मुख्य समाचार
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार

: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो।

मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ५३ रन बनाए। उनले तेस्रो विकेटको लागि कप्तान रोहित पौडेलसँग ८७ रनको साझेदारी गरेका थिए।


नेपालका लागि पहिलो विकेटको रूपमा ओपनर ब्याटर कुशल भुर्तेल १३ बलमा २६ रन बनाउँदै ३.२ ओभरमा स्टम्पिङ भए। नेपालले ३० रन बनाउँदा पहिलो विकेट गुमायो। उनलाई डी वार्डनले विकेटकिपरको हातबाट स्टम्पिङ गराए।
नेपाले दोस्रो विकेटको रूपमा भिम सार्कीलाई गुमायो। वान डाउन आएका सार्की ३.६ ओभरमा १ रन बनाउँदै एलबीडब्ल्यू आउट हुँदै पेभेलियन फर्किए। उनलाई वार्डनले एलबीडब्ल्यू गराउँदै पेभेलियन पठाएका हुन्।

नेपालको तेस्रो विकेटको रूपमा कप्तान रोहित पौडेललाई गुमायो। १५.४ ओभरमा ३० बल खेल्दै ३३ रन बनाउँदै क्याच आउट भए। १६.१ ओभरमा आसिफ शेख ५३ रन बनाउँदै रनमा रन आउट भए। कुशल मल्लले अर्को इन्डबाट रन नलिँदा आसिफ रन आउट भएका हुन्।

१६.६ ओभरमा दीपेन्द्र सिंह ऐरी खाता मात्रै खोल्दै बोल्ड भए। १८.५ ओभरमा नेपालले छैटौँ विकेटको रूपमा कुशल मल्ललाई गुमायो। उनले ११ बलमा ११ रन बनाउँदै क्याच आउट भए। गुल्सन झा अन्तिम ओभरको अन्तिम बलमा २ रनमा आउट हुँदा आरिफ शेख ८ रनमा अविजित रहे।

मेलबर्न स्टार्सका लागि अस्टिन अन्लेजार्क र डग वारेनले २–२ विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङ गरेको मेलवर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए । थोमस रोजर्सले ६५ रन बनाए । यी दुईले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । कप्तान क्याम्पबेल केलावे व्यक्तिगत २ रनमा पहिलो ओभरमै आउट भएपनि ब्लेक र थोमसले दोस्रो विकेटका लागि १२० रनको साझेदारी गरे ।

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले ३ विकेट, सोमपाल कामी र शाहब आलमले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रन र दोस्रो खेलमा बङ्गलादेश ए सँग ३२ रनले पराजित भएको थियो।

नेपाल यसअघि प्रतियोगिताको पहिलो खेलमा नर्दन टेरिटोरी र दोस्रो खेलमा बंगलादेश ‘ए’सँग पराजित भएको थियो। नेपालले चौथो खेल होर्बट हुरिकेन्ससँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम