मुख्य समाचार
जनमत पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे सत्ता गठबन्धनमा रहेका दलहरूसँग कुरा नभएको बताए
जनमत पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे सत्ता गठबन्धनमा रहेका दलहरूसँग कुरा नभएको बताए

। जनमत पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे सत्ता गठबन्धनमा रहेका दलहरूसँग कुरा नभएको बताएको छ ।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान यो विषयमा आफ्नो पार्टीसँग कसैले छलफल नगरेको बताउँछन् ।




‘उपसभामुखलाई हटाउनेबारे न अन्य दलले हामीसँग छलफल गरेका छन् न कहीँ छलफल भएको छ’ उनी भन्छन्, ‘औपचारिक रुपमा आयो भने त्यसपछि कुरा गरौंला ।’

कांग्रेस र एमालेले उपसभामुखबाट हटाउने तयारी गरेका छन् । यसका निम्ति हस्ताक्षर संकलन नै सुरु गरेका छन् ।



उपसभामुखलाई हटाउन एक चौथाइ सदस्यले प्रस्ताव लैजान सक्छन् । पदबाट हटाउने निर्णयका लागि दुई तिहाइ बहुमत चाहिन्छ ।

कांग्रेसको ८८ र एमालेको ७९ जोड्दा १६७ हुन्छ । सत्तापक्षकै रहेका साना दलसंग छलफल नभएकाले दुई तिहाइ पुर्‍याउने विषयमा शंका छ ।

जनमत पार्टी पनि सत्तापक्षमा छ । जनमत पार्टीको प्रतिनिधि सभामा ६ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानाको एजेन्डालाई जनतासामु लानुपर्ने प्रस्ताव गरेको छ । मंगलबार दिउँसो नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकमा रास्वपाले यस्तो प्रस्ताव राखेको हो । बैठकमा रास्वपाको तर्फबाट बैठकमा उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए । बैठकमा अर्यालले राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ...
। एन्फा महिला लिग छनोटमा छहारी युवा क्लबले स्टुडेन्ट फुटबल क्लबलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा छहारीलाई जित दिलाउन सुमित्रा सिंह पाख्रिनले दुई तथा अस्मिता चौधरी, ललित मन्डल, सानिमा माया लो र दिपा पुन मगरले एक-एक गोल गरे । सुमित्राले खेलको १६औं मिनेटमा गोल गर्दै छहारीलाई अग्रता दिलाएकी ...
। नेकपा एकीकृत समाजवादीले उपसभामुखबाट इन्दिरा रानालाइ हटाउन खोजे त्यसको विरोध गर्ने बताएको छ । एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर औपचारिक रुपमा प्रस्ताव अगाडि बढेपछि औपचारिक रुपमा प्रतिक्रिया दिने बताउँछन् । ‘उपसभामुख हटाउने कुरा आए हामी विरुद्धमा जान्छौं,’ सांसद कुँवरले अनलाइनखबरसँग भने । प्रतिनिधिसभामा एकीकृत समाजवादी प्रतिपक्षी बेन्चमा छ । यो दलका १० जना सांसद रहेका छन् ...
। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानामगरविरुद्ध कुनै प्रस्ताव संसद्मा दर्ता गराउने निर्देशन नआएको बताएका छन् । ‘एमाले र कांग्रेसका सांसदहरु आफ्नो दलको कार्यालयमा जानै नपाउने भन्ने होइन होला । कसले उपसभामुख हटाउँदैछ भन्ने हल्ला चलायो थाहा भएन,’ अनलाइनखबरसँग उनले भने, ‘यद्यपि उपसभामुखका बारेमा संसदमा उठेको हिसाब राफसाफ गर्न चाँही बाँकी छ ।’ तर ...
। सर्वोच्च अदालतले महिला तथा किशोरीहरूबाट डिम्ब निकाल्न र भण्डारण नगर्न सरकारका नाममा आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले डिम्ब निष्काशन तथा भण्डारणको कार्य रोकेर सरकारको नियमन र निगरानी प्रभावकारी बनाउन आदेश जारी गरेको हो । अधिवक्ताहरू निरब ज्ञवाली, ध्रुव भण्डारी र अंकिता त्रिपाठीले प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरीलगायतलाई विपक्षी ...