मुख्य समाचार
टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमै पहिलो पटक ‘डिजिटल पीसीआर’ मेसिन जडान
टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमै पहिलो पटक ‘डिजिटल पीसीआर’ मेसिन जडान

। टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमै पहिलो पटक ‘डिजिटल पीसीआर’ मेसिन जडान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आज एक कार्यक्रमका बीच उक्त अत्याधुनिक मेसिन र सेवाग्राहीको सुविधाका लागि थप गरिएका दुईवटा ‘रिपोर्ट भेन्डिङ मेसिन’ को उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका छन् ।




मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयको कार्यकाल सम्हाल्दै गर्दा स्वास्थ्य क्षेत्रको विकास र विस्तरका लागि आफ्नो प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गरेका थिए ।

उक्त कार्ययोजनामा मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने तथा सुविधासम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।



सोही प्रतिबद्धता अनुरूप अन्य स्वास्थ्य संस्थाहरुमा जस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्रमशः क्षमता अभिवृद्धि गर्ने कार्य गरिरहेको उनको सचिवालयले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकार जनतासँग गरेका वाचा पूरा गर्न निरन्तर लागिपरेको बताए।

‘हामीले सार्वजनिक गरेको कार्ययोजना अनुरूप नै सरकारी स्वास्थ्य संस्था तथा प्रयोगशालालाई आत्मनिर्भर र विश्वस्तरीय बनाउने निरन्तर अभियानमा छौं,’ मन्त्री पौडेलले भने, ‘नागरिकले जटिल रोग उपचार परिक्षणका लागि विदेशमा नमुना पठाउनुपर्ने झन्झट हटाउन र खर्चबाट जोगाउन निरन्तर कार्य गर्ने छौं ।’

के हो डिजिटल पीसीआर प्रविधि ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज जडान गरिएको डिजिटल पीसीआर मेसिन हाल प्रयोगमा रहेको सामान्य पीसीआरभन्दा निकै परिष्कृत र संवेदनशील मानिन्छ ।

यसले रगत वा नमुनामा अत्यन्तै न्यून मात्रामा रहेको डीएनएलाई समेत सटीक रूपमा पहिचान गर्ने हुँदा रोगको निदान थप विश्वसनीय र प्रभावकारी हुने प्रयोगशालाका निर्देशक डा. रञ्जन राज भट्टले जानकारी दिए ।

‘यस प्रविधिको सुरुवातसँगै क्यान्सरको उपचारमा महत्वपूर्ण मानिने ईजिएफआर, बीसीआर-एबीएल, बीआरएएफ जस्ता म्युटेसनको परीक्षण र रगतमा घुमिरहेको ट्युमरको डीएनएको जाँच अब नेपालमै सस्तो र सुलभ रूपमा गर्न सम्भव हुने’ डा. भट्टले बताए ।

सेवाग्राहीलाई थप सुविधा यसका साथै, प्रयोगशालामा जडान गरिएको ‘रिपोर्ट भेन्डिङ मेसिन’ ले सेवाग्राहीलाई ठूलो राहत दिनेछ । अब सेवाग्राहीले आफ्नो रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

सेवाग्राहीले उपलब्ध गराइएको युनिक कोड प्रयोग गरी आफैंले मेसिनबाट रिपोर्ट प्रिन्ट गर्न सक्ने प्रयोगशालाले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको यस प्रविधि विस्तारले नेपालको रोग निदान क्षमतालाई नयाँ उचाइमा पुऱ्याउने र आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सहज बनाउने मन्त्रालयले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकामा राज्य सरकारलाई एआईसम्बन्धी नीति बनाउन रोकेपछि संघ सरकारको आलोचना
मोरङको लेटाङ नगरपालिका–२ की १२ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या गरिएको घटना एक बालिकाको ज्यान लिने अपराधमा मात्रै सीमित रहेन
। इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) नेपालको आयोजनामा १५औं इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप यही पुस ३ देखि काठमाडौंमा हुने भएको छ। सो विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको तयारी पूरा भइसकेको जानकारी गराएका छन्। आइओएफटिसीको प्रमुख कार्यालय अमेरिकाको पोर्टल्यान्डमा रहेको छ भने आइओएफटिसी नेपाल त्यसको सहयोगी संस्था हो। सन् २००० मा सुरु ...
माथिल्लो अरुण आयोजना निर्माणका लागि काटियो दुई हजार बढी रुख
। युरोपमा एकजना शुक्रकिटदाताको शरीरमा क्यान्सरको जोखिम बढाउने एक आनुवंशिक उत्परिवर्तन अर्थात् जेनेटिक म्युटेसन भएको पत्ता लागेसँगै उनको वीर्यबाट जन्मिएका १ सय ९७ जना बालबालिका जोखिममा परेका छन्। एउटा व्यापक तथा गहन अनुसन्धानले यस्तो तथ्य पत्ता लगाएसँगै त्यसले ठूलो तरंग सिर्जना गरेको छ। युरोपियन ब्रडकास्टिङ युनियनको अनुसन्धानात्मक पत्रकारिता सञ्जाल अन्तर्गत बीबीसीलगायतका विभिन्न १४ वटा सार्वजनिक सेवा ...