मुख्य समाचार
नेपाल टेलिकमको तुलसीपुर कार्यालयले १२ घण्टा सेवा दिने भएको छ।
नेपाल टेलिकमको तुलसीपुर कार्यालयले १२ घण्टा सेवा दिने भएको छ।

: नेपाल टेलिकमको तुलसीपुर कार्यालयले १२ घण्टा सेवा दिने भएको छ। कार्यालयले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिने भएको हो। लुम्बिनी प्रदेशमा नै टेलिकम तुलसीपुर कार्यालयले पहिलो पटक यो अभ्यास सुरु गरेको हो।



तुलसीपुर टेलिकम कार्यालय दाङले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म कार्यालय समय तोकेको छ। दुई सिफ्टमा कर्मचारीहरू परिचालन गरेको छ। बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म एक सिफ्टका कर्मचारीहरूले काम गर्छन् भने दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म अर्को सिफ्टका कर्मचारीहरूले काम गर्ने गरी व्यवस्थापन गरिएको छ।


टेलिकमको सेवा प्रवाहमा सुधार गर्दै थप प्रभावकारी गराउने उद्देश्यले व्यवस्थापकीय पक्ष सुधारिएको टेलिकम तुलसीपुर कार्यालयका प्रमुख प्रवीण कुमार चौधरीले बताए। कार्यालय प्रमुख चौधरीले यसका लागि कार्यालयको नीति अनुसारको खाजा तथा खाना खर्च समेत उपलब्ध गराइरहेको बताए।


नागरिक बीच विश्वास बढाउने र सेवा प्रवाहको सहजता र सुधारका लागि यो कार्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ। उनले दुई सिफ्टमा कर्मचारी व्यवस्थापन गरेर काम गर्दा सेवाग्राहीको गुनासो र समस्या समेत तत्काल सम्बोधन गर्न सहज भएको बताए।

यो अभ्यास गत वैशाखदेखि नै सुरु गरिएको चौधरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युट्युबले यस सप्तान्तमा अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसको उत्सव मनाउन प्रयोगकर्ताहरूका लागि विभिन्न नयाँ फिचरहरू घोषणा गरेको छ। यसअन्तर्गत अमेरिका २५० का सामग्रीहरूका लागि एउटा केन्द्रीय हब, नयाँ गेम्स र विशेष इफेक्टहरू समावेश गरिएका छन्। पहिलो फिचरअन्तर्गत युट्युबले ‘अमेरिका २५० हब’ तयार पारेको छ। युट्युबमा यस उत्सवसँग सम्बन्धित सामग्रीहरू खोज्ने प्रयोगकर्ताहरूलाई यो हब देखाइनेछ। यसले यस ऐतिहासिक अवसरका ...
। गुगलले आफ्नो ‘जेमिनी स्पार्क’ लाई अझ बढी उपयोगी र शक्तिशाली बनाउनका लागि नयाँ अपडेटहरू सार्वजनिक गरेको छ। यस अन्तर्गत म्याक कम्प्युटरका लागि नयाँ डेस्कटप एक्सपेरियन्स, विभिन्न लोकप्रिय एपहरूसँगको आबद्धता र रियल-टाइम इन्फरमेसन ट्र्याक गर्ने जस्ता उत्कृष्ट सुविधाहरू थपिएका छन्। पहिलो मुख्य अपडेट अन्तर्गत गुगलले म्याक प्रयोगकर्ताका लागि ‘जेमिनी म्याकओएस’ एपमा स्पार्कलाई समावेश गरेको छ। यसले कम्प्युटरभित्र ...
टिकटकले विज्ञापनदाताहरूका लागि एआईमा आधारित नयाँ सेवा ‘एजेन्टिक हब’ सार्वजनिक गरेको छ। यो नयाँ हबले मार्केटर्स वा विज्ञापनदाताहरूलाई टिकटकमा गरिने बजार व्यवस्थापन र प्रचारप्रसारको प्रक्रियामा अझ उन्नत स्तरका एआई फिचरहरू प्रयोग गर्ने सुविधा दिनेछ। टिकटकको यो एजेन्टिक हब सिधै प्लेटफर्मको ‘मोडल कन्टेक्स्ट प्रोटोकल’ (एमसीपी) सर्भरसँग जोडिएको छ। यो सर्भरले टिकटकको विज्ञापन प्लेटफर्म र बाहिरका तेस्रो पक्ष (थर्ड-पार्टी) एआई ...
। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाइएको पाइएको एक अनुसन्धानले देखाएको छ । सेन्टर फर मिडिया रिसर्च (सिएमआर)ले गरेको अनुसन्धान प्रतिवेदनअनुसार निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत सबैभन्दा बढी मिथ्या सूचना प्रवाह भएको थियो । आज यहाँ आयोजित कार्यक्रममा सिएमआरका कार्यकारी निर्देशक तिलक पाठकले निर्वाचनका समयमा गरिएको अनुसन्धानमा सबैभन्दा बढी ...
। आर्थिक सङ्कटका कारण कोशी प्रदेशका ४४ वटा एफएम रेडियो स्टेशन बन्द भएका छन् । पत्रकार महासङ्घ कोशी प्रदेशले आयोजना गरेको मिडिया सम्मेलनमा प्रस्तुत कार्यक्रममा १२९ वटा रेडियोमध्ये ४४ वटा बन्द भएको जनाइएको छ । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य मोहन काजीले १६ वटा सामुदायिक रेडियोसहित ४४ वटा बन्द भएको बताए । उनले कार्यक्रममा आर्थिक अस्थिरता ...