मुख्य समाचार
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार

: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो।

मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ५३ रन बनाए। उनले तेस्रो विकेटको लागि कप्तान रोहित पौडेलसँग ८७ रनको साझेदारी गरेका थिए।


नेपालका लागि पहिलो विकेटको रूपमा ओपनर ब्याटर कुशल भुर्तेल १३ बलमा २६ रन बनाउँदै ३.२ ओभरमा स्टम्पिङ भए। नेपालले ३० रन बनाउँदा पहिलो विकेट गुमायो। उनलाई डी वार्डनले विकेटकिपरको हातबाट स्टम्पिङ गराए।
नेपाले दोस्रो विकेटको रूपमा भिम सार्कीलाई गुमायो। वान डाउन आएका सार्की ३.६ ओभरमा १ रन बनाउँदै एलबीडब्ल्यू आउट हुँदै पेभेलियन फर्किए। उनलाई वार्डनले एलबीडब्ल्यू गराउँदै पेभेलियन पठाएका हुन्।

नेपालको तेस्रो विकेटको रूपमा कप्तान रोहित पौडेललाई गुमायो। १५.४ ओभरमा ३० बल खेल्दै ३३ रन बनाउँदै क्याच आउट भए। १६.१ ओभरमा आसिफ शेख ५३ रन बनाउँदै रनमा रन आउट भए। कुशल मल्लले अर्को इन्डबाट रन नलिँदा आसिफ रन आउट भएका हुन्।

१६.६ ओभरमा दीपेन्द्र सिंह ऐरी खाता मात्रै खोल्दै बोल्ड भए। १८.५ ओभरमा नेपालले छैटौँ विकेटको रूपमा कुशल मल्ललाई गुमायो। उनले ११ बलमा ११ रन बनाउँदै क्याच आउट भए। गुल्सन झा अन्तिम ओभरको अन्तिम बलमा २ रनमा आउट हुँदा आरिफ शेख ८ रनमा अविजित रहे।

मेलबर्न स्टार्सका लागि अस्टिन अन्लेजार्क र डग वारेनले २–२ विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङ गरेको मेलवर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए । थोमस रोजर्सले ६५ रन बनाए । यी दुईले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । कप्तान क्याम्पबेल केलावे व्यक्तिगत २ रनमा पहिलो ओभरमै आउट भएपनि ब्लेक र थोमसले दोस्रो विकेटका लागि १२० रनको साझेदारी गरे ।

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले ३ विकेट, सोमपाल कामी र शाहब आलमले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रन र दोस्रो खेलमा बङ्गलादेश ए सँग ३२ रनले पराजित भएको थियो।

नेपाल यसअघि प्रतियोगिताको पहिलो खेलमा नर्दन टेरिटोरी र दोस्रो खेलमा बंगलादेश ‘ए’सँग पराजित भएको थियो। नेपालले चौथो खेल होर्बट हुरिकेन्ससँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम