो रोग फैलँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गर्भवतीको ज्यानमा खतरा पुग्ने अवस्थामा जतिसुकै अवधिको गर्भपतन गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो व्यवस्था प्रस्तावित छ । यो विधेयक यही असोज ५ गते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिनिधिसभामा दर्ता गरेकी छन् । जसमा सुरक्षित गर्भपतन सम्बन्धी ...
। त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सोमबार राति नै निधन भएको हो । अस्पतालका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो । घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो। सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको ...
: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सञ्चालन गर्ने भएको छ। जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यका साथ तालिम केन्द्रले जलन उपचारसम्बन्धी विशेषज्ञ तालिमको पाठ्यक्रम तथा सामग्री विकास गरेको हो। मन्त्रालयको ...
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम