मुख्य समाचार
हमासले गाजा युद्धविराम सम्बन्धी नयाँ प्रस्ताव स्वीकार
हमासले गाजा युद्धविराम सम्बन्धी नयाँ प्रस्ताव स्वीकार

। हमासले गाजा युद्धविराम सम्बन्धी नयाँ प्रस्ताव स्वीकार गरेको छ । अल जजिराका अनुसार, गाजामा इजरायलको युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न वार्ता फेरि सुरु गर्न तयार भएको हमासले जनाएको हो ।

गाजा युद्धमा हालसम्म ६२ हजार भन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको छ । पछिल्लो समय इजरायलले गरेको नाकाबन्दीले बढेको भोकमरी बीच थप ठूलो विस्थापनको खतरा बढाएको छ।




‘हमासले अन्य प्यालेस्टिनी ध्रुवहरूसँग मिलेर कतार र इजिप्टका मध्यस्थकर्ताले हिजो अघि सारेको प्रस्ताव स्वीकार गरेको छ’, सोमबार जारी संक्षिप्त वक्तव्यमा हमासले उल्लेख गरेको छ। टाइम्स अफ इजरायल र च्यानल १२ का अनुसार इजरायलले हमासको जवाफ प्राप्त गरेको छ।

वार्ताबारे जानकार एक स्रोतलाई उद्धृत गर्दै अल जजिराले उल्लेख गरेअनुसार प्रस्तावमा ६० दिनका लागि सैन्य कारबाही स्थगित गर्ने उल्लेख गरिएको छ, जसअन्तर्गत इजरायली सेना अस्थायी रूपमा हट्नेछ र मानवीय सहयोग बढाइनेछ ।



सोही अवधिभित्र ५० इजरायली बन्दीमध्ये आधालाई प्यालेस्टिनी कैदीहरूसँग साटासाट गर्ने प्रावधान छ । नयाँ प्रस्तावले ‘समग्र समाधानतर्फको बाटो सुरु भएको’ सङ्केत गर्ने विश्लेषण गरिएको छ ।

हमासको यो घोषणा कतारी प्रधानमन्त्री तथा विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानी र इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसी बीच काहिरामा भएको वार्तापछि आएको हो।

तर अघिल्ला वार्ताहरू असफल भएको पृष्ठभूमिमा यो घोषणाले युद्ध तत्काल अन्त्य हुन्छ भन्ने निश्चित भने गर्दैन ।

गत दुई वर्षमा हमासले युद्धविराम र बन्दी–कैदी साटासाट सम्बन्धी प्रस्तावहरू स्वीकार गरेको भए पनि इजरायलले अन्ततः युद्धलाई नै निरन्तरता दिएको छ ।

मुख्य विवादको मुद्दा युद्धविरामको अवधिमा छ। हमास स्थायी युद्ध अन्त्य चाहन्छ भने इजरायलले अस्थायी युद्धविराम चाहन्छ । इजरायलले आफ्ना कैदी प्राप्त गरेपछि पुनः युद्ध गर्ने भय हमासलाई छ ।

इजरायल अहिले गाजासिटी कब्जा गर्ने योजनामा अघि बढिरहेको छ। यसले एक समय गाजाको सबैभन्दा ठूलो र समृद्ध शहरी केन्द्रलाई बमबारी गर्दै लाखौं प्यालेस्टिनीहरूलाई जबर्जस्ती विस्थापित गर्ने तयारी गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रक्षा मन्त्री र सेनाप्रमुखसँग गाजासिटी सम्बन्धी योजना र ‘अभियान पूरा गर्ने’ विषयमा छलफल गरेको बताए। उनले ‘हमास तीव्र दबाबमा रहेको’ निष्कर्ष पनि सुनाए ।

इजरायली रक्षा मन्त्री इजरायल काट्जले भने, ‘हमास केवल आफ्ना बन्धकहरूलाई मुक्त गर्ने सम्झौताबारे छलफल गर्न तयार भएको छ किनभने उसलाई हामी साँच्चै गाजासिटी कब्जा गर्न लागिरहेका छौं भन्ने डर छ।’

अति–दक्षिणपन्थी वित्त मन्त्री बेजालेले स्मोट्रिचले गाजामा कुनै पनि युद्धविराम सम्झौताविरुद्ध आपत्ति जनाए।

उनले भने, ‘गाजा कब्जाले हमासलाई समाप्त गर्ने भएकाले उसले यसलाई रोक्ने प्रयास आंशिक सम्झौताको माध्यमबाट गरिरहेको छ । त्यसैले हामीले कुनै हालतमा यसलाई स्वीकार गरेर शत्रुलाई जीवनदान दिनुहुँदैन ।’

उता, इजरायली अधिकारीहरूले सैनिक अभाव रहेको स्वीकार गरेका छन् । सेनाले आन्तरिक रूपमा र विदेशमा बारम्बार भर्ती अभियान चलाएर आफ्नो संख्यामा वृद्धि गर्न खोजेको छ ।

मध्यस्थकर्ताहरूले चाँडै नै सम्झौता भएको घोषणा गर्ने र वार्ता पुनः सुरु गर्ने मिति तोक्ने अपेक्षा गरिएको छ ।

तर कतार र इजिप्टको अहिलेसम्मको प्रयासले युद्धमा स्थायी युद्धविराम ल्याउन सकेको छैन ।

जनवरीमा कतार, इजिप्ट र अमेरिकाले मिलेर मध्यस्थता गरेको युद्धविराम मार्चमा इजरायलले एकतर्फी तोडेको थियो । त्यसयता सहयोग आपूर्तिमा लगाइएको नाकाबन्दीले अकाल मृत्यु र भोकमरी निम्त्याएको छ । इजरायली–प्रेरित भोकमरी संकटका कारण २६० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ ।

इजरायल र हमासबीच दोहामा मध्यस्थकर्ता मार्फत भएको पछिल्लो अप्रत्यक्ष वार्ता करिब केही सातासम्म चले पनि जुलाई २५ मा कुनै नतिजा विनै सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम