मुख्य समाचार
बालबालिकाको रोग प्रतिरोधक क्षमता बढाउन स्वर्णप्रासन थोपा खुवाइँदै
बालबालिकाको रोग प्रतिरोधक क्षमता बढाउन स्वर्णप्रासन थोपा खुवाइँदै

। बालबालिकाको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने उद्देश्यका साथ सरकारले आयुर्वेदिक पद्धतिअनुसार तयार गरिएको ‘स्वर्णप्रासन’ कार्यक्रम सुरु गरेको छ ।

पहिलो चरणमा ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई स्वर्णप्रासन थोपा खुवाइनेछ ।




यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष निर्देशिका स्वीकृत गरिसकेको छ । आयुर्वेद तथा वैकल्पिक सेवा विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार पहिलो चरणमा २५ वटा स्वास्थ्य संस्थामार्फत कार्यक्रम सुरु हुनेछ ।

यसका लागि विभागले करिब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी वर्षमा आयुर्वेद स्वास्थ्य संस्था भएका सबै स्थानी तहमा विस्तार गरिने मन्त्रालयले जनाएको छ । ‘स्वास्थ्य संस्थालाई न्यूनतम ३ लाखदेखि अधिकतम ५ लाख रुपैयाँसम्म बजेट उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने ।



डा. श्यामबाबु यादवका अनुसार, स्वर्णप्रासन भनेको स्वर्ण भस्म, मह र घिउ मिलाएर शास्त्रीय विधिअनुसार तयार गरिएको विशेष औषधि हो । यो ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दिइन्छ ।

‘यसले बच्चाको शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रोगविरुद्ध लड्ने क्षमता विकास गर्न सहयोग पुर्‍याउँछ,’ उनले भने ।

हाल स्वदेशी उद्योगले उत्पादन नगरेका कारण सुरुमा भारतबाट आयातित स्वर्ण भष्म प्रयोग गरिने भएको छ । ५ भदौदेखि कार्यक्रम सञ्चालन हुने तयारी भइरहेको छ ।

नेपालमा प्रारम्भिक परीक्षण कार्यक्रम दाङ, भरतपुर (चितवन) र वीरगञ्जमा सम्पन्न भइसकेको छ । डा. यादवका अनुसार परीक्षणमा स्वर्णप्रासन खुवाएको बच्चाहरू शारीरिक र मानसिक रूपमा राम्रो विकास भएका देखिएका छन् । यसका साथै छिमेकी राष्ट्रहरूमा पनि यसको प्रयोग भइरहेको छ ।

डा. यादव भन्छन्, ‘स्वर्णप्रासनको प्रयोगले हजारौँ वर्ष पुरानो आयुर्वेदिक परम्परालाई निरन्तरता दिँदै बच्चाहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने देखिएको छ ।’

यो परम्परागत औषधिलाई अब व्यवस्थित र आधिकारिक रूपमा सञ्चालन गर्न निर्देशिका जारी गरिएको उनले बताए ।

के हो स्वर्णविन्दु प्रासन ?

आयुर्वेदको मुल ग्रन्थ काश्यप संहिताअनुसार, स्वर्ण भष्मलाई घ्यु र महमा मिसाएर बनेको लेहलाई थोपा स्वरूप सेवन गराइने विधिलाई स्वर्णविन्दु प्रासन भनिन्छ ।

यसले बालबालिकाको शारीरिक, मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढाउने मान्यता छ । गत १ भदौमा मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट निर्देशिका स्वीकृत गरेको हो ।

निर्देशिकाले कार्यक्रमलाई सुरक्षित, सरसफाइयुक्त र गुणस्तरीय ढंगले सञ्चालन गर्ने उद्देश्य लिएको छ । यससँगै मातृ शिशु स्वास्थ्य प्रवर्द्धनलाई पनि जोडिएको छ ।

पहिलो चरणमा लागु हुने स्थानहरू :

हाल पहिलो चरणमा

१. प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरी दाङ

२. त्रिवि आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुर

३. आयुर्वेद चिकित्सालय, नरदेवी

४. राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र, बुढानीलकण्ठ

५. प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढी, सुदुरपश्चिम प्रदेश

६. प्रादेशिक आयुर्वेद चिकित्सालय, लखनपुर, झापा, कोशी प्रदेश

७. प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,पर्सा, मधेश प्रदेश

८. प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,धनुषा, मधेश प्रदेश

९. प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, सर्लाही, मधेश प्रदेश

१०. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौं, बागमती प्रदेश

११. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुर, बागमती प्रदेश

१२. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भक्तपुर, बागमती प्रदेश

१३. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन बागमती प्रदेश

१४. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट, बागमती प्रदेश

१५. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुर, बागमती प्रदेश

१६. जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मोरङ, कोशी प्रदेश

१७. गण्डकी आयुर्वेद अस्पताल, पोखरा, गण्डकी प्रदेश

१८. धौलागिरि आयुर्वेद अस्पताल, बागलुङ, गण्डकी प्रदेश

१९. प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तनहुँ, गण्डकी प्रदेश

२०. लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवल, लुम्बिनी प्रदेश

२२. राप्ती आयुर्वेद चिकित्सालय, दाङ, लुम्बिनी प्रदेश

२३. बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र, गुलरिया, लुम्बिनी प्रदेश

२४. प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेत, कर्णाली प्रदेश

२५. आयुर्वेद स्वास्थ्य केन्द्र, दैलेख, कर्णाली प्रदेश

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सञ्चालन गर्ने भएको छ। जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यका साथ तालिम केन्द्रले जलन उपचारसम्बन्धी विशेषज्ञ तालिमको पाठ्यक्रम तथा सामग्री विकास गरेको हो। मन्त्रालयको ...
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम