मुख्य समाचार
सिन्धुलीको बिचित्र खोलामा बाढीले बगाउँदा एकजना घाइते, दुई दर्जन बढी घर डुबानमा
सिन्धुलीको बिचित्र खोलामा बाढीले बगाउँदा एकजना घाइते, दुई दर्जन बढी घर डुबानमा

: दुधौली नगरपालिका १ गिचिहानी स्थित बिचित्र खोलामा आएको बाढी बस्तीमा पस्दा दुई दर्जनबढी घर डुबानमा परेका छन्। ४० बढी घर प्रभावित भएका छन्। शनिबार दिउँसो अविरल वर्षासँगै बिचित्र खोलामा अचानक आएको बाढी बस्तीमा पस्दा दुई दर्जनभन्दा बढी घरहरू डुबानमा परेको इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक सिमोन धितालले जानकारी दिए।



अचानक आएको बाढीले बगाएकी एक जना महिलाको उद्धार समेत गरिएको छ। प्रहरी निरीक्षक धितालका अनुसार बाढीले बगाउँदा घाइते भएकी दुधौली नगरपालिका-१ गिचिहानी बस्ने वर्ष ५८ की भद्र कुमारी दनुवारलाई उद्धार गरि उपचारका लागि दुधौली नगर अस्पताल पठाइएको छ।


उनि घाइते भएपनि अवस्था मध्यम रहेको बताइएको छ। यस्तै बाढी बस्तीमा पस्दा स्थानीय भद्र कुमारी दनुवारको काठले बनेको टायलको छानो भएको घर र गाईगोठ, ध्यानवती कुमर दनुवारको चार कोठाको एक तले पक्का घर, बुद्धलाल कुमर दनुवारको चार कोठाको एक तलर पक्का घर, आशा अधिकारी दनुवारको चार कोठाको एकतले पक्का घर, संगिता थापाको टायलको छानो भएको काठको घर र लक्षमी कुमर दनुवारको चार कोठाको एकतले पक्का घर डुबानमा परेका छन्।



यस्तै स्थानीय शिव नाथ दनुवारको टायलको छानो भएको काठको घर, निशा दनुवारको टायलको छानो भएको काठको घर, वृर्जलाल कुमर दनुवारको चार कोठाको एक तले पक्का घर र केदार गिरीको चार कोठाको एकतले पक्काघर डुबानमा परेको छ।
स्थानीय अन्य केही व्यक्तिहरूको समेत घरगोठहरू बाढीको डुबानमा परेका छन्। डुबानमा परेको बस्तीबाट इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक धितालको कमाण्डमा खटिएको प्रहरी र स्थानीयले मानिस, गाई वस्तु र सरसामानको उद्धार गरेका छन्।

‘बाढीका कारण मानवीय क्षति हुन नपाए पनि बाढीको जोखिम उच्च रहेकोले प्रहरी हाइअलर्टमा बसेको र स्थानीयलाई पनि उच्च सतर्कता अपनाउन भनिएको छ,’ घितालले भने।

बाढीका कारण विस्थापितहरू स्थानीय छिमेकीहरूको सहारा लिएर बसेका छन्। बाढी र डुबानको उच्च जोखिममा रहेका अन्य ४० बढी घरका नागरिकलाई सतर्कता अपनाउन भनिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
नेपाल–भारत सीमा जोड्ने कोशी प्रदेशका पाँच नाका क्रमशः खुकुलिन थालेका छन्
— वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले आफू बिरामीकै सेवामा लाग्ने बताएका छन् । सोमबार एक वक्तव्य जारी गर्दै डा. रुइतले आफूलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि अनुरोध आउने गरे पनि आफू नेपाली र संसारभरका बिरामीको सेवामा लाग्ने बताएका हुन् । 'लामो चिकित्सकीय यात्राका क्रममा मलाई सबै तह र तप्काका ...
अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन सहयोग गर्न सरकारलाई आग्रह
: चिनियाँ वैज्ञानिकहरूले एउटा क्रान्तिकारी खोज गरेका छन्। विश्वको पहिलो बोन ग्लू बनाएको छ। यसले भाँचिएको हड्डी २–३ मिनेटमा जोड्छ। यो सामग्री ओइस्टरबाट प्रेरित छ। यो पूर्णतया बायोडिग्रेडेबल छ अर्थात् ६ महिना भित्र शरीरमा घुल्छ। यसले धातु प्रत्यारोपणको आवश्यकतालाई हटाउनेछ। बोन ग्लू भनेको के हो ? चिनियाँ वैज्ञानिकहरूले ʻबोन ०२ʼ नामक जैविक पदार्थ विकास गरेका ...
जल्यो संसद भवन