मुख्य समाचार
दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलियाले गर्‍यो शृङ्खला कब्जा
दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलियाले गर्‍यो शृङ्खला कब्जा

: अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको तीन खेलको टी–२० शृङ्खलाको अन्तिम खेल शनिबार केर्न्सको केजली स्टेडियममा खेलिएको थियो। खेलमा आयोजक अष्ट्रेलियाले २ विकेटले रोमाञ्चक जित हासिल गर्‍यो। दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई जित्नका लागि १७३ रनको लक्ष्य दिएको थियो। अस्ट्रेलियाले एक बल बाँकी रहँदा हासिल गर्‍यो। यो जितसँगै अष्ट्रेलियालीले टी–२० शृङ्खला २–१ ले जितेको छ।



टी–२० अन्तर्राष्ट्रिय खेलमा अस्ट्रेलियाको जितका नायक ग्लेन म्याक्सवेल थिए। म्याक्सवेलले ३६ बलमा ८ चौका र २ छक्काको मद्दतले अविजित ६२ रन बनाए। त्यसपछि म्याक्सवेलले एन्गिडीको पाँचौँ बलमा चौका पठाएर आफ्नो टोलीलाई जित दिलाए।


लक्ष्य पछ्याउँदै ट्राभिस हेड र कप्तान मिचेल मार्शले अस्ट्रेलियालाई उत्कृष्ट सुरुवात दिए। उनीहरुले पहिलो विकेटका लागि ६६ रन जोडे। मार्शले ३७ बलमा ५ छक्का र ३ चौका प्रहार गर्दै ५४ रन बनाए भने हेडले १८ बलमा ३ चौका प्रहार गर्दै १९ रनको योगदान दिए। राम्रो सुरुवात पछि अष्ट्रेलियाले नियमित अन्तरालमा विकेट गुमायो र स्कोर ६ विकेटमा १२२ रन भयो। यहाँबाट ग्लेन म्याक्सवेलको जादुई इनिङले दक्षिण अफ्रिकालाई अफ्ठ्यारो भयो। दक्षिण अफ्रिकाका लागि कोर्बिन बोशले सर्वाधिक तीन विकेट लिए। क्वेना म्फाका र कागिसो रबाडाले दुई–दुई विकेट लिए।


दक्षिण अफ्रिकाले टस हारेर पहिले ब्याटिङ गर्दै सात विकेटमा १७२ रन बनाएको थियो। डेवाल्ड ब्रेभिसले २६ बलमा ६ छक्का र १ चौका प्रहार गर्दै ५३ रन बनाए। रस्सी भान डेर डुसेनले २६ बलमा ३ चौका प्रहार गर्दै ३८ रनको योगदान दिए। ट्रिस्टन स्टब्स (२५ रन) र लुआन–ड्रे प्रिटोरियस (२४ रन)ले पनि उपयोगी इनिङ खेले। अस्ट्रेलियाका लागि नाथन एलिसले सर्वाधिक तीन विकेट लिए भने एडम जाम्पा र जोश हेजलवुडले दुई–दुई विकेट लिए।

टी–२० शृङ्खलाको पहिलो खेलमा अस्ट्रेलियालीले १७ रनले जित हासिल गरेको थियो। यसपछि एडेन मार्करामको नेतृत्वमा रहेको दक्षिण अफ्रिकाले बदला लिँदै दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेल ५३ रनले जित्यो। त्यसपछि अष्ट्रेलियाले तेस्रो खेल जितेर शृङ्खला कब्जा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम