मुख्य समाचार
उपसभामुख इन्दिरा रानामगरविरुद्ध कुनै प्रस्ताव संसद्मा दर्ता गराउने निर्देशन नआएको बताए
उपसभामुख इन्दिरा रानामगरविरुद्ध कुनै प्रस्ताव संसद्मा दर्ता गराउने निर्देशन नआएको बताए

। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानामगरविरुद्ध कुनै प्रस्ताव संसद्मा दर्ता गराउने निर्देशन नआएको बताएका छन् ।

‘एमाले र कांग्रेसका सांसदहरु आफ्नो दलको कार्यालयमा जानै नपाउने भन्ने होइन होला । कसले उपसभामुख हटाउँदैछ भन्ने हल्ला चलायो थाहा भएन,’ अनलाइनखबरसँग उनले भने, ‘यद्यपि उपसभामुखका बारेमा संसदमा उठेको हिसाब राफसाफ गर्न चाँही बाँकी छ ।’




तर आज भर्खरै कुनै प्रस्ताव लैजाने तयारी नभएको प्रमुख सचेतक बर्तौलाले बताए । ‘उहाँका विरुद्धमा कुनै प्रस्ताव दर्ता गरिहाल्ने भन्ने छैन, हाम्रो पनि, कांग्रेसमा पनि’, उनले भने ।

नेपाली कांग्रेस र एमालेले आज बिहान आ–आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् । नेताहरुका अनुसार सभामुख रानामगरलाई हटाउने प्रयोजनकै निम्ति हस्ताक्षर संकलन गरिएको हो ।



एमाले प्रमुख सचेतक बर्तौला पनि उपसभामुखमाथि उठेको प्रश्न गम्भीर रहेको र त्यसको हिसाब गर्नैपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानाको एजेन्डालाई जनतासामु लानुपर्ने प्रस्ताव गरेको छ । मंगलबार दिउँसो नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकमा रास्वपाले यस्तो प्रस्ताव राखेको हो । बैठकमा रास्वपाको तर्फबाट बैठकमा उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए । बैठकमा अर्यालले राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ...
। एन्फा महिला लिग छनोटमा छहारी युवा क्लबले स्टुडेन्ट फुटबल क्लबलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा छहारीलाई जित दिलाउन सुमित्रा सिंह पाख्रिनले दुई तथा अस्मिता चौधरी, ललित मन्डल, सानिमा माया लो र दिपा पुन मगरले एक-एक गोल गरे । सुमित्राले खेलको १६औं मिनेटमा गोल गर्दै छहारीलाई अग्रता दिलाएकी ...
। नेकपा एकीकृत समाजवादीले उपसभामुखबाट इन्दिरा रानालाइ हटाउन खोजे त्यसको विरोध गर्ने बताएको छ । एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर औपचारिक रुपमा प्रस्ताव अगाडि बढेपछि औपचारिक रुपमा प्रतिक्रिया दिने बताउँछन् । ‘उपसभामुख हटाउने कुरा आए हामी विरुद्धमा जान्छौं,’ सांसद कुँवरले अनलाइनखबरसँग भने । प्रतिनिधिसभामा एकीकृत समाजवादी प्रतिपक्षी बेन्चमा छ । यो दलका १० जना सांसद रहेका छन् ...
। सर्वोच्च अदालतले महिला तथा किशोरीहरूबाट डिम्ब निकाल्न र भण्डारण नगर्न सरकारका नाममा आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले डिम्ब निष्काशन तथा भण्डारणको कार्य रोकेर सरकारको नियमन र निगरानी प्रभावकारी बनाउन आदेश जारी गरेको हो । अधिवक्ताहरू निरब ज्ञवाली, ध्रुव भण्डारी र अंकिता त्रिपाठीले प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरीलगायतलाई विपक्षी ...
। नेकपा एमालेका सांसद राजेन्द्र राईले उपसभामुखबाट इन्दिरा रानालाई हटाउने प्रक्रिया सुरु भएको बताएका छन् । सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कांग्रेस र एमालेका सांसदहरूले रानालाई हटाउन हस्ताक्षर नै सुरु गरिसकेका छन् । प्रतिनिधिसभा नियमावलीको नियम २१० मा सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव सम्बन्धी व्यवस्था छ । यो नियम अनुसार ...