मुख्य समाचार
मानव बेचबिखन रोकथाममा पीडकलाई हुने राजनीतिक संरक्षण ठूलो चुनौती बनेको सरोकारवालाहरूले बताएका छन्
मानव बेचबिखन रोकथाममा पीडकलाई हुने राजनीतिक संरक्षण ठूलो चुनौती बनेको सरोकारवालाहरूले बताएका छन्

— मानव बेचबिखन रोकथाममा पीडकलाई हुने राजनीतिक संरक्षण ठूलो चुनौती बनेको सरोकारवालाहरूले बताएका छन् ।वैदेशिक रोजगारीका नाममा गैरकानुनी बाटो प्रयोग भएकाले महिलाहरू अझै बेचबिखनको जोखिममा परेको उनीहरूको भनाइ छ ।


मानव अधिकार आयोगले बिहीबार नेपालगन्जमा आयोजना गरेको मानव बेचबिखनविरुद्ध राष्ट्रिय प्रतिवेदन तयारीसम्बन्धी परामर्श कार्यक्रममा संघ–संस्था र प्रहरीले नाकामा सक्रियता बढाए पनि जनप्रतिनिधि प्रतिकूल भूमिकामा उत्रिँदा चुनौती थपिएको सरोकारवालाहरूले सुनाए ।

‘प्रशासनले नाकामा निगरानी बढाउन थालेपछि जनप्रतिनिधिले सहयोग गर्नुको साटो उल्टै पीडकको पक्ष लिन्छन्,' अधिकार्मी कमला पन्तले भनिन्, 'विशेष गरी होटल, मनोरजन्जन क्षेत्रमा अनुगमन तथा उद्धार गर्न जादा जनप्रतिनिधिको सहयोग पाइँदैन ।’ उनका अनुसार कानुन बनाउने नीति नियम बनाउनेमा स्थानीय तहको भूमिका रहे पनि कानुन कार्यन्वयनको सवाल फितलो छ ।

कार्यक्रममा सहभागी अधिवक्ता बसन्त गौतमले न्यायालय, प्रहरी पीडित मैत्री हुन नसकेको जिकिर गरे । 'मुद्दा दर्ता भए पनि धेरै घटना होस्टाइल भइरहेका छन् । जाहेरी दर्ता नहुने,समयमा म्याद थप हुँदैन । पीडितले मुद्दाको पेसी थाहा पाउँदैनन्,' उनले भने, ‘पीडितको गोपनीयताका सवालमा बन्द इजलासमा संवेदनशीलता देखिँदैन । अनुरोध गरियो भने मात्र झ्याल थुनेर बन्द इजलास गरिन्छ ।’

आयोगकी आयुक्त डा. लिली थापाले प्रतिवेदनमार्फत सरकारलाई नीति तथा योजना बनाउन सुझाव संकलन गरिरहेको बताइन् । नेपाललाई मानव बेचबिखन हुने मुलुकमा दर्ज नगराउन पनि प्रतिवेदनमा आएका सुझावलाई सरकारले कार्यान्वयन गर्नुपर्ने सहभागीहरुले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बिनयी त्रिवेणीमा धारिलो हतियार प्रयोग गरी श्रीमान्‌ले आफ्नै श्रीमतीको हत्या गरेका छ्न्। प्रहरीका अनुसार बिनयी त्रिबेणी गाउँपालिका-३ बस्ने ५० वर्षीय महेन्द्र पौडेलले आफ्नै निवासमा श्रीमती गोमा पौडेलको घाँटी रेटेर हत्या गरेका हुन्। शुक्रबार बिहान ११ बजे सामान्य झगडा पछि चक्कुले घाँटीमा रेटेर हत्या गरेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मोहनबहादुर थापालाई अमेरिकी सरकारले निष्कासन गरेको छ । अमेरिकामा बसेर विभिन्न कसुर गरेको आरोपमा नेता थापालाई निष्कासन गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन स्रोतका अनुसार अमेरिकाबाट निष्कासनमा परेका थापा गत साउन २२ गते नेपाल आइपुगेका हुन् । अमेरिकाबाट भारत हुँदै एयर इन्डियाको उडान नम्बर एआई २११ बाट उनी ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताएका छन्। आइसीटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जालले नेपालको प्रचलित कानुनअनुसार दर्ता हुनुपर्ने, कर तिर्नुपर्ने र अन्य दायित्वहरु पूरा गर्नुपर्ने बताए। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन यसअघि सूचना तथा सञ्चार प्रविधि ...
— काठमाडौंको कालोपुल क्षेत्रबाट अवैध विदेशी मुद्रा कारोबार तथा हुण्डी कार्यमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये २ जना भारतीय नागरिक रहेका छन्। भारत विहार प्रदेशको सितामडी बैरगनिया निवासी ३३ वर्षीया विक्रम जयसवाल, मोतीहारी चिरहिया निवासी ३३ वर्षीया मुन्ना जयसवालसहित नेपालको बाराको महागढीमाई नगरपालिका-३ का २७ वर्षीय ओम प्रकाश जयसवाल र महागढीमाई ...
— सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा ८ वर्ष कैद सजाय भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा यसअघि नै दोषी ठहर भइसकेका निलम्बित मेयर थापालाई विशेष अदालतले बिहीबार सजाय निर्धारण गर्दै ८ वर्ष कैद सजाय तोकेको हो । यस्तै १० करोड ९ लाख ७८ हजार २ सय ९९ ...