मुख्य समाचार
वर्षमान पुन अनन्तले उपसभामुखलाई पदबाट हटाउने तयारी थालेर सत्तारुढ दलले विपक्षीहरूलाई तर्साउने काम गरेको आरोप लगाएका छन्
वर्षमान पुन अनन्तले उपसभामुखलाई पदबाट हटाउने तयारी थालेर सत्तारुढ दलले विपक्षीहरूलाई तर्साउने काम गरेको आरोप लगाएका छन्

। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले उपसभामुखलाई पदबाट हटाउने तयारी थालेर सत्तारुढ दलले विपक्षीहरूलाई तर्साउने काम गरेको आरोप लगाएका छन् ।

विपक्षी दलहरूको बैठक सिंहदरबारमा बस्दैछ । त्यसअघि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।




‘सत्तारुढ दलहरूले खासगरी एमाले कांग्रेसले बेमौसमी ढंगले जुन उपसभामुखमाथि अविश्वासको आचरणसम्बन्धी जुन प्रस्तावका लागि हस्ताक्षर सुरु गरेपछि यो बेमौसमी भयो,’ उनले भने, ‘विपक्षी दलहरूलाई विभिन्न ढंगले तर्साउने काम चलिरहेको छ । त्यसको अर्को उत्कर्षजस्तो देख्यौं । त्यसबारे छलफल गर्न लागेका हौं ।’

एक वर्षअघि नै यस्ता प्रयास भइरहेको बताउँदै उनले विपक्षी दलहरूमाथि विभिन्न स्वार्थको दबाब दिनेगरी वर्तमान सरकारले काम गर्न खोजेको उनले बताए ।



‘एक वर्ष पहिले नै कोसिस गर्नुभएको थियो । अहिले विपक्षी दलहरूमासथि विभिन्न स्वार्थमाथि दबाब दिनका लागि यो सुरु गरेको देखिन्छ । विपक्षी दललाई दबाबमा राख्ने काम गर्न खोजेको देखिन्छ,’ उनले भने ।

निरंकुश ढंगले सत्ता सञ्चालन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानो महत्वकांक्षा देखिएको उनले बताए । ‘यो लोकतान्त्रिक प्रक्रिया हो । जनताले निर्वाचित गरेका अभिमतलाई मोटामोटी मिलाएर जानुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामाथि मानव तस्करीको आरोप प्रमाणित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनाैती दिएको छ । मप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ बसेको कांग्रेससँगको बैठकमा उपसभामुख हटाउने प्रस्ताव गरेका थिए । रास्वपाले मानव तस्करीको मुद्दा उठाएर संसदमा विरोध गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले रास्वपामै मानव तस्कर भएको आरोप लगाएका थिए । बालुवाटार बैठकबारे ...
। नेकपा एमाले सचिव योगेश भट्टराईले सांसदहरुको हस्ताक्षर राजनीतिक दलहरुले दुरुपयोग नगर्ने स्पष्ट पारेका छन् । सिंहदरबारमा मंगलबार हस्ताक्षर गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बेला बेलामा दलले आफ्ना सांसदहरूको हस्ताक्षर लिनु कुनै नौलो कुरा नभएको बताए । ‘पार्टीको संसदीय दलमा बेलाबेला माननीयज्युहरुको हस्ताक्षर लिइराख्छौँ । आपतविपद्को काममा प्रयोग हुन्छ । दलले हस्ताक्षर दुरुपयोग गर्दैन,’ उनले भने, ‘यो ...
। संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउनेगरी सुरु भएको सत्तारुढ दलहरूको प्रयासको सशक्त विरोध गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको बैठकले यस्तो निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । कांग्रेस–एमालेका सांसदहरूले आज बिहानैबाट उपसभामुख रानालाई हटाउनेगरी हस्ताक्षर अभियान चलाएको छ । उक्त अभियानको विरोध ...
। रातको १ बजेको थियो । अमेरिकामा रहेकी उपसभामुख इन्दिरा रानालाई तारन्तार फोन र म्यासेज आउन थाल्यो । ‘यता त हटाउने तयारी भइरहेको छ नि,’ निकटस्थहरूले उनलाई सुनाए । तीनै निकटस्थ र पार्टीका केही साथीहरूले खबर गरेपछि आफूलाई हटाउने तयारी सत्तारुढ दलहरूले थालेको खबर थाहा पाइन् । यता, नेपालमा भने दुई दलबीचका नेताहरू हस्ताक्षर संकलनमा जुटिसकेका थिए ...
कृषि समिति चेम्बर र कोरिया ब्रिज इन्टरनेसनलबीच उद्यम विकासमा सहकार्य