मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच अलास्कामा महत्त्वपूर्ण भेटवार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच अलास्कामा महत्त्वपूर्ण भेटवार्ता

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच अलास्कामा महत्त्वपूर्ण भेटवार्ता भएको छ।



भेटवार्तालाई युक्रेन युद्धमा शान्तिका लागि एक महत्त्वपूर्ण कदम मानिएको थियो। तर युद्धविराम भएन।


करिब तीन घण्टासम्म चलेको बैठकले केही प्रश्न उठाएको छ भने थोरै उत्तर दिएको छ।


यस्ता छन् अलास्कामा भएको बैठकसँग सम्बन्धित पाँच महत्त्वपूर्ण कुरा

१. पुटिन रातो कार्पेटबाट विश्व मञ्चमा
शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिन अलास्का आइपुग्दा आकाश बादलले ढाकिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संयुक्त सैन्य आधार एल्मेन्डोर्फ–रिचर्डसन (अमेरिकी सैन्य आधार)मा रातो कार्पेटमा उनको प्रतीक्षा गरिरहेका थिए।

पुटिन अगाडि बढ्दै जाँदा ट्रम्पले ताली बजाए। दुई नेताले न्यानो हात मिलाए र मुस्कुराए।

यो क्षण पुटिनका लागि अत्यन्तै महत्त्वपूर्ण थियो। २०२२ मा युक्रेनमा रुसी आक्रमण पछि उनी पश्चिमी देशहरूबाट अलग्गिएका थिए। उनको अन्तर्राष्ट्रिय यात्रा उत्तर कोरिया र बेलारुस जस्ता रुसी समर्थक देशहरूमा मात्र सीमित थियो।

अलास्का शिखर सम्मेलन आफैंमा पुटिनका लागि विजय थियो। तर यो स्वागत सायद रुसको कल्पनाभन्दा बाहिरको थियो। केवल ६ महिनामा पुटिनलाई पश्चिमी देशहरूले ʻविदेशीʼ भनेर बोलाएकोबाट अमेरिकी भूमिमा पाहुना र साझेदारको रूपमा स्वागत गरिएकोमा परिणत भयो।

यो सबैमा एउटा अप्रत्याशित क्षण आयो। पुटिनले आफ्नो मस्को–प्लेटेड राष्ट्रपतिको कार छाडेर ट्रम्पको बख्तरबंद लिमोजिनमा एयरबेसमा जाने निर्णय गरे।

कार गुड्दै जाँदा क्यामेराहरूले पछाडिको सिटमा बसेर हाँसिरहेका पुटिनको नजिकबाट तस्बिर खिचे।

२. पुटिनलाई कहिल्यै नसोधिएका प्रश्न सोधियो
२५ वर्षदेखि रुसमा सत्तामा रहेका पुटिनले मिडियामाथि पूर्ण नियन्त्रण लिएका छन्। पत्रकारिताको स्वतन्त्रतालाई कुल्चेर उनले सूचनाको सट्टा प्रचारप्रसार थपेका छन्। रुसमा उनलाई कहिल्यै असहज प्रश्न सोधिँदैन।

तर अलास्का पुग्ने बित्तिकै एक पत्रकारले उनलाई सोधे– ʻके तपाईं आम मानिसलाई मार्न बन्द गर्नुहुन्छ ?ʼ पुटिनले जवाफ नदिई अन्तै हेरे।

केही समयपछि फोटो सत्रको क्रममा फेरि प्रश्न सोधिए। एक रुसी पत्रकारले पुटिनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग त्रिपक्षीय बैठक गर्ने कि नगर्ने भनेर सोधे। जवाफमा पुटिन हल्का मुस्कानसहित मौन रहे।

३. कुराकानी चाँडै समाप्त
विश्वभरका मिडियाले पत्रकार सम्मेलनको अपेक्षा गरिरहेका थिए। तर दुवै नेताले केवल वक्तव्य दिए र कुनै पनि प्रश्नको जवाफ दिएनन्।

सधैं जस्तो नभई पुटिनले पहिले बोले। उनले कुराकानीलाई सम्मानजनक भनेर वर्णन गरे। अलास्काको रुसी इतिहासको उल्लेख गर्न थाले।

केही मिनेट पछि उनले युक्रेनको अवस्थाबारे बोले। उनले भने,ʻसहमति भएको छ। तर वास्तविक कारणलाई हटाएर शान्ति हुन सक्दैन।ʼ

यो कथनले युक्रेन र अन्य देशका लागि खतराको घण्टी बजाएको हुनुपर्छ। २०२२ मा युद्ध सुरु भएदेखि पुटिनले बारम्बार उही मागहरू राखेका छन्। क्रिमिया, डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेरसनमाथि रुसी सार्वभौमिकताको मान्यता, युक्रेनमा हतियार आपूर्ति नगर्ने, विदेशी सेनाको अनुपस्थिति र युक्रेनमा ताजा चुनाव पुटिनका माग हुन्।

सरल भाषामा भन्नुपर्दा युक्रेनको पराजय र आत्मसमर्पणको अवस्था थियो। यी सर्तहरू युक्रेनलाई अस्वीकार्य छन्। तर युद्धको साढे तीन वर्ष बितिसक्दा पनि रुसका लागि महत्त्वपूर्ण छन्।

यसले कुनै ठोस सम्झौता नभएको स्पष्ट पारेको छ।

४. अरू के भयो ?
बैठकको वास्तविक कारण र सन्दर्भलाई हेर्दा ट्रम्पले न त युक्रेनको नाम लिए न त युद्धविरामका लागि आह्वान गरेका थिए। उनले हरेक हप्ता पाँचदेखि सात हजार मानिस मारिएको र पुटिन पनि रक्तपात अन्त्य गर्न चाहेको बताए।

सामान्यतया धेरै बोल्ने ट्रम्पले यसपटक पुटिनभन्दा पनि कम बोले। उनको छोटो र असामान्य भनाइको अस्पष्टताले सबैभन्दा बढी ध्यान खिच्यो। ट्रम्पले भने,ʻहामी धेरै मुद्दामा सहमतिमा पुग्यौँ। धेरै उत्पादक बैठकमा ठुलो प्रगति भएको थपे।ʼ

उनले कुनै विवरण दिएनन् भने युक्रेन द्वन्द्व समाधान गर्न कुनै ठोस कदम चालिएको पनि देखिएन। यस्तै कुनै ठुलो सम्झौता भएन भने राष्ट्रपति जेलेन्स्कीसँग त्रिपक्षीय बैठकको घोषणा पनि भएन।

युद्धविराम लागू नभएमा आफूले दिएको गम्भीर परिणामबारे ट्रम्पले उल्लेख नगरे पनि रुसलाई राहत मिलेको छ।

ʻहामी अझै त्यहाँ (युद्धविराम)मा पुगेका छैनौँ,ʼ ट्रम्पले स्वीकारे।

तर उनले आफूहरू युद्धविराममा पुग्ने आशा व्यक्त गरे।

५. अर्को भेट मस्कोमा
युक्रेन युद्धको स्थायी समाधान नभेटिए पनि यो बैठकले रुस र अमेरिकाबीचको सम्बन्धलाई फेरि नजिक ल्याएको छ।

दुई नेताले हात मिलाउँदै र बारम्बार मुस्कुराउँदै गरेका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन्। अमेरिकी सैनिकहरूले पुटिनलाई आफ्नो विमानबाट ओर्लँदा रातो कार्पेट ओछ्याएको तस्बिर पनि छलफलको विषय बन्यो।

पुटिनले ट्रम्पको पुरानो दाबीलाई पनि उल्लेख गरे। पुटिनले ट्रम्प सत्तामा भएको भए युक्रेन युद्ध कहिल्यै सुरु नहुने पनि दाबी गरे।

ठुलो प्रगति भएको दाबी गरिए पनि अलास्का शिखर सम्मेलनबाट कुनै ठोस नतिजा भने निस्किएन। तैपनि दुवै नेताले रुसमा अर्को बैठकको सम्भावना खुला रहेको बताए।

ʻम सायद पुटिनलाई चाँडै भेट्नेछु,ʼ ट्रम्पले भने।

कुनै वाचा, छुट वा सम्झौता नगरी पुटिनले भने, ʻअर्को भेट मस्कोमा।ʼ

ट्रम्पले हाँस्दै भने, ʻओहो, त्यो त रोचक छ। त्यसका लागि मेरो आलोचना हुनेछ। तर हो, म कल्पना गर्न सक्छु कि मस्कोमा भेट सम्भव छ।ʼ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम