मुख्य समाचार
रूसी राष्ट्रपति पुटिनसँग भेटेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग ह्वाइट हाउसमा भेटवार्ता
रूसी राष्ट्रपति पुटिनसँग भेटेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग ह्वाइट हाउसमा भेटवार्ता

। गत शुक्रबार अलास्कामा रूसी राष्ट्रपति पुटिनसँग भेटेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग ह्वाइट हाउसमा भेटवार्ता गरे ।

यस पटक दुवै नेताबीच यसअघि जस्तो घोचपेच चलेन बरू बढी तालमेल देखियो । जेलेन्स्की सुटमा देखिएपछि यसबारे पत्रकारले उनीसँग प्रश्न पनि सोधे।

पत्रकारहरूसँगको भेटमा अधिकांश प्रश्नमा ट्रम्प नै बोलिरहे ।

युद्धविरामबारे ट्रम्पले भने, ‘कुनै पनि शान्ति सम्झौताका अंशको रूपमा अमेरिका युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन सहभागी हुनेछ र यसलाई सुनिश्चित गर्नेछ।’

तत्काल युद्धविराम सम्भव नभएको उनले दोहोर्‍याइरहे । उनले भने, ‘युद्धविराम सम्झौता सकिनुअघि नै वार्ता गर्न सकिने भएकाले केवल युद्धविराम आवश्यक छैन ।’

ट्रम्पले वार्ता सकिएपछि उनी पुटिनलाई फोन गर्ने बताए ।

जेलेन्स्कीले अमेरिका र रूसका नेतासँग बैठकको पक्षमा रहेको संकेत गरे । उनले भने, ‘युक्रेनी जनता ट्रम्पको कूटनीतिक बाटोमार्फत युद्ध समाप्त गर्ने योजनालाई समर्थन गर्छन्।’

तर, अमेरिकाबाट सुरक्षा ग्यारेन्टीको प्रश्नमा जेलेन्स्कीले भने, ‘एक सबल युक्रेनी सेना चाहिन्छ। यसका लागि हतियार, जनशक्ति, तालिम अभियान र गुप्तचर जानकारी सबै आवश्यक छन् ।’

बैठकमा युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल भएको थियो । ट्रम्पले भने, ‘अमेरिका र युरोपेली देशहरूले मिलेर यसबारे काम गर्नेछन् ।’

बैठकको बीचमै पुटिनलाई ट्रम्पको फोन

ट्रम्पले बैठकको बीचमै पुटिनसँग ४० मिनेट फोनमा कुरा गरेका क्रेमलिनले जानकारी दिएको छ ।

यस क्रममा पुटिनले रूस र युक्रेनका प्रतिनिधिहरूबीच प्रत्यक्ष वार्ताको लागि तयार भएको बताए ।

जर्मन चान्सलर फ्रेडरिक मर्त्जले बताएअनुसार, ट्रम्पसँग फोन वार्ताका क्रममा पुटिन १५ दिनभित्रै जेलेन्स्कीसँग भेट गर्न सहमत भए ।

बैठकपछि जेलेन्स्कीले पत्रकार सम्मेलन गर्दै भने, ‘युक्रेनले सुरक्षा ग्यारेन्टीको सर्तमा युरोपको पैसामा ९० अर्ब डलरका अमेरिकी हतियार खरिद गर्नेछ ।’

बैठकमा ट्रम्पले के भने ?



आजको बैठकको नतिजा जे भए पनि युक्रेनका लागि अमेरिकी समर्थन कायम रहनेछ ।

युक्रेन नाटोको सदस्य नबने पनि अमेरिका उसलाई बलियो सुरक्षा दिनेछ ।

आवश्यकता परे युक्रेनमा शान्ति कायम राख्न अमेरिकी सेना पठाउन सकिन्छ ।

युद्ध अवश्य अन्त्य हुन्छ, तर कहिले भन्ने कुरा अहिले निश्चित छैन।

रूस, युक्रेन र अमेरिकाको संयुक्त बैठक हुनेछ, जसबाट युद्ध अन्त्यको सम्भावना छ ।

युद्ध अन्त्य हुनेछ, तर यसको समय आएको बेला मात्र । म ठ्याक्कै भन्न सक्दिनँ, तर यो अन्त्य हुनेछ ।

युद्धविराम अन्त्यबारे छलफल गर्न फेरि युद्धविराम आवश्यक छैन।

जेलेन्स्कीले के भने ?

युद्ध अन्त्य गर्न कूटनीतिक बाटो अपनाउन तयार छु, तर जमिनको साटफेर स्वीकार्दिनँ ।

युद्ध अन्त्य भएपछि मात्र राष्ट्रपति चुनाव सम्भव हुन्छ, युद्ध जारी रहँदा चुनाव सम्भव छैन ।

अमेरिकाका हतियार युक्रेनको सुरक्षाका लागि अपरिहार्य छन्, र त्यस्तो हवाई सुरक्षा प्रणाली अरूसँग छैन।

ट्रम्पसँग कुरा गर्न जेलेन्स्कीलाई स्टार्मरको तालिम !

एनबीसी न्युजका अनुसार, ट्रम्पसँग कसरी कुरा गर्ने भन्नेबारे युरोपेली नेताहरूले जेलेन्स्कीलाई सिकाएका थिए। बेलायती प्रधानमन्त्री स्टार्मरले यसका लागि विशेष सल्लाह दिएका थिए ।उनीहरूले जेलेन्स्कीलाई भनेका थिए, ‘ट्रम्पलाई हतियार र कूटनीतिक सहयोगका लागि धन्यवाद दिनुहोस् ।’ मेलानिया ट्रम्पलाई आफ्नी श्रीमतीको तर्फबाट चिठी दिनु पनि सो तयारीकै हिस्सा थियो ।

स्टार्मरले नै आलोचना टार्न युद्धकालीन पोसाकभन्दा सुट लगाउन सुझाव दिएका थिए । जेलेन्स्कीले ट्रम्पले पुटिनसँग वार्ताको सुझाव दिएको पहलको प्रशंसा गरे, जसलाई ट्रम्पले निकै मैत्रीपूर्ण ढंगले स्वीकारे।

युरोपको लगानीमा युक्रेनलाई ९० अर्ब डलरको अमेरिकी हतियार

जेलेन्स्कीले जानकारी दिएअनुसार, ट्रम्प र युरोपेली नेताहरूसँग भएको बैठकमा युक्रेनको सुरक्षाका लागि नयाँ योजना बारे छलफल भयो। यसको अन्तर्गत युक्रेन युरोपको पैसामा ९० अर्ब डलरका अमेरिकी हतियार खरिद गर्नेछ।

जेलेन्स्कीले थपे, ‘सुरक्षाको अर्को हिस्सा युक्रेन आफैंले ड्रोन निर्माण गर्नेछ, जसको केही भाग अमेरिकाले खरीद गर्नेछ ।’

पत्रकार सम्मेलनमा उनले भने, ‘यो योजना अझै छलफलमै छ, अन्तिम सम्झौता भएको छैन । तर आगामी एक हप्ताभित्र वा १० दिनभित्र यसलाई अन्तिम रूप दिइनेछ ।’

बैठकको रूसी प्रस्ताव जेलेन्स्कीले स्वीकारे



जेलेन्स्कीले भने, ‘रूसले युक्रेनसँग द्विपक्षीय बैठक र त्यसपछि त्रिपक्षीय बैठकको प्रस्ताव गरेको छ ।’

ट्रम्पसँगको बैठकपछि पत्रकार सम्मेलनमा उनले भने, ‘म पुटिनसँग कुनै पनि किसिमको बैठक गर्न तयार छु ।’

उनले थपे, ‘म त्रिपक्षीय बैठकमा पनि सहभागी हुनेछु, तर त्यो पहिलो बैठक कस्तो हुन्छ भन्नेमा निर्भर गर्नेछ ।’

जेलेन्स्कीले भने, ‘मलाई द्विपक्षीय बैठकको पूर्ण विवरण थाहा छैन। म कुनै पनि सर्त राख्न चाहन्न, किनकि पुटिनले पनि आफ्ना शर्तहरू राख्न सक्छन् ।’

उनले जोड दिए, ‘मलाई पूरा विश्वास छ कि हामी भेट्नुपर्छ र युद्ध अन्त्यतर्फ अघि बढ्नुपर्छ ।’

पुटिन-जेलेन्स्की दुई हप्तामा भेट्छन् : जर्मन चान्सलर

जर्मन चान्सलर फ्रेडरिक मर्जले राष्ट्रपति पुटिनले ट्रम्पसँगको टेलिफोन वार्ताका क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग अर्को दुई हप्ताभित्र भेट गर्न सहमति जनाएका जानकारी दिएका छन् ।

मर्जका अनुसार भेटको स्थान अझै तय भएको छैन। उनले भने, ‘यस बैठकको राम्रो तयारी गर्नुपर्नेछ ।’ उनले पुटिन यसमा सहभागी हुन हिम्मत गर्नेछन् वा छैनन् भन्ने आफूलाई थाहा नभएको बताए ।

युक्रेनलाई अमेरिकी-युरोपेली सुरक्षाप्रति रूसी असहमति

ह्वाइट हाउसमा ट्रम्प र युरोपेली नेताहरूको बैठककै बीचमा रूसले कुनै पनि सुरक्षा ग्यारेन्टी अन्तर्गत युक्रेनमा नाटो सैनिकको तैनातीलाई मान्यता नदिने प्रतिक्रिया दिएको छ ।

रूसी विदेश मन्त्रालयले भनेको छ, ‘हामी कुनै पनि अवस्थामा युक्रेनमा नाटो देशहरूको सैनिक तैनातीलाई पूर्ण रूपमा अस्वीकार गर्छौं ।’

युक्रेनी राष्ट्रपति जेलेन्स्की बारम्बार सुरक्षा ग्यारेन्टीको माग गर्दै आएका छन् । उनको तर्क छ-रूसले सम्झौतापछि फेरि आक्रमण नगरोस् भन्ने ग्यारेन्टी चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भेनेजुएलाका विदेशमन्त्री यभान गिल पिन्टोले अमेरिकी नियन्त्रणमा रहेका पूर्व राष्ट्रपति निकोलस मदुरो दम्पत्तिको रिहाइको माग गरेका छन् । सोमबार जेनेभामा संयुक्त राष्ट्र मानवअधिकार परिषद्लाई सम्बोधन गर्दै विदेशमन्त्री गिलले पूर्वराष्ट्रपति मदुरो र उजकी पत्नी सिलिया फ्लोरेसको रिहाइको माग गरेका हुन् । सन् २०१३ देखि सत्तामा रहेका मदुरोलाई अमेरिकी सेनाले दुई महिनाअघि राजधानी काराकसस्थित निवासबाटै नियन्त्रणमा ...
। अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा बढी उडान रद्द भएका छन् भने लाखौं मानिस प्रभावित भएका छन् । रेकर्ड तोड्ने हिमपातसँगै यातायात, विद्युत् र हवाई सेवामा व्यापक अवरोध आएको छ । रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही भागमा करिब ३३ इन्च (८३ सेमी) सम्म हिमपात भएको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ ...
। भारतको झारखण्ड राज्यको चत्रा जिल्लामा दिल्ली जाँदै गरेको एक एयर एम्बुलेन्स दुर्घटनामा परेको छ । दुर्घटनामा विमानमा सवार सातै जनाको ज्यान गएको छ । यो घटना सोमबार साँझ सिमारिया क्षेत्र नजिकै भएको हो । रेडबर्ड एयरवेज प्रा.लि.द्वारा सञ्चालित बिचक्राफ्ट सी-९० विमान साँझ ७:११ बजे राँची विमानस्थलबाट दिल्लीका लागि उडेको थियो । करिब ७:३० बजेदेखि विमान ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा सुरक्षा घेरा तोड्ने युवक गोली हानी मारिएको छ। अमेरिकी सुरक्षाकर्मीले अनुसार आइतबार बिहान करिब १:३० बजेतिर ट्रम्पको निवास प्रवेश गरेका २१ वर्षीय अस्टिन टकर मार्टिन अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेका हुन् । उनी नर्थ क्यारोलिनाका बासिन्दा हुन् । घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा थिए भने ...
: इरानमा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुले सरकारको विरुद्धमा व्यापक प्रदर्शनी गरेका छन्। यो पछिल्ला महिनामा भएको घातक दमन पछिको पहिलो ठूलो स्तरको प्रदर्शन हो। बिबिसीका अनुसार तेराहनको शरीफ विश्वविद्यालयको परिसरमा शनिबार सयौं विद्यार्थीहरुले प्रदर्शनी गरेका थिए। शान्तीपूर्ण रुपमा प्रदर्शनी सुरु भएपनि पछि विद्यार्थी र सरकार समर्थकहरूबीच झडप पनि भएको थियो । धेरै विद्यार्थीहरू इरानी राष्ट्रिय झन्डा बोकेर ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम