मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आलस्कामा भेट्दै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आलस्कामा भेट्दै

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आलस्कामा भेट्दै छन् । अलजजिराका अनुसार अलास्कामा स्थानीय समयअनुसार बिहान ११ : ३० बजे (नेपाली समय शनिबार बिहान सवा १ बजे) दुई नेताबीच वार्ता सुरु हुनेछ ।


रुसतर्फबाट विदेशमन्त्री सेर्गेई लाभरोभ, रक्षामन्त्री आन्द्रेई बेलोउसुभ, अर्थमन्त्री एन्टोन सिलुआनोभ, राष्ट्रपति पुटिनका सहायक युरी उशाकोभ र विशेष आर्थिक दूत किरिल दिमित्रिएभ वार्तामा सहभागी हुनेछन् । अमेरिकातर्फबाट उपराष्ट्रपति जेडी भान्स, अमेरिकी विदेशमन्त्री मार्को रूबिओ, ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफ, अर्थमन्त्री स्कट बेसेन्ट, रक्षामन्त्री पिट हेगसेथ रहनेछन्।

बहुप्रतीक्षित यो वार्ताले विश्वको ध्यान खिचेको छ । वार्तालाई दुई हिसाबले चर्चित मानिएको छ ।

पहिलो हो- रुस-युक्रेन युद्ध ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावी अभियानका क्रममा आफू राष्ट्रपतिमा विजयी भए २४ घण्टामै रुस-युक्रेन युद्ध अन्त्य गर्ने भनेका थिए । तर उनी निर्वाचित भएको ९ महिना बितिसक्दा पनि उनले आफ्नै भनाइ पूरा गर्न सकेका छैनन् ।

ट्रम्पले युद्धविरामका लागि पहल नगरेका भने होइनन् । उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई व्हाइट हाउसमै बोलाएर वार्ता गरेका थिए । तर त्यो वार्ता सफल हुन भने सकेन । बरु राष्ट्रपति जेलेन्स्कीसँग देखाएको स्वभावका कारण उनी विश्वभर आलोचित बन्न पुगे ।

निर्वाचित भएपछि ट्रम्प पहिलोपटक पुटिनलाई भेट्दै छन्, जसकारण पनि भेटलाई चासोपूर्वक हेरिएको छ । यो वार्तामा उनले युद्धविरामबारे छलफल गर्ने बताइसकेका थिए । युद्धविराममा सहमति नगरे रुसले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएका छन् । त्यसकारण पनि युद्धविरामबारे सहमति हुने अपेक्षा गरिएको छ ।



दोस्रो महत्वपूर्ण हुनुको दोस्रो कारण हो- भेटघाटस्थल, अलास्का ।

अलास्का पहिले रुसको एक हिस्साको रुपमा चिनिन्थ्यो । अलास्का विगत १५० वर्षदेखि अमेरिकाको हिस्साका रुपमा रहँदै आएको छ । १८औँ शताब्दीमा रुसी साम्राज्यले उपनिवेश बनाएपछि सन् १८६७ मा रुसले ७.२ मिलियन डलरमा अमेरिकालाई बेचेको थियो । यो रुसको सबैभन्दा नजिकको अमेरिकी भूभाग हो । जसकारण आज पनि अलास्कामा रुसी संस्कृतिका अवशेषा देखिन्छन् ।

भेटवार्ता आलास्कामै किन ?

दुई राष्ट्रपतिको अलास्कामा हुने भेट एक कूटनीतिक निर्णय रहेको विश्लेषकहरु बताउँछन् । अलास्का र रुसबीचको दुरी केवल ८८ किलोमिटर मात्रै छ । जसले पुटिनलाई सहजै बनाएको एकातर्फको तर्क छ ।

अर्कोतर्फ अमेरिका अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को सदस्य होइन । पुटिनविरुद्ध आइसीसीको वारेन्ट भएका कारण पनि यो सुरक्षित स्थानका रुपमा लिइएको छ । अलास्कामा ट्रम्पसँग भेटका लागि पुटिन दशकपछि अमेरिकी भूमिमा टेक्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम