मुख्य समाचार
बालबालिकाको रोग प्रतिरोधक क्षमता बढाउन स्वर्णप्रासन थोपा खुवाइँदै
बालबालिकाको रोग प्रतिरोधक क्षमता बढाउन स्वर्णप्रासन थोपा खुवाइँदै

। बालबालिकाको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने उद्देश्यका साथ सरकारले आयुर्वेदिक पद्धतिअनुसार तयार गरिएको ‘स्वर्णप्रासन’ कार्यक्रम सुरु गरेको छ ।

पहिलो चरणमा ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई स्वर्णप्रासन थोपा खुवाइनेछ ।




यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष निर्देशिका स्वीकृत गरिसकेको छ । आयुर्वेद तथा वैकल्पिक सेवा विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार पहिलो चरणमा २५ वटा स्वास्थ्य संस्थामार्फत कार्यक्रम सुरु हुनेछ ।

यसका लागि विभागले करिब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी वर्षमा आयुर्वेद स्वास्थ्य संस्था भएका सबै स्थानी तहमा विस्तार गरिने मन्त्रालयले जनाएको छ । ‘स्वास्थ्य संस्थालाई न्यूनतम ३ लाखदेखि अधिकतम ५ लाख रुपैयाँसम्म बजेट उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने ।



डा. श्यामबाबु यादवका अनुसार, स्वर्णप्रासन भनेको स्वर्ण भस्म, मह र घिउ मिलाएर शास्त्रीय विधिअनुसार तयार गरिएको विशेष औषधि हो । यो ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दिइन्छ ।

‘यसले बच्चाको शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रोगविरुद्ध लड्ने क्षमता विकास गर्न सहयोग पुर्‍याउँछ,’ उनले भने ।

हाल स्वदेशी उद्योगले उत्पादन नगरेका कारण सुरुमा भारतबाट आयातित स्वर्ण भष्म प्रयोग गरिने भएको छ । ५ भदौदेखि कार्यक्रम सञ्चालन हुने तयारी भइरहेको छ ।

नेपालमा प्रारम्भिक परीक्षण कार्यक्रम दाङ, भरतपुर (चितवन) र वीरगञ्जमा सम्पन्न भइसकेको छ । डा. यादवका अनुसार परीक्षणमा स्वर्णप्रासन खुवाएको बच्चाहरू शारीरिक र मानसिक रूपमा राम्रो विकास भएका देखिएका छन् । यसका साथै छिमेकी राष्ट्रहरूमा पनि यसको प्रयोग भइरहेको छ ।

डा. यादव भन्छन्, ‘स्वर्णप्रासनको प्रयोगले हजारौँ वर्ष पुरानो आयुर्वेदिक परम्परालाई निरन्तरता दिँदै बच्चाहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने देखिएको छ ।’

यो परम्परागत औषधिलाई अब व्यवस्थित र आधिकारिक रूपमा सञ्चालन गर्न निर्देशिका जारी गरिएको उनले बताए ।

के हो स्वर्णविन्दु प्रासन ?

आयुर्वेदको मुल ग्रन्थ काश्यप संहिताअनुसार, स्वर्ण भष्मलाई घ्यु र महमा मिसाएर बनेको लेहलाई थोपा स्वरूप सेवन गराइने विधिलाई स्वर्णविन्दु प्रासन भनिन्छ ।

यसले बालबालिकाको शारीरिक, मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढाउने मान्यता छ । गत १ भदौमा मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट निर्देशिका स्वीकृत गरेको हो ।

निर्देशिकाले कार्यक्रमलाई सुरक्षित, सरसफाइयुक्त र गुणस्तरीय ढंगले सञ्चालन गर्ने उद्देश्य लिएको छ । यससँगै मातृ शिशु स्वास्थ्य प्रवर्द्धनलाई पनि जोडिएको छ ।

पहिलो चरणमा लागु हुने स्थानहरू :

हाल पहिलो चरणमा

१. प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरी दाङ

२. त्रिवि आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुर

३. आयुर्वेद चिकित्सालय, नरदेवी

४. राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र, बुढानीलकण्ठ

५. प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढी, सुदुरपश्चिम प्रदेश

६. प्रादेशिक आयुर्वेद चिकित्सालय, लखनपुर, झापा, कोशी प्रदेश

७. प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,पर्सा, मधेश प्रदेश

८. प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,धनुषा, मधेश प्रदेश

९. प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, सर्लाही, मधेश प्रदेश

१०. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौं, बागमती प्रदेश

११. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुर, बागमती प्रदेश

१२. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भक्तपुर, बागमती प्रदेश

१३. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन बागमती प्रदेश

१४. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट, बागमती प्रदेश

१५. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुर, बागमती प्रदेश

१६. जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मोरङ, कोशी प्रदेश

१७. गण्डकी आयुर्वेद अस्पताल, पोखरा, गण्डकी प्रदेश

१८. धौलागिरि आयुर्वेद अस्पताल, बागलुङ, गण्डकी प्रदेश

१९. प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तनहुँ, गण्डकी प्रदेश

२०. लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवल, लुम्बिनी प्रदेश

२२. राप्ती आयुर्वेद चिकित्सालय, दाङ, लुम्बिनी प्रदेश

२३. बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र, गुलरिया, लुम्बिनी प्रदेश

२४. प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेत, कर्णाली प्रदेश

२५. आयुर्वेद स्वास्थ्य केन्द्र, दैलेख, कर्णाली प्रदेश

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ- ८, सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा ५ जना मजदुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार घटना आज बिहान करिब ...
। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेकाे छ । स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना बापत केन्द्रले पाउनुपर्ने रकम उपलब्ध नभएकाले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका प्रशासनको अनुसार १ माघदेखि अर्को सूचना नआएसम्म बीमा कार्यक्रम बन्द रहनेछ । यस अवधिमा स्वास्थ्य बीमा अन्तर्गतका सेवा उपलब्ध नहुने जनाइएको ...
: त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोक्ने निर्णय गरेको छ। अस्पतालले बिरामीको उपचार गर्दाको रकम बीमा बोर्डले उपलब्ध नगराएको भन्दै माघ १ गतेदेखि सेवा रोक्न बाध्य भएको अस्पताल प्रशासनको भनाइ छ। अस्पताल जारी सूचनामा स्वास्थ्य बीमा सेवा लिन आउने बिरामीको संख्या र चाप बढ्दै गएको तर, तर ...
: विराटनगर महानगरपालिका-४ स्थित नोबेल शिक्षण अस्पताल आसपासमा बिरामी ठग्ने काममा संलग्न रहेको पुष्टि भएपछि ७ वटा औषधि पसल (फार्मेसी)मा शुक्रबार ताला लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङ र औषधि व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले आकस्मिक अनुगमन गर्दै गम्भीर अनियमितता भेटिएपछि फार्मेसीहरू तत्काललाई सिल गरेको हो। अस्पतालनजिक सञ्चालनमा रहेका १४ वटा फार्मेसीमा एकैपटक अनुगमन गरिएको ...
अस्पताल पुग्न कठिन हुने ग्रामीण बस्तीका सर्वसाधारण लाई लक्षित गर्दै कोशी प्रदेश सरकारले स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने नयाँ अभ्यास सुरु गरेको छ।