मुख्य समाचार
नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताएका छन्
नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताएका छन्

— प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताएका छन्। आइसीटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जालले नेपालको प्रचलित कानुनअनुसार दर्ता हुनुपर्ने, कर तिर्नुपर्ने र अन्य दायित्वहरु पूरा गर्नुपर्ने बताए।


प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन यसअघि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिइसकेका छन्।

'सूचना प्रविधिसँग सम्बन्धित रहेर नेपालमा हुने सबै किसिमका कारोबार नेपाल सरकारले थाहा पाउनुपर्छ । सामाजिक सञ्जालबाट नेपालमा सञ्चालन हुने सबै काम नेपालको कानुन अनुसार दायित्व पूरा गर्नुपर्छ र कर तिरेको हुनुपर्छ,' प्रधानमन्त्री ओलीले भने, 'सूचना प्रविधिको क्षेत्रको विकासका लागि जे गर्नुपर्छ, त्यो सरकारले गर्छ, सरकार जनताको लागि हो, जनताले चाहेको सूचना प्रविधिको विकास र प्रवर्द्धनमा सरकारले ध्यान दिन्छ, सूचना प्रविधिको क्षेत्रमा स्वदेश र विदेशमा लगानी गरेर आम्दानी गर्न सकिन्छ, तपाईँहरु आत्मविश्वासका साथ अगाडि बढ्नुस्, सरकार तपाईंको साथमा छ ।'

प्रधानमन्त्री ओलीले तीव्ररुपमा विकास भएको सूचना प्रविधिले मानिसलाई घिसारिरहेको छ भन्दै पुष्पलाल मध्यपाहाडीको आफ्नो यात्राका क्रममा रुकुमको दुर्गम गाउँका बुढीआमाहरुले पनि फेसबुकको फोटो हेर्न र तान्न जानेको जानकारी पाउँदा खुसी लागेको स्मरण गरे।

उनले डिजिटल प्रविधि र हरित ऊर्जाका लागि नेपाल धेरै उपयुक्त भएको र आर्टिफिसियल इन्टेलिजेन्सको भरपूर प्रयोग गरेर विकास र समृद्धिमा लाग्नुपर्नेमा जोड दिए। आफ्नो घोषणाबमोजिम अनलाइन माध्यमबाट गत वर्षदेखि एसइईका विद्यार्थीहरुलाई शिक्षण गराउँदा एक लाख पचास हजार भन्दा बढीले लाभ लिएर नतिजामा सुधार आएको सन्दर्भ उल्लेख गर्दै उनले बालबालिकालाई मोबाइलबाट जोगाउँदै शिक्षा र विकासमा यसको उपयोग गर्नुपर्ने बताए।

सरकारले हालै एआइ नीति पारित गरेको र सूचना प्रविधिसँग सम्बन्धित विकासलाई कसरी रुपान्तरण र परिवर्तन गर्ने भनेर ध्यान दिइएको बताउँदै उहाँले भएको विकास नदेखेर केहीले नियतबश निराशा फैल्याउन खोजेको टिप्पणी गरे। उनले अहिले सरकारले स्थिरता, सुशासन र विकासमा सूचना प्रविधिको उपयोगमा स्पष्ट रहेकाले यसमा निजी क्षेत्रलाई प्रोत्साहित गरिने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मानव बेचबिखन रोकथाममा पीडकलाई हुने राजनीतिक संरक्षण ठूलो चुनौती बनेको सरोकारवालाहरूले बताएका छन् ।वैदेशिक रोजगारीका नाममा गैरकानुनी बाटो प्रयोग भएकाले महिलाहरू अझै बेचबिखनको जोखिममा परेको उनीहरूको भनाइ छ । मानव अधिकार आयोगले बिहीबार नेपालगन्जमा आयोजना गरेको मानव बेचबिखनविरुद्ध राष्ट्रिय प्रतिवेदन तयारीसम्बन्धी परामर्श कार्यक्रममा संघ–संस्था र प्रहरीले नाकामा सक्रियता बढाए पनि जनप्रतिनिधि प्रतिकूल भूमिकामा उत्रिँदा चुनौती ...
— बिनयी त्रिवेणीमा धारिलो हतियार प्रयोग गरी श्रीमान्‌ले आफ्नै श्रीमतीको हत्या गरेका छ्न्। प्रहरीका अनुसार बिनयी त्रिबेणी गाउँपालिका-३ बस्ने ५० वर्षीय महेन्द्र पौडेलले आफ्नै निवासमा श्रीमती गोमा पौडेलको घाँटी रेटेर हत्या गरेका हुन्। शुक्रबार बिहान ११ बजे सामान्य झगडा पछि चक्कुले घाँटीमा रेटेर हत्या गरेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मोहनबहादुर थापालाई अमेरिकी सरकारले निष्कासन गरेको छ । अमेरिकामा बसेर विभिन्न कसुर गरेको आरोपमा नेता थापालाई निष्कासन गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन स्रोतका अनुसार अमेरिकाबाट निष्कासनमा परेका थापा गत साउन २२ गते नेपाल आइपुगेका हुन् । अमेरिकाबाट भारत हुँदै एयर इन्डियाको उडान नम्बर एआई २११ बाट उनी ...
— काठमाडौंको कालोपुल क्षेत्रबाट अवैध विदेशी मुद्रा कारोबार तथा हुण्डी कार्यमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये २ जना भारतीय नागरिक रहेका छन्। भारत विहार प्रदेशको सितामडी बैरगनिया निवासी ३३ वर्षीया विक्रम जयसवाल, मोतीहारी चिरहिया निवासी ३३ वर्षीया मुन्ना जयसवालसहित नेपालको बाराको महागढीमाई नगरपालिका-३ का २७ वर्षीय ओम प्रकाश जयसवाल र महागढीमाई ...
— सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा ८ वर्ष कैद सजाय भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा यसअघि नै दोषी ठहर भइसकेका निलम्बित मेयर थापालाई विशेष अदालतले बिहीबार सजाय निर्धारण गर्दै ८ वर्ष कैद सजाय तोकेको हो । यस्तै १० करोड ९ लाख ७८ हजार २ सय ९९ ...