मुख्य समाचार
जंगली च्याउ खाँदा रोल्पामा वृद्ध दम्पतीको मृत्यु
जंगली च्याउ खाँदा रोल्पामा वृद्ध दम्पतीको मृत्यु

— जंगली च्याउ खाँदा रोल्पामा वृद्ध दम्पतीको मृत्यु भएको छ । प्रहरीका अनुसार परिवर्तन गाउँपालिका-२ राङसी गाउँ निवासी ती दम्पतीको दाङमा उपचार गराइरहेका बेला दुई दिनको फरकमा शनिबार र आइतबार मृत्यु भएको हो ।


प्रहरीका अनुसार राङसी निवासी ८१ वर्षीय भागीराम वली र उनकी श्रीमती ७४ वर्षीया नर्मला वलीले गत साउन २७ मा च्याउ खाएका थिए । जंगलबाट खोजेर ल्याएको च्याउ खाएलगत्तै उनीहरू बिरामी भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा उनीहरूको प्राथमिक उपचार गरिएको थियो ।

बिरामीको स्वास्थ्य अवस्था गम्भीर भएपछि दुवैलाई थप उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको थियो । उनीहरूलाई शनिबार राति प्रतिष्ठानमा पुर्‍याइएको थियो । उनीहरू दुवैको उपचारका क्रममै मृत्यु भएको हो । साउन ३१ मा नर्मलाको र आइतबार भागीरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए । उनीहरूलाई उपचार गराउन छोरा मनबहादुर वलीले दाङ पुर्‍याएका थिए । मृतक दुवैको शवको पोस्टमार्टम प्रतिष्ठानमै गर्ने तयारी छ ।‍

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सुडानमा नरसंहार, साढे २ वर्षयता ४० हजारभन्दा बढीको हत्या
बैतडीमा ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु, चालक फरार
अमेरिका-चीन सम्बन्ध: तनावको भूमध्यरेखामा शान्तिको ‘हटलाइन’
नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको छ
नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान