मुख्य समाचार
नेपालले जलवायु परिवर्तनको दु:खद् अनुभव व्यहोरिरहेको
नेपालले जलवायु परिवर्तनको दु:खद् अनुभव व्यहोरिरहेको

। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले जलवायु परिवर्तनको दु:खद् अनुभव व्यहोरिरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोध्न गर्दै उनले हालै रसुवा जिल्लामा ठूलो बाढी, पहिरोबाट धेरै जनाले ज्यान गुमाउनुका साथै अर्बौं नोक्सानी भएको बताए ।




तराई, मधेशमा लामो समय वर्षा नहुँदा खानेपानीको समस्या हुनुका साथै किसानले धान रोप्न नपाएको बताए ।

समयमा किसानले खेत रोप्न नपाउँदा आउँदा दिनमा खाद्य सुरक्षामा समस्या आउने अवस्था सिर्जना भएको पनि उनले बताए ।



‘यस वर्षमात्रै नेपालले जलवायु परिवर्तनका दु:खद् अनुभव व्यहोनुपर्‍यो । हालै रसुवा जिल्लामा ठूलो बाढी, पहिरोबाट धेरै जनाले ज्यान गुमाउनु भयो,’ उनले भने, ‘अर्बौं सम्पती नोक्सानी परेको छ । तराई, मधेशमा लामो समय वर्षा नहुँदा खानेपानीको समस्या र समयमा खेत रोप्न पाएनन् । समयमा किसानले खेत रोप्न नपाउँदा आउँदा दिनमा खाद्य सुरक्षामा समस्या आउने अवस्था सिर्जना भएको छ ।’

जलवायु परिवर्तनबाट महिला, बालबालिका र विपन्न समुदाय सबैभन्दा पीडित रहेको बताउँदै उनले जलवायु वित्तमा समान र सहज पहुँच सुनिश्चित गर्न माग गरे ।

‘नेपालमा जैविक विविधताको क्षेत्रमा ठूलो लगानी भएको छ । हामीले करिब ४६ प्रतिशत भूभाग वनले ढाकेको छ । यसको संरक्षण भइरहेको छ । न्युन कार्बन उत्सर्जन गर्दागर्दै पनि हामीले जलवायु परिवर्तनको गहिरो असर भोग्नुपरेको छ,’ मन्त्री शाहीले भने ।

मन्त्री ठकुरीले हिन्दुकुश हिमालय क्षेत्रका करिव दुई अर्ब नागरिकको पानी, खाद्य र उर्जा सुरक्षाको आधार नेपाल भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको कसुरका पक्राउ परका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) विरुद्ध ५ दिन म्याद थप भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीद्धारा चन्द्रागिरीबाट सोमबार पक्राउ गोर्खालीलाई ५ दिन हिरासत राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालत म्याद दिएको हो । गोर्खालीले के–कुन प्रयोजनाका लागि १० करोड लेनदेन गरे भन्ने विषय पनि अनुसन्धान ...
। सर्वोच्च अदालतले बहुचर्चित गौर हत्याकाण्डमा छानबिन अघि बढाउन आदेश दिएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त हत्याकाण्डमा छानबिनको काम अघि बढाउन आदेश दिएको हो । त्रिभुवन शाहलगायतले गौरहत्याकाण्डबारे छानबिन गरी कारबाही हुनुपर्ने माग राखेर सर्वोच्च अदालतमा निवेदन दिएका थिए । यस्तो थियो घटना ७ चैत २०६३ मा रौतहटको गौरस्थित राइस मिलको चौरमा ...
। सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरू केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता भाष्य र चुनौतीहरू चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन आवश्यक रहेको जिकिर गरे । ‘पुराना ...
। सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टीतेल छर्कने काम भइरहेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले नेपाली समाजभित्र पूरा असन्तुष्टिका स्वरहरू रहेको बताउँदै जनतामा रहेको असन्तुष्टि, आक्रोश र रिसलाई केहीले पेट्रोल, मट्टितेल छर्किएर दन्दनी बाल्ने काम ...
। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले हाल सामाजिक सञ्जालमा प्रायोजित तवरले झुटो प्रचार हुने गरेको बताएका छन् । सोमबार राजधानीमा आयोजित नेपाली विशिष्ट महिलाहरुको ऐतिहासिक फोटो प्रदर्शनीमा उनले सामाजिक सञ्जालमा आएका हरेक कुरा सही नहुने बताएका हुन् । उनले कुन सही, कुन झुटो कुरा हो भनेर तथ्य पत्ता लगाउने बानी विकास गर्न समेत आग्रह गरे । ‘सामाजिक ...