मुख्य समाचार
म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित
म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित

— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ ।


ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन सिजनमा उपविजेता रहेको आर्सनलका व्यवस्थापक मिकेल आर्टेटामाथि २००३–०४ यता पहिलो लिग उपाधि दिलाउन ठूलो दबाब रहेको छ ।

युनाइटेडले फरवार्ड लाइन मजबुत बनाउन म्याथ्युज कुन्हा, ब्रायन एमबेउमो र बेन्जामिन सेस्कोलाई २० करोड पाउन्ड खर्च गरेर भित्र्याएको थियो । कुन्हा र एमबेउमोले राम्रो प्रभाव देखाए पनि गोल भने गर्न सकेनन् । सेस्को दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए । युनाइटेडले गत सिजन ३८ प्रिमियर लिगमा केवल ४४ गोल मात्र गर्न सकेको थियो र टोली १५ औं स्थानमा रहेको थियो । ५१ वर्षयता युनाइटेडको त्यो सबैभन्दा कमजोर प्रदर्शन थियो ।

क्लब वर्ल्डकप विजेता चेल्सी पनि नयाँ सिजनको आफ्नो पहिलो खेलमै क्रिस्टल प्यालेसबाट गोलरहित बराबरीमा रोकिएको छ । स्टामफोर्ड ब्रिजमा एकै अंक मात्र बटुल्न सक्नु चेल्सीका लागि निराशाजनक सुरुवात रह्यो ।

आइतबारकै अर्को खेलमा पहिलो हाफमा सम्भव तीन गोलको मद्दतले नटिङघम फरेस्टले ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गर्‍यो । त्यसमा फरेस्टका लागि क्रिस उडले दुई गोल गरे । उनले पाँचौं मिनेटमा गोलको खाता खोलेपछि डान एनडोयले ४२ औं मिनेटमा दोस्रो गोल थपे । पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा उडले तेस्रो गोल गरे । ब्रेन्टफोर्डका तर्फबाट सम्भव एक मात्र गोल इगोर थिएगोको नाममा रह्यो । उनले ७८ औं मिनेटमा पेनाल्टीबाट गोल गरे तर यो सान्त्वना गोलभन्दा बढी हुन सकेन र फरेस्ट लिगमा उत्कृष्ट सुरुवात लिन सफल रह्यो ।


फरेस्टले सिजनको पहिलो लिग खेलमा जित निकालेको पनि यो २०१७–०१८ यता पहिलो पटक हो । अर्कोतर्फ ब्रेन्टफोर्डका नयाँ प्रशिक्षक केथ एन्ड्र्युले भने आफ्नो पहिलो जिम्मेवारीमा हार बेहोरेका छन् । यसअघि म्यानचेस्टर सिटीले उपाधिमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने क्रममा शनिबार विजयी सुरुवात लिएको छ ।

उसले इर्लिङ हालान्डको दुई गोलको मद्दतले उल्भ्सलाई ४–० ले हराएको हो । सिटीका लागि टिजानी रेजिन्डर्स र रायन सेर्कीले १–१ गोल गरे ।

बार्सिलोनाका विजयी सुरुवात

म्याड्रिड : स्पेनी ला लिगामा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले शनिबार बलियो सुरुवात लिएको छ र यस क्रममा रियल मार्लोकामाथि ३–० को जित रचेको छ । ९ खेलाडीमा सीमित रहेको मार्लोकालाई बार्सिलोनाले उसकै घरमा हराएको हो । क्याटलान क्लबका लागि राफिन्हाले सातौं मिनेटमा गोलको खाता खोले ।

फेरान टोरेसले २३ औं मिनेटमा दोस्रो गोल थपे । लामिन यामलले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा तेस्रो गोल गरे । बार्सिलोनाका लागि मार्कस रसफोर्डले औपचारिक रूपमा डेब्यु पनि गरेका छन् । अन्य खेलमा डेपोर्टिभो एलाभेसले लाभेन्टेलाई २–१ ले पराजित गर्‍यो भने भने भ्यालेन्सिया र रियल सोसिडाडबीचको खेल १–१ को बराबरीमा रोकियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम