मुख्य समाचार
माओवादी केन्द्रले भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न सरकारले अनेक प्रपञ्च रचिरहेको आरोप
माओवादी केन्द्रले भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न सरकारले अनेक प्रपञ्च रचिरहेको आरोप

। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न सरकारले अनेक प्रपञ्च रचिरहेको आरोप लगाएको छ ।

मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो बताएका हुन् ।




साथै, वर्तमान सरकार अधिनायकवादतर्फ गइरहेको निष्कर्ष पार्टीले निकालेको पनि सापकोटाले बताए । ‘भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न अनेक प्रपञ्च गरिरहेका छन्,’ उनले भने ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकारका काम, कारबाहीबारे संक्षिप्त जानकारी गराउनुभएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।



सरकार झनै अधिनायकवाद, तानाशाहीकरणतिर गइरहेको माओवादीको निष्कर्ष रहेको सापकोटाले बताए ।

‘अहिलेको परिस्थितिबारे अध्यक्षजीले संक्षिप्त अपेडेट गराउनु भयो । सरकार झनझन अधिनायकवाद, तानाशाहीकरणतिर जाँदैछ । राज्यका सबै संरचनामाथि तिब्र हस्तक्षेपको प्रक्रिया अघि बढिरहेको छ । यो सरकारको नालायकी, कुशासनले गर्दा जनता असाध्यै रुष्ट, आक्रोशित छन्,’ उनले भने ।

सरकारको अलोकतान्त्तिक र अधिनायकवादी चरित्रका कारण व्यवस्थामै असर परेको पनि उनले सुनाए ।

‘यो सरकारको अलोकतान्त्रिक र अधिनायकवादी चरित्रले गर्दा व्यवस्थामै असर परिरहेको छ । व्यवस्था विरोधीलाई अवसर प्रदान गरेको जस्तो भइरहेको छ । यो परिस्थिति दिन प्रतिदिन जनताको हित विपरित गइरहेको छ,’ उनले भने, ‘भ्रष्टाचारमा कुरा गर्दा अरु पार्टीलाई छानीछानी अख्तियार लगाउने, जेल हाल्ने, आफ्नालाई हर तरहले बचाउने गरिरहेको छ । जनतालाई भ्रम पार्न सरकार तल्लिन भइरहेको छ ।’

उनका अनुसार भोलि दिउँसो १ बजे पुन: बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामाथि मानव तस्करीको आरोप प्रमाणित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनाैती दिएको छ । मप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ बसेको कांग्रेससँगको बैठकमा उपसभामुख हटाउने प्रस्ताव गरेका थिए । रास्वपाले मानव तस्करीको मुद्दा उठाएर संसदमा विरोध गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले रास्वपामै मानव तस्कर भएको आरोप लगाएका थिए । बालुवाटार बैठकबारे ...
। नेकपा एमाले सचिव योगेश भट्टराईले सांसदहरुको हस्ताक्षर राजनीतिक दलहरुले दुरुपयोग नगर्ने स्पष्ट पारेका छन् । सिंहदरबारमा मंगलबार हस्ताक्षर गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बेला बेलामा दलले आफ्ना सांसदहरूको हस्ताक्षर लिनु कुनै नौलो कुरा नभएको बताए । ‘पार्टीको संसदीय दलमा बेलाबेला माननीयज्युहरुको हस्ताक्षर लिइराख्छौँ । आपतविपद्को काममा प्रयोग हुन्छ । दलले हस्ताक्षर दुरुपयोग गर्दैन,’ उनले भने, ‘यो ...
। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले उपसभामुखलाई पदबाट हटाउने तयारी थालेर सत्तारुढ दलले विपक्षीहरूलाई तर्साउने काम गरेको आरोप लगाएका छन् । विपक्षी दलहरूको बैठक सिंहदरबारमा बस्दैछ । त्यसअघि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘सत्तारुढ दलहरूले खासगरी एमाले कांग्रेसले बेमौसमी ढंगले जुन उपसभामुखमाथि अविश्वासको आचरणसम्बन्धी जुन प्रस्तावका लागि हस्ताक्षर सुरु गरेपछि ...
। संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउनेगरी सुरु भएको सत्तारुढ दलहरूको प्रयासको सशक्त विरोध गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको बैठकले यस्तो निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । कांग्रेस–एमालेका सांसदहरूले आज बिहानैबाट उपसभामुख रानालाई हटाउनेगरी हस्ताक्षर अभियान चलाएको छ । उक्त अभियानको विरोध ...
। रातको १ बजेको थियो । अमेरिकामा रहेकी उपसभामुख इन्दिरा रानालाई तारन्तार फोन र म्यासेज आउन थाल्यो । ‘यता त हटाउने तयारी भइरहेको छ नि,’ निकटस्थहरूले उनलाई सुनाए । तीनै निकटस्थ र पार्टीका केही साथीहरूले खबर गरेपछि आफूलाई हटाउने तयारी सत्तारुढ दलहरूले थालेको खबर थाहा पाइन् । यता, नेपालमा भने दुई दलबीचका नेताहरू हस्ताक्षर संकलनमा जुटिसकेका थिए ...