मुख्य समाचार
सिन्धुलीको बिचित्र खोलामा बाढीले बगाउँदा एकजना घाइते, दुई दर्जन बढी घर डुबानमा
सिन्धुलीको बिचित्र खोलामा बाढीले बगाउँदा एकजना घाइते, दुई दर्जन बढी घर डुबानमा

: दुधौली नगरपालिका १ गिचिहानी स्थित बिचित्र खोलामा आएको बाढी बस्तीमा पस्दा दुई दर्जनबढी घर डुबानमा परेका छन्। ४० बढी घर प्रभावित भएका छन्। शनिबार दिउँसो अविरल वर्षासँगै बिचित्र खोलामा अचानक आएको बाढी बस्तीमा पस्दा दुई दर्जनभन्दा बढी घरहरू डुबानमा परेको इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक सिमोन धितालले जानकारी दिए।



अचानक आएको बाढीले बगाएकी एक जना महिलाको उद्धार समेत गरिएको छ। प्रहरी निरीक्षक धितालका अनुसार बाढीले बगाउँदा घाइते भएकी दुधौली नगरपालिका-१ गिचिहानी बस्ने वर्ष ५८ की भद्र कुमारी दनुवारलाई उद्धार गरि उपचारका लागि दुधौली नगर अस्पताल पठाइएको छ।


उनि घाइते भएपनि अवस्था मध्यम रहेको बताइएको छ। यस्तै बाढी बस्तीमा पस्दा स्थानीय भद्र कुमारी दनुवारको काठले बनेको टायलको छानो भएको घर र गाईगोठ, ध्यानवती कुमर दनुवारको चार कोठाको एक तले पक्का घर, बुद्धलाल कुमर दनुवारको चार कोठाको एक तलर पक्का घर, आशा अधिकारी दनुवारको चार कोठाको एकतले पक्का घर, संगिता थापाको टायलको छानो भएको काठको घर र लक्षमी कुमर दनुवारको चार कोठाको एकतले पक्का घर डुबानमा परेका छन्।



यस्तै स्थानीय शिव नाथ दनुवारको टायलको छानो भएको काठको घर, निशा दनुवारको टायलको छानो भएको काठको घर, वृर्जलाल कुमर दनुवारको चार कोठाको एक तले पक्का घर र केदार गिरीको चार कोठाको एकतले पक्काघर डुबानमा परेको छ।
स्थानीय अन्य केही व्यक्तिहरूको समेत घरगोठहरू बाढीको डुबानमा परेका छन्। डुबानमा परेको बस्तीबाट इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक धितालको कमाण्डमा खटिएको प्रहरी र स्थानीयले मानिस, गाई वस्तु र सरसामानको उद्धार गरेका छन्।

‘बाढीका कारण मानवीय क्षति हुन नपाए पनि बाढीको जोखिम उच्च रहेकोले प्रहरी हाइअलर्टमा बसेको र स्थानीयलाई पनि उच्च सतर्कता अपनाउन भनिएको छ,’ घितालले भने।

बाढीका कारण विस्थापितहरू स्थानीय छिमेकीहरूको सहारा लिएर बसेका छन्। बाढी र डुबानको उच्च जोखिममा रहेका अन्य ४० बढी घरका नागरिकलाई सतर्कता अपनाउन भनिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गर्भवतीको ज्यानमा खतरा पुग्ने अवस्थामा जतिसुकै अवधिको गर्भपतन गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो व्यवस्था प्रस्तावित छ । यो विधेयक यही असोज ५ गते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिनिधिसभामा दर्ता गरेकी छन् । जसमा सुरक्षित गर्भपतन सम्बन्धी ...
। त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सोमबार राति नै निधन भएको हो । अस्पतालका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो । घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो। सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको ...
: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सञ्चालन गर्ने भएको छ। जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यका साथ तालिम केन्द्रले जलन उपचारसम्बन्धी विशेषज्ञ तालिमको पाठ्यक्रम तथा सामग्री विकास गरेको हो। मन्त्रालयको ...
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम