मुख्य समाचार
मोदीले भारत–चीनबीचको सम्बन्ध बलियो भए विश्वशान्ति र विकासले बढावा पाउने बताए
मोदीले भारत–चीनबीचको सम्बन्ध बलियो भए विश्वशान्ति र विकासले बढावा पाउने बताए

। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीनबीचको सम्बन्ध बलियो भए विश्वशान्ति र विकासले बढावा पाउने बताएका छन् ।

भारतको दुईदिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी सँगको भेटपछि मोदीले सामाजिक सञ्जाल एक्समा आफूले चीन भ्रमणको निमन्त्रणा स्वीकारेको समेत उल्लेख गरेका छन् ।




रुसी तेल खरिद गरेर युद्ध अपराधलाई सघाएको आरोप लगाउँदै अमेरिकाले भारतमाथि भन्सार शुल्क बढाएर दबाव दिइरहेका बेला मोदीले चिनियाँ विदेशमन्त्रीसँग भेट्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

चिनियाँ विदेशमन्त्रीसँगको भेटप्रति मोदीले खुशी व्यक्त गर्दै चाडैं राष्ट्रपति सी जिनपिङसँग भेटको प्रतिक्षा गरिरहेको बताए ।



विदेशमन्त्री वाङ यीले तियानजिनमा हुने शांघाई सहयोग संगठन (एससीओ)को निमन्त्रणा दिएका थिए ।

एससीओ सम्मेलन यही अगस्टको ३१ देखि १ सेप्टेम्बरसम्म उत्तरी चीनको तियाजिनमा हुँदछ । एससीओमा भारत, चीन, रसिया, पाकिस्तान, काजकस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान, बेलारुस सदस्य छन् ।

सम्मेलनमा सदस्य राष्ट्रहरूबीच क्षेत्रीय स्थिरता, आतंकवाद, सीमा सुरक्षा, आर्थिक तथा व्यापारिक सहयोग, क्षेत्रीय आर्थिक एकीकरण जस्ता विषयमा छलफल हुने गर्छ ।

सोही सम्मेलनको निमन्त्रणा स्वीकार गर्दै मोदीले राष्ट्रपति सी सँग तियाजिनमा हुने सम्मेलनका क्रममा हुने भेटको प्रतिक्षा गरिरहेको उल्लेख गरेका छन् ।

कजानमा ब्रिक्स सम्मेलनका दाैरान चिनियाँ राष्ट्रपति सी सँग भेटेपछि भारत–चीन सम्बन्ध आपसी हित र संवेदनशील मुद्दालाई सम्मान गर्दै अघि बढेको बताए ।

साथै उनले भारत र चीनबीच मजबुत र विश्वासिलो सम्बन्धले क्षेत्रीय मात्र नभइ पूरै विश्वमा शान्ति र विकासले बढावा पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम