मुख्य समाचार
स्वतन्त्र पार्टी (रास्वपा)का नेता थापालाई अमेरिकी सरकारले निष्कासन गरेको छ
स्वतन्त्र पार्टी (रास्वपा)का नेता थापालाई अमेरिकी सरकारले निष्कासन गरेको छ

— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मोहनबहादुर थापालाई अमेरिकी सरकारले निष्कासन गरेको छ । अमेरिकामा बसेर विभिन्न कसुर गरेको आरोपमा नेता थापालाई निष्कासन गरिएको हो ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन स्रोतका अनुसार अमेरिकाबाट निष्कासनमा परेका थापा गत साउन २२ गते नेपाल आइपुगेका हुन् । अमेरिकाबाट भारत हुँदै एयर इन्डियाको उडान नम्बर एआई २११ बाट उनी २२ साउनमा काठमाडौं विमानस्थल ओर्लिएका थिए । लगत्तै विमानस्थल अध्यागमनले कागज गराएर थापालाई मानव बेचविखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको थियो । ब्युरोले पनि उनलाई कागज गराएर छाडेको छ ।

१ मार्च १९६९ मा जन्मिएका ५६ वर्षीय थापालाई गैरकानुनी रुपमा गतिविधि गरेको आरोपमा अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले केही समय अगाडि नै नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा उनी अध्यागमन तथा अमेरिकी अरु कानुन उल्ल‌ंघन कसुरमा अनुसन्धानमा तानिएका थिए ।

डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि सन् २०२५ को जनवरी २० देखि त्यहाँ प्रशासनले गैरकानुनी रुपमा आफ्नो देशमा बसोबास गरेका विदेशी नागरिकलाई निष्कासनको क्रमलाई रफ्तारमा बढाएको थियो । त्यही क्रममा अरु देशसहित नेपालबाट गएका पनि निष्कासनको सूचीमा परेका थिए ।

स्रोतका अनुसार थापाको ग्रीनकार्डसमेत रद्द गरेर अमेरिकाले फर्काएको हो । तर यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मानव बेचबिखन रोकथाममा पीडकलाई हुने राजनीतिक संरक्षण ठूलो चुनौती बनेको सरोकारवालाहरूले बताएका छन् ।वैदेशिक रोजगारीका नाममा गैरकानुनी बाटो प्रयोग भएकाले महिलाहरू अझै बेचबिखनको जोखिममा परेको उनीहरूको भनाइ छ । मानव अधिकार आयोगले बिहीबार नेपालगन्जमा आयोजना गरेको मानव बेचबिखनविरुद्ध राष्ट्रिय प्रतिवेदन तयारीसम्बन्धी परामर्श कार्यक्रममा संघ–संस्था र प्रहरीले नाकामा सक्रियता बढाए पनि जनप्रतिनिधि प्रतिकूल भूमिकामा उत्रिँदा चुनौती ...
— बिनयी त्रिवेणीमा धारिलो हतियार प्रयोग गरी श्रीमान्‌ले आफ्नै श्रीमतीको हत्या गरेका छ्न्। प्रहरीका अनुसार बिनयी त्रिबेणी गाउँपालिका-३ बस्ने ५० वर्षीय महेन्द्र पौडेलले आफ्नै निवासमा श्रीमती गोमा पौडेलको घाँटी रेटेर हत्या गरेका हुन्। शुक्रबार बिहान ११ बजे सामान्य झगडा पछि चक्कुले घाँटीमा रेटेर हत्या गरेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
— प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताएका छन्। आइसीटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जालले नेपालको प्रचलित कानुनअनुसार दर्ता हुनुपर्ने, कर तिर्नुपर्ने र अन्य दायित्वहरु पूरा गर्नुपर्ने बताए। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन यसअघि सूचना तथा सञ्चार प्रविधि ...
— काठमाडौंको कालोपुल क्षेत्रबाट अवैध विदेशी मुद्रा कारोबार तथा हुण्डी कार्यमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये २ जना भारतीय नागरिक रहेका छन्। भारत विहार प्रदेशको सितामडी बैरगनिया निवासी ३३ वर्षीया विक्रम जयसवाल, मोतीहारी चिरहिया निवासी ३३ वर्षीया मुन्ना जयसवालसहित नेपालको बाराको महागढीमाई नगरपालिका-३ का २७ वर्षीय ओम प्रकाश जयसवाल र महागढीमाई ...
— सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा ८ वर्ष कैद सजाय भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा यसअघि नै दोषी ठहर भइसकेका निलम्बित मेयर थापालाई विशेष अदालतले बिहीबार सजाय निर्धारण गर्दै ८ वर्ष कैद सजाय तोकेको हो । यस्तै १० करोड ९ लाख ७८ हजार २ सय ९९ ...