मुख्य समाचार
गुगल म्याप्सले नेपालमा स्ट्रिट भ्यु फिचर सुरु गरिएको घोषणा
गुगल म्याप्सले नेपालमा स्ट्रिट भ्यु फिचर सुरु गरिएको घोषणा

— गुगल म्याप्सले नेपालमा स्ट्रिट भ्यु फिचर सुरु गरिएको घोषणा गरेको छ । डिजिटल नेपाल कन्क्लेभ,२०२५ को अवसरमा यस्तो सुरुवात गरिएको जनाएको छ । अब संसारको कुनै पनि कुनाबाट कसैले पनि गुगल म्याप्सको स्ट्रिट भ्यु चित्रमार्फत नेपालका अद्भुत भू-दृश्य र समृद्ध सांस्कृतिक दृश्य भर्चुअल रूपमा अवलोकन गर्न सक्ने दाबी गरिएको छ ।


गुगल स्ट्रट भ्युमार्फत विश्वको जुनसुकै ठाउँमा बसेर काठमाडौँका सडक र गल्लीहरूमा टहलिन सकिनेछ । 'तपाईं शान्त सुन्दर तराई क्षेत्रको अन्वेषण गर्न सक्नुहुन्छ, हिउँले ढाकिएका हिमालहरूको भव्य मनोरम दृश्य चहार्न सक्नुहुनेछ,' विज्ञप्तिमा भनिएको छ, 'तपाईंको फोन वा कम्प्युटरबाट नेपालको भर्चुअल यात्रा गर्न सक्नुहुन्छ ।'

यसले नेपालको वास्तुकलाको इतिहास, प्राचीन मन्दिर र दरबार तथा चहलपहलयुक्त बजार र जीवन्त परम्परालाई नजिकबाट हेर्ने अवसर दिनेछ । नेपालका नवीनतम दृश्यहरू हेर्न, आफ्नो फोन वा कम्प्युटरमा गुगल म्याप्स खोलेर 360° view वा पहेँलो स्ट्रिट भ्यु पेगम्यानमा क्लिक गर्नुपर्छ । त्यसपछि यात्रा सुरु गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
पेपालले आफ्नो व्यवसायलाई तीनवटा सञ्चालन इकाईहरूमा पुनर्गठन गर्ने घोषणा गरेको छ, जसमा लोकप्रिय भुक्तानी एप ‘भेन्मो’ का लागि छुट्टै विभाग समावेश गरिएको छ। नयाँ सीईओ इन्रिके लोरेसले कम्पनीको संरचनालाई सरल बनाउन र वृद्धिमा बढी केन्द्रित हुन यो कदम चालेका हुन्। भेन्मोलाई छुट्टै खण्ड बनाउँदा यसको कार्यसम्पादन ट्र्याक गर्न सजिलो हुने र भविष्यमा यस व्यवसायलाई बिक्री गर्न ...
। अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटले हालै सार्वजनिक गरेको एक अध्ययनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोटहरूको बढ्दो लोकप्रियतासँगै एउटा गम्भीर जोखिमलाई सतहमा ल्याएको छ। अनुसन्धानकर्ताहरूका अनुसार, च्याटबोटहरूलाई जति धेरै मिलनसार, न्यानो र सहानुभूतिपूर्ण बनाउने कोसिस गरिन्छ, तिनीहरूले त्यति नै धेरै गल्ती गर्ने र प्रयोगकर्ताका गलत एवं भ्रामक धारणालाई समर्थन गर्ने सम्भावना बढेर जान्छ । ‘नेचर’ जर्नलमा प्रकाशित यस ...
: राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ। जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया थालिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए। अहिले यी विवरणहरू एकीकरणका लागि प्रारम्भिक प्रक्रिया थालिएको र केही समयभित्र कार्यान्वयनमा ल्याउनेगरी तयारी भइरहेको उनको भनाइ छ। तथ्यांक एकीकरणपछि जन्मदर्ता, विवाह ...
। समाजिक सञ्जाल ह्वाट्स एप र भाइबर ह्याक गरेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भइ काठमाडौं २१ वर्षीय अभिषेक जैसवाल छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । उनले विभिन्न कम्पनीका मालिकहरुको ह्वाट्स एप, भाइबर ह्याक गरी मालिक बोलेको भन्दै क्यास काउन्टरमा सम्पर्क गर्दै रकम पठाउन ...
। अनलाइन सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी एप र वेबसाइट बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन ...