मुख्य समाचार
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा ८ वर्ष कैद सजाय
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा ८ वर्ष कैद सजाय

— सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा ८ वर्ष कैद सजाय भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा यसअघि नै दोषी ठहर भइसकेका निलम्बित मेयर थापालाई विशेष अदालतले बिहीबार सजाय निर्धारण गर्दै ८ वर्ष कैद सजाय तोकेको हो ।


यस्तै १० करोड ९ लाख ७८ हजार २ सय ९९ रुपैयाँ जरिवाना र त्यत्ति नै रकम थापाबाट असुलउपर हुने फैसला गरेको हो ।

सोही भ्रष्टाचार मुद्दामा बागमती नगरपालिकाकाकै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल र पालिकाका योजना प्रमुखसमेत रहेका इन्जिनियर सागर पौडेललाई पनि जनही ८ वर्ष कैद, १० करोड ९ लाख ७८ हजार २ सय ९९ रुपैयाँ जरिवाना र त्यत्ति नै रकम असुलउपर हुने गरी सजाय निर्धारण भएको हो ।

बागमती नगरपालिकामा भरतताल र यससँग सम्बन्धित विभिन्न भौतिक संरचना निर्माण गर्ने आवरणमा निर्माणजन्य पदार्थ बिक्रीबाट प्राप्त हुने राजस्व हिनामिना अभियोगमा अख्तियारले जिल्ला समन्वय समितिका अध्यक्ष मेथुर चौधरी, मेयर थापा, उपमेयर लीलाकुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत पोखरेल, इन्जिनियर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेललाई प्रतिवादी बनाएर ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना, हिनामिना भएको रकम असुलउपर र कैद सजाय मागदाबीसहित २९ जेठ २०८१ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सोही मुद्दाको किनारा लगाउँदै विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्य (न्यायाधीश)द्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले गत २१ साउनमा मेयर थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पोखरेल र इन्जिनियर पौडेललाई दोषी ठहर र बाँकी तीनजनालाई कसुरबट सफाई दिएको थियो ।

दोषी ठहर तीनैजनाविरुद्ध बिहीबार विशेषले सजाय निर्धारण गर्दै मागदाबी गरिएको बिगो रकम तीनैजनालाई दामासाही गरेर जनही ८ वर्ष कैद तथा जरिवानाको हकमा समान १० करोड ९ लाख ७८ हजार २ सय ९९ रुपैयाँ र त्यति नै रकम असुलउपर गर्ने गरी आदेश दिएको हो । सार्वजनिक सम्पत्ति हानिनोक्सानी मुद्दाबाहेक थापाविरुद्ध सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा पनि अख्तियारले विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा भने विशेषले २१ साउनमै दोषी ठहर गर्दै थापाविरुद्ध एक वर्ष कैद र ३ करोड ४५ लाख २२ हजार ३ सय ८७ रुपैयाँ जरिवाना हुने फैसलाले गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मानव बेचबिखन रोकथाममा पीडकलाई हुने राजनीतिक संरक्षण ठूलो चुनौती बनेको सरोकारवालाहरूले बताएका छन् ।वैदेशिक रोजगारीका नाममा गैरकानुनी बाटो प्रयोग भएकाले महिलाहरू अझै बेचबिखनको जोखिममा परेको उनीहरूको भनाइ छ । मानव अधिकार आयोगले बिहीबार नेपालगन्जमा आयोजना गरेको मानव बेचबिखनविरुद्ध राष्ट्रिय प्रतिवेदन तयारीसम्बन्धी परामर्श कार्यक्रममा संघ–संस्था र प्रहरीले नाकामा सक्रियता बढाए पनि जनप्रतिनिधि प्रतिकूल भूमिकामा उत्रिँदा चुनौती ...
— बिनयी त्रिवेणीमा धारिलो हतियार प्रयोग गरी श्रीमान्‌ले आफ्नै श्रीमतीको हत्या गरेका छ्न्। प्रहरीका अनुसार बिनयी त्रिबेणी गाउँपालिका-३ बस्ने ५० वर्षीय महेन्द्र पौडेलले आफ्नै निवासमा श्रीमती गोमा पौडेलको घाँटी रेटेर हत्या गरेका हुन्। शुक्रबार बिहान ११ बजे सामान्य झगडा पछि चक्कुले घाँटीमा रेटेर हत्या गरेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मोहनबहादुर थापालाई अमेरिकी सरकारले निष्कासन गरेको छ । अमेरिकामा बसेर विभिन्न कसुर गरेको आरोपमा नेता थापालाई निष्कासन गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन स्रोतका अनुसार अमेरिकाबाट निष्कासनमा परेका थापा गत साउन २२ गते नेपाल आइपुगेका हुन् । अमेरिकाबाट भारत हुँदै एयर इन्डियाको उडान नम्बर एआई २११ बाट उनी ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताएका छन्। आइसीटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जालले नेपालको प्रचलित कानुनअनुसार दर्ता हुनुपर्ने, कर तिर्नुपर्ने र अन्य दायित्वहरु पूरा गर्नुपर्ने बताए। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन यसअघि सूचना तथा सञ्चार प्रविधि ...
— काठमाडौंको कालोपुल क्षेत्रबाट अवैध विदेशी मुद्रा कारोबार तथा हुण्डी कार्यमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये २ जना भारतीय नागरिक रहेका छन्। भारत विहार प्रदेशको सितामडी बैरगनिया निवासी ३३ वर्षीया विक्रम जयसवाल, मोतीहारी चिरहिया निवासी ३३ वर्षीया मुन्ना जयसवालसहित नेपालको बाराको महागढीमाई नगरपालिका-३ का २७ वर्षीय ओम प्रकाश जयसवाल र महागढीमाई ...