मुख्य समाचार
नेपालको जैविक विविधता संकटमा छ, मिलेर पार लगाऔं : राष्ट्रपति पौडेल
नेपालको जैविक विविधता संकटमा छ, मिलेर पार लगाऔं : राष्ट्रपति पौडेल

। राष्ट्रपति रामचन्द्र पौडेलले दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याएको नेपालको जैविक विविधता संकटमा रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा हिन्दूकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले नेपालसहित हिन्दुकूश हिमालय देशहरू संकटासन्न अवस्थामा रहेको भन्दै सबै मिलेर यसलाई पार लगाउनुपर्ने बताए ।




‘हामी सबै संकटासन्न अवस्थामा छौँ । यसलाई सबैले मिलेर पार गर्नुछ,’ उनले भने, ‘जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषण अब केवल वैज्ञानिक प्रतिवेदनमा सीमित नभई हाम्रो दैनिक जीवनको कठोर यथार्थ बनेका छन् ।’

उनले थपे, ‘त्यसैले आजको यो बैठक हाम्रो साझा र दिगो भविष्यको रोडम्याप तयार गर्ने ऐतिहासिक अवसर हो । यो हिन्दूकुश हिमालय क्षेत्रको भूगोल, हिमालय क्षेत्र, वन, नदी र वायुमण्डलको भविष्यबारे दृढ संकल्प जनाउने अवसर हो ।’



नेपाली क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन, कृषियोग्य भूमिको उर्वरताले यहाँका दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याएको उनले बताए ।

‘हाम्रा यस क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन, कृषियोग्य भूमिको उर्वरताले यहाँका दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याएको छ,’ उनले भने, ‘तर आज यो जीवनयापनको आधार संकटमा छ ।’

राष्ट्रपति पौडेलले जैविक विविधता संरक्षणका लागि राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्र विस्तार, वन्यजन्तु निगरानी प्रणालीको आधुनिकीकरण र स्थानीय समुदायसँगको सहकार्य प्रशंसनीय रहेको बताए ।

‘जलवायु परिवर्तनले पारेको नकारात्मक प्रभावको बारेमा मैले विश्व मञ्चमा विश्व समुदायलाई ध्यानाकर्षण गर्दै आएको छु,’ उनले भने, ‘विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्रि सेल्सियससम्म सीमित गर्न पेरिस सम्झौतामा गरिएको प्रतिबद्धता पूरा गर्न सम्बन्धित पक्षहरूले आफ्नो आफ्नो ठाउँबाट योगदान पुर्‍याउनु आजको आवश्यकता हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकामा राज्य सरकारलाई एआईसम्बन्धी नीति बनाउन रोकेपछि संघ सरकारको आलोचना
मोरङको लेटाङ नगरपालिका–२ की १२ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या गरिएको घटना एक बालिकाको ज्यान लिने अपराधमा मात्रै सीमित रहेन
। इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) नेपालको आयोजनामा १५औं इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप यही पुस ३ देखि काठमाडौंमा हुने भएको छ। सो विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको तयारी पूरा भइसकेको जानकारी गराएका छन्। आइओएफटिसीको प्रमुख कार्यालय अमेरिकाको पोर्टल्यान्डमा रहेको छ भने आइओएफटिसी नेपाल त्यसको सहयोगी संस्था हो। सन् २००० मा सुरु ...
माथिल्लो अरुण आयोजना निर्माणका लागि काटियो दुई हजार बढी रुख
। युरोपमा एकजना शुक्रकिटदाताको शरीरमा क्यान्सरको जोखिम बढाउने एक आनुवंशिक उत्परिवर्तन अर्थात् जेनेटिक म्युटेसन भएको पत्ता लागेसँगै उनको वीर्यबाट जन्मिएका १ सय ९७ जना बालबालिका जोखिममा परेका छन्। एउटा व्यापक तथा गहन अनुसन्धानले यस्तो तथ्य पत्ता लगाएसँगै त्यसले ठूलो तरंग सिर्जना गरेको छ। युरोपियन ब्रडकास्टिङ युनियनको अनुसन्धानात्मक पत्रकारिता सञ्जाल अन्तर्गत बीबीसीलगायतका विभिन्न १४ वटा सार्वजनिक सेवा ...