मुख्य समाचार
हमासले गाजा युद्धविराम सम्बन्धी नयाँ प्रस्ताव स्वीकार
हमासले गाजा युद्धविराम सम्बन्धी नयाँ प्रस्ताव स्वीकार

। हमासले गाजा युद्धविराम सम्बन्धी नयाँ प्रस्ताव स्वीकार गरेको छ । अल जजिराका अनुसार, गाजामा इजरायलको युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न वार्ता फेरि सुरु गर्न तयार भएको हमासले जनाएको हो ।

गाजा युद्धमा हालसम्म ६२ हजार भन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको छ । पछिल्लो समय इजरायलले गरेको नाकाबन्दीले बढेको भोकमरी बीच थप ठूलो विस्थापनको खतरा बढाएको छ।




‘हमासले अन्य प्यालेस्टिनी ध्रुवहरूसँग मिलेर कतार र इजिप्टका मध्यस्थकर्ताले हिजो अघि सारेको प्रस्ताव स्वीकार गरेको छ’, सोमबार जारी संक्षिप्त वक्तव्यमा हमासले उल्लेख गरेको छ। टाइम्स अफ इजरायल र च्यानल १२ का अनुसार इजरायलले हमासको जवाफ प्राप्त गरेको छ।

वार्ताबारे जानकार एक स्रोतलाई उद्धृत गर्दै अल जजिराले उल्लेख गरेअनुसार प्रस्तावमा ६० दिनका लागि सैन्य कारबाही स्थगित गर्ने उल्लेख गरिएको छ, जसअन्तर्गत इजरायली सेना अस्थायी रूपमा हट्नेछ र मानवीय सहयोग बढाइनेछ ।



सोही अवधिभित्र ५० इजरायली बन्दीमध्ये आधालाई प्यालेस्टिनी कैदीहरूसँग साटासाट गर्ने प्रावधान छ । नयाँ प्रस्तावले ‘समग्र समाधानतर्फको बाटो सुरु भएको’ सङ्केत गर्ने विश्लेषण गरिएको छ ।

हमासको यो घोषणा कतारी प्रधानमन्त्री तथा विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानी र इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसी बीच काहिरामा भएको वार्तापछि आएको हो।

तर अघिल्ला वार्ताहरू असफल भएको पृष्ठभूमिमा यो घोषणाले युद्ध तत्काल अन्त्य हुन्छ भन्ने निश्चित भने गर्दैन ।

गत दुई वर्षमा हमासले युद्धविराम र बन्दी–कैदी साटासाट सम्बन्धी प्रस्तावहरू स्वीकार गरेको भए पनि इजरायलले अन्ततः युद्धलाई नै निरन्तरता दिएको छ ।

मुख्य विवादको मुद्दा युद्धविरामको अवधिमा छ। हमास स्थायी युद्ध अन्त्य चाहन्छ भने इजरायलले अस्थायी युद्धविराम चाहन्छ । इजरायलले आफ्ना कैदी प्राप्त गरेपछि पुनः युद्ध गर्ने भय हमासलाई छ ।

इजरायल अहिले गाजासिटी कब्जा गर्ने योजनामा अघि बढिरहेको छ। यसले एक समय गाजाको सबैभन्दा ठूलो र समृद्ध शहरी केन्द्रलाई बमबारी गर्दै लाखौं प्यालेस्टिनीहरूलाई जबर्जस्ती विस्थापित गर्ने तयारी गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रक्षा मन्त्री र सेनाप्रमुखसँग गाजासिटी सम्बन्धी योजना र ‘अभियान पूरा गर्ने’ विषयमा छलफल गरेको बताए। उनले ‘हमास तीव्र दबाबमा रहेको’ निष्कर्ष पनि सुनाए ।

इजरायली रक्षा मन्त्री इजरायल काट्जले भने, ‘हमास केवल आफ्ना बन्धकहरूलाई मुक्त गर्ने सम्झौताबारे छलफल गर्न तयार भएको छ किनभने उसलाई हामी साँच्चै गाजासिटी कब्जा गर्न लागिरहेका छौं भन्ने डर छ।’

अति–दक्षिणपन्थी वित्त मन्त्री बेजालेले स्मोट्रिचले गाजामा कुनै पनि युद्धविराम सम्झौताविरुद्ध आपत्ति जनाए।

उनले भने, ‘गाजा कब्जाले हमासलाई समाप्त गर्ने भएकाले उसले यसलाई रोक्ने प्रयास आंशिक सम्झौताको माध्यमबाट गरिरहेको छ । त्यसैले हामीले कुनै हालतमा यसलाई स्वीकार गरेर शत्रुलाई जीवनदान दिनुहुँदैन ।’

उता, इजरायली अधिकारीहरूले सैनिक अभाव रहेको स्वीकार गरेका छन् । सेनाले आन्तरिक रूपमा र विदेशमा बारम्बार भर्ती अभियान चलाएर आफ्नो संख्यामा वृद्धि गर्न खोजेको छ ।

मध्यस्थकर्ताहरूले चाँडै नै सम्झौता भएको घोषणा गर्ने र वार्ता पुनः सुरु गर्ने मिति तोक्ने अपेक्षा गरिएको छ ।

तर कतार र इजिप्टको अहिलेसम्मको प्रयासले युद्धमा स्थायी युद्धविराम ल्याउन सकेको छैन ।

जनवरीमा कतार, इजिप्ट र अमेरिकाले मिलेर मध्यस्थता गरेको युद्धविराम मार्चमा इजरायलले एकतर्फी तोडेको थियो । त्यसयता सहयोग आपूर्तिमा लगाइएको नाकाबन्दीले अकाल मृत्यु र भोकमरी निम्त्याएको छ । इजरायली–प्रेरित भोकमरी संकटका कारण २६० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ ।

इजरायल र हमासबीच दोहामा मध्यस्थकर्ता मार्फत भएको पछिल्लो अप्रत्यक्ष वार्ता करिब केही सातासम्म चले पनि जुलाई २५ मा कुनै नतिजा विनै सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी) लटरी’ कार्यक्रम स्थगित गरेको छ। गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले बिहीबार राति राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा डीभी-१ स्थगित गरिएको जानकारी दिएकी छन्। ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डपछि उक्त कार्यक्रम रोक्न संयुक्त राज्य नागरिकता तथा आप्रवासन सेवालाई आदेश दिएको उनको भनाइ छ। 'राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार यो विनाशकारी कार्यक्रमबाट थप कुनै अमेरिकी ...
: युरोपेली संघका नेताहरूले युक्रेनलाई ९० अर्ब युरो ऋण उपलब्ध गराउन सहमत भएका छन्। यसअघि,युरोपेली नेताहरूले युद्धका कारण फ्रिज गरिएका रूसी सम्पत्तिहरू प्रयोग गर्ने कि नगर्ने भन्ने बारेमा छलफल गरेका थिए। नेताहरूले यो सम्झौताले आगामी दुई वर्षको लागि युक्रेनको सैन्य र आर्थिक आवश्यकताहरू पूरा गर्ने बताएका छन्। ब्रसेल्समा भएको शिखर सम्मेलनमा एक दिनभन्दा बढी समयको वार्तापछि ...
: बंगलादेशी विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्युपछि बंगलादेशमा पुनः हिंसात्मक अवस्था सिर्जना भएको छ। राजधानी ढाकाका विभिन्न क्षेत्रमा विरोध प्रदर्शनसँगै तोडफोड र आगजनीका घटनाहरू भएका छन्। बीबीसी बंगलाका अनुसार हादीको मृत्युपछि ढाकाको धनमन्डी,शाहबागलगायत क्षेत्रहरूमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उनीहरूले सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्। यसैबीच,बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले ...
— बंगलादेशमा लोकप्रिय विद्यार्थी नेताको निधनपछि प्रदर्शन चर्किएको छ। परिस्थिति नियन्त्रणबाहिर पुगेपछि शुक्रबार प्रहरी तथा अर्धसैन्य दस्तालाई ढाकासहित विभिन्न क्षेत्रमा परिचालन गरिएको छ। बिहीबार राति देशभर हिंसा, तोडफोड तथा आगजनीका घटना भएका थिए। दुई लोकप्रिय सञ्चारमाध्यम प्रोथोम आलो र डेली स्टार को कार्यालयमा पनि प्रदर्शनकारीले निशाना साँधेका छन्। आगामी फेब्रुअरी १२ मा बंगलादेशमा आम चुनाव हुने तय ...
— अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिएका छन् । पोर्चुगलका नागरिक नेभेस भ्यालेन्टे माथि डिसेम्बर– १३ मा आइभी लिग स्कुलको भवनमा आक्रमण गरी परीक्षामा बसेका विद्यार्थी माथि गोली चलाएको आरोप लगाइएको छ । जसमा दुई जनाको मृत्यु भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम